सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • मोबाइलबाट फोन गर्न अग्ला डाडोमा जानुपर्ने बाध्यतामा बाजुराबासी

मोबाइलबाट फोन गर्न अग्ला डाडोमा जानुपर्ने बाध्यतामा बाजुराबासी

  • बिहिबार, फाल्गुन २४, २०८०
मोबाइलबाट फोन गर्न अग्ला डाडोमा जानुपर्ने बाध्यतामा बाजुराबासी

बाजुरा‍‍– सञ्चार सुविधा बाजुरा जिल्लाका बिकट र दुर्गम क्षेत्रका बासिन्दाको पहुचमा अझै पुग्न सकेको छैन । अझै पनि मोबाइलमा कुरा गर्न र इन्टरनेट चलाउन उनीहरु अग्लो स्थान खोज्दै धाउनुपर्ने बाध्यता छ । यहि समस्याबाट त्रिबेणी नगरपालिका छतारा २ स्थिति त्रिभुवनेश्वरी माध्यमिक विद्यालयका एक शिक्षक पनि वाक्क भएका छन् । उनि शिक्षक पेशा संगै शिक्षक सेवा आयाेगकाे तयारी गरिरहेका छन् ।

उनले भने आफुले अनलाइनबाट पढाई गर्नुपर्ने भएपनि विद्यालय र कोठामा इन्टरनेट नचल्ने भएको अग्लो डाँडामा गएर इनटरनेट चलाउनु परेको बताए । स्थानिय सरकारलाई पटक पटक समस्या दर्साउँदा पनि सामाधान नभएको उनको गुनासो छ ।

विद्यालय आसपासमा नेटवर्क नचल्ने भएपछि उनी विद्यालयको काम र अनलाइनबाट कक्षा लिन गर्न यसरि अग्लो डाँडामा जानुपर्ने बाध्यता रहेको उनको भनाई छ । नेटवर्ककै कारण बाजुराका धेरै विद्यार्थीहरुको भविष्य अन्धकारमा धकेली रहेको छ । उनीहरुले अनलाइनबाट हुने पढाईमा समस्यामा परेका छन् ।

वर्षौदेखिको नेटवर्क समस्या यथावत् रहेको पीडा उनीहरुसँग रहेको छ । बाजुराका हिमाली गाउँपालिका, त्रिबेणी नगरपालिका स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका लगायतका स्थानिय तहका ग्रामीण क्षेत्रमा हालसम्म पनि फोन टावर समेत ब्यवस्थापन नहुँदा त्यँहाका नागरिक समस्यामा परेका छन् ।

दिउँसो पनि नेटवर्कले काम नगर्दा टावर खोज्न अग्लो स्थान वा रुखमा चढ्नुपर्ने बाध्यता रहेको हिमाली गाउँपालिकाका स्थानिय अर्जुन बुढाले बताए । आफु रहेका गाउँका सबै स्थानीयवासीहरु मोबाइलमा कुरा गर्नका लागि अग्लो स्थानमा चढ्ने गरेको बुढाले बताए । महत्वपूर्ण सूचना आदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ र नेट चल्ने ठाउँ खोज्दै रुखमा चढ्ने गरेको उनको भनाइ छ । उनले भने आफ्नो नजिककैको डाँडामा फोन नेटवर्क चल्ने भएकोले स्थानियले फोजीडाडा नै नाम राखेको बताए ।

सडक यातायात, केन्द्रीय प्रसारण लाइनको विद्युतको सुविधा नपुगेको दुर्गम क्षेत्रमा टेलिकमले जडान गरेको भिस्याट प्रविधिको टेलिफोन प्रयोग विहीन छन् । एक मिनेट फोनमा कुरा गर्नलाई घण्टौ हिँडेर सम्बन्धित व्यक्तिसँग कुरा गर्नुपर्ने बाध्यता कायमै छ । सुगम स्थानमा दिनहुँ जसो आफन्तसँग कुराकानी भइरहने भए पनि ग्रामीण क्षेत्रका मानिस भने आफन्तसँग कुरा गर्न टावर खोज्दै अग्लो डाँडामा जानुपर्ने बाध्यतामा रहेका छन् ।

जिल्लाका अन्य पालिकाका लेकाली बस्ती र टाढाका गाउँमा नेटवर्क समस्या वर्षौंदेखि यथावत रहेको छ । हातहातमा मोबाइल छन् तर टावर नहुँदा समस्या छ । नेपाल टेलिकमको नेटवर्क त नजिककै गाउँमा पनि टिप्न मुस्किल हुन्छ हिमाली गाउँपालिकाका रुपधन बुढथापाले भने ।

जिल्लाका विभिन्न स्थानमा नेपाल टेलिकमको नेटवर्क टावरको सङ्ख्या कम हुनु र विस्तारमा ढिलासुस्तीका कारण दुर्गम गाउँका मानिसले प्रविधिको प्रयोगबाट वञ्चित हुनुपरेको स्थानीयवासीको दाबी छ । महँगो खालका मोबाइल सेट गाउँमा पुगेका भए पनि नेटवर्क र टावर नहुँदा आफूहरुले दुख पाउने गरेको स्थानियको दुखेसो रहेको छ ।

नेटवर्कले मात्रै काम नगर्दा धेरै युवा रोजगारमूलक सूचना प्राप्त गर्नबाट वञ्चित रहेका छन् भने कतिपय किसान राहतका साथै सरकारी अनुदानका सूचना नपाउँदा नागरिकलाई समस्या हुने गरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए । दुर्गम गाउँको बसाई त्यसमा पनि प्रविधिको पहुँचमा नपुग्नाले धेरै नागरिकहरु सरकारी सेवा सुविधाबाट पनि टाढा हुनपरेको र समयमा सूचना पनि प्राप्त नहुने गरेको उनको भनाइ छ ।

हिमाली गाउँपालिकाका अध्यक्ष मल्लले सबै क्षेत्रका लागि टावरको माग भएको र केही गाउँमा टावर संचालन गर्न नसक्दा त्यँहाका नागरिकहरु सुचनाको पहुचबाट टाढा रहेको बताएका छन् । जिल्लाका कतिपय स्थानिय तहमा इन्टरनेट सेवा पनि भरपर्दो नहुँदा नगरपालिका र गाउँपालिकाले संस्थागत स्व-मूल्याङ्कनका सूचकहरू समेत पूरा गर्न नसेको बताउछन् ।

पछिल्लो समय जन्म, मृत्यु बसाईसराई लगायत सामाजिक सुरक्षाका कामहरु अनलाईनमा गर्नुपर्ने हुन्छ, तर धेरै स्थानिय तहमा नेटर्वक नहुँदा सो समस्या हुने गरेको स्थानिय तहले बताउने गरेका छन् ।  जिल्लाकाे गाैमुल गाउँपालिकाले भने केही दिन पहिला सबै वडाहरुमा पुग्ने गरी फाेर जि सेवा स‌चालन गरेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार