शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • दशै नजिकादा समेत सञ्चालनमा आएन साँफे-मार्तडी राजर्माग

दशै नजिकादा समेत सञ्चालनमा आएन साँफे-मार्तडी राजर्माग

  • आइतवार, अशोज २, २०७९
दशै नजिकादा समेत सञ्चालनमा आएन साँफे-मार्तडी राजर्माग

टेक बहादुर बुढा /बाजुरा – जिल्लाको साँफे -मार्तडी राजर्माग अन्तर्गत अम्कोट सडक दशै नजिकादा समेत सञ्चालनमा आउन सकेको छैन । करिब ३ महिना बितिसक्दा सम्म पनि सडक नखुल्दा नागरिकहरुलाइ आवतजावतका साथै दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको स्थानियहरुले बताएका छन ।
स्थानिय बिर बहादुर थापाले भने यसरी लामो समय सम्म सडक अबरुद्धका कारण सामान ल्याउन निकै समस्या भएको बताए । स्थानिय थापाले भने सामान भरिया मार्फत ल्याउनु पर्दा महंगी बढेकाले व्यापारि र उपभोक्ता मारमा परेका बताए । दशैमा बिक्रेताले हरेक सामाग्रीमा छुट भने पनि सडक नखुलेकाले झन महगंी बढेको स्थानिय थापाले बताएका छन ।

दशै नजिकै आउदा पनि सडक नखुलेकाले यस पालिको दशै खर्चिलो हुने स्थानियको भनाइ रहेको छ । उक्त राजमार्ग अबरुद्धका कारण मार्तडी कोल्टी सम्म सामान ढुवानीमा पनि समस्या भएको स्थानियहरुले बताएका छन । साँफ-मार्तडी राजमार्ग अबरुद्ध भएको करिब तिन महिना बितिसक्दा समेत कसैले ध्यान नदिएको स्थानियले गुनासो गरेका छन ।

यस बिषयमा सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले भने लगातार बर्षाका कारण राजमार्ग खोल्न समस्या भएको बताए । अब बर्षात सकिने बित्तिकै राजमार्ग सञ्चालनमा आउने सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताएका छन ।
उक्त राजमार्ग हिउँदमा केहि समय सञ्चालनममा आए पनि बर्षातको समयमा सधै राजमार्ग अबरुद्ध हुँदै आएको छ । लगातार अबिरल बर्षा भइरहेकाले राजमार्ग खुल्न नसकेको सडक डिभिजन कार्यलय अछामले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार