शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • खप्तड छेडेदह गाउँपालिकाका गा्रमीण सडक अझै सञ्चालनमा आएन

खप्तड छेडेदह गाउँपालिकाका गा्रमीण सडक अझै सञ्चालनमा आएन

  • आइतवार, अशोज २, २०७९
खप्तड छेडेदह गाउँपालिकाका गा्रमीण सडक अझै सञ्चालनमा आएन

टेक बहादुर बुढा ,बाजुरा -बाजुराको दक्षिणी भेगमा अवस्थित खप्तड छेडेदह गाउँपालिकाका गा्रमीण सडक बर्षात सकिनै लाग्दा पनि सञ्चालनमा आउन सकेका छैन । गाउँपालिकाका गा्रमीण सडकहरु सञ्चालनमा आउन नसक्दा नागरिहरुलाइ आवतजावतका साथै दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न समेत समस्या भएको स्थानियहरुले बताएका छन । उसोत भौगोलिक रुपमा विकट मानिएको खप्तड छेडेदह गाउँपालिकाका अधिकांश वस्तीहरुमा सडक सञ्जालको पहुँच नपुग्दा यातायातमा निकै सस्ती हुने गरेको स्थानियले दुखेसो गरेका छन ।

स्थानिय रन बहादुर रावलले भने अहिले ुसडक खुल्न नसक्दा कुनै कामको लागी गाउँपालिका सम्म पुग्न पनि कठिन हुने गरेको बताए । आफ्नो वडाबाट गाउँपालिका सम्म पुग्न २ दिन लगातार हिड्नु पर्न बाध्यता रहेको बताए । त्यस्तै स्थानिय मान बहादुर रावतले भने गा्रमीण सडकहरु सञ्चालनमा नआउदाँ यहाँका नागरिहरुले ठुलो समस्या खेप्नु परेको बाताए । आफ्नो वडामा भरपर्दो स्वास्थ्य चौकि नहुदा बिरामीलाइ अस्पतालमा लिन पनि निकै समस्या हुने गरेको स्थानिय रावतले बताएका छन । दशै नजिकिदा समेत गाउँपालिकाका सडक खण्ड खुल्न नसकेको भन्दै स्थानियहरुले गुनासो गरेका छन । खप्तड छेडेदह गाउँपालिकाको वडा नंः३ मा भने दशै भन्दा अगाडी नै सडक खोल्ने काम सुरु गर्न वडा अध्यक्ष बिर्क बहादुर रावतले बताएका छन । त्यस्तै खप्तड छेडेदह गाउँपालिकाका सम्पूणर् सडकहरु खोल्न लागीरहे पनि अबिरल बर्षाका कारण काम गर्न समस्या भएकाले अबको केहि दिनमै काम सञ्चालन गर्न गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावतले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार