• होमपेज
  • समाज
  • खप्तड छेडेदहमा उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम प्रभावकारी बन्दै

खप्तड छेडेदहमा उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम प्रभावकारी बन्दै

  • सोमवार, जेष्ठ १४, २०८१
खप्तड छेडेदहमा उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम प्रभावकारी बन्दै

टेक बहादुर बुढा —बाजुराको खप्तड छेडेदह गाउँपालिकाले सञ्चालन गरेको उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७९।८० बाट उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालन गरेको थियो ।

कार्यक्रममार्फत सुत्केरीलाई अण्डा, खाद्यान्न, ध्यू, चिनी, तरकारी सहीतको सामान पालिकाले कोसेली मार्फत दिने गरेको छ । पालिकाले उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम नै बनाएर बार्षिक बजेट विनियोजन गर्ने गरेको गाउँपालिकाले जनाएको छ । पालिकाका प्रत्येक वडामा नै पुगेर उपाध्यक्ष स्वयमले कोसेली दिने गरिएको छ ।

बच्चामा देखिएको कुपोषण न्युनिकरण तथा आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउन सुत्केरी अवस्थामा पोषिलो खानेकुरासँग जोडेर सुरु गरेको कार्यक्रमले विपन्न तथा गरिब परिवारका लागि ठूलो राहत पुगेको गाउँपालिका उपाध्यक्ष बिशुदेवि नाथले बताएकी छन् । उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रममा पहिलो चरणमा सात वटै वडामा करिब साढे चार सय बढीलाई वितरण गरिसकेको र दोस्रो चरणमा भर्खर वितरण गरेर प्रतिवेदन बन्ने चरणमा रहेको उपाध्यक्ष नाथले जानकारी दिएकी छन् ।

यो कार्यक्रम सञ्चालन पछि पालिकाका आमा र बच्चामा देखिने कुपोषण दर घट्नुका साथै हजार दिनका आमाहरुको शारीरिक तथा मानसिक रुपमा स्वस्थ भएको र थप हौसला पनि बढेको उपाध्यक्ष नाथको भनाइ छ । कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी रुपमा सञ्चालन गरेर पहुँचमा नपुगेका आमाहरुको एकिन विवरण संकलन गरेर पालिकाले बजेट बढाउने उनले बताइन् ।
बाजुराका सबैजसो पालिकाहरुले कोसेली कार्यक्रम सञ्चालन गरेका छन् ।

प्रत्येक गर्भवती तथा सुत्केरी महिलालाई तेल, अण्डा नेलकटर सावुन लगायतका झण्डै दुई हजार भन्दाबढीको पौष्टिक आहार तथा स्वास्थ्य सामाग्री वितरण गरिदैँ आएको गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् ।

No description available.

बाजुरामा कुपोषण न्युनिकरण गरि स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि विभिन्न कार्यक्रमहरु मार्फत पालिका लागिरहेका देखिन्छन् ।

चर्चामा

सम्बन्धित समाचार