शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • पाण्डुसेनमा जिव चालक माथि कुटपिट गर्ने समुहलाई रोक्न खोज्दा उल्टै प्रहरी माथि आक्रमण

पाण्डुसेनमा जिव चालक माथि कुटपिट गर्ने समुहलाई रोक्न खोज्दा उल्टै प्रहरी माथि आक्रमण

दुईजना प्रहरी घाइते

  • मङ्लबार, अशोज ४, २०७९
पाण्डुसेनमा जिव चालक माथि कुटपिट गर्ने समुहलाई रोक्न खोज्दा उल्टै प्रहरी माथि आक्रमण
फाइल तस्बिर : पाण्डुसेन प्रहरी चाैकीमा स्थानिय चुनाव अगाबै भेला भएका स्थानीय

बाजुरा–बाजुराको बुढिनन्नदा नगरपालिका ९ मा जिव चालकलाई कुटपिट गर्ने समुहलाइ रोक्न खोज्दा उल्टै प्रहरी माथि आक्रमण भएको छ । स्थानियको आक्रमण परि दुइ जना प्रहरी र जिव चालक गणेश पुन मगर घाइते भएको जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी निरिक्षक गिन्द्र बोगटीले वताएका छन् ।
सोमबार पौन ७ बजे से १ ज ९१९ नम्बरको चालक गणेश पुन मगर माथि स्थानिय ७ जनाको समुहले आक्रमण गरेको थियो । रजाली बाट कोल्टि तिर गइरहेको जिवलाइ रोकेर रक्सि खाएका ७ जना युवाले रोकेर आफुलाई लग्न भनेका थिए । चालकले सिट नभएको भनेपछी जिव चालक माथि आक्रमण गरेका थिए ।
पाण्डुसेन प्रहरी चौकी नजिक जिप चालक माथि आक्रमण रोक्न प्रहरी पुग्दा उल्टै प्रहरी माथि आक्रमण भएको प्रहरीले जनाएको छ । आक्रमणकारीको समुहले पाण्डुसेन प्रहरी चौकी माथि नै आक्रमण गरेर असई शेर बहादुर थापा र बरिष्ठ हल्वदार टेक बहादुर चन्द घाइते भएका छन् । हल्दवार चन्दको टाउकोमा गम्भिर चोट लागेको उपचारका लागि सदरमुका मार्तडी आउन लागेको प्रहरी निरिक्षक बोगटीले वताए । मदिरा सेवन गरेर आक्रमणमा उत्रिएका युवाले प्रहरी चौकीमा खाना खाइरहेका प्रहरीलाई चौकी बाट लखेटेका थिए ।
ड्राइभर माथि कुटपटि र प्रहरी चौकी आक्रमण गर्ने २ जना प्रहरीले प्रक्राउ गरिसकेको छ भने ५ जना फरार रहेको प्रहरीले जनाएको छ । बुढिनन्दा नगरपालिका १० बस्ने मन बहादुर रोकाया र सञ्जीत रोकाया प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । पाण्डुसेन प्रहरी चौकीमा स्थानिय तहको चुनाव अगाबै चौकीमा आक्रमण सँगै तोडफोड गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार