शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • जिल्लामा ७ सय ६६ वटा उद्योग दर्ता, खाेज्दा भेटीदैनन् अधिकांस उद्योग

जिल्लामा ७ सय ६६ वटा उद्योग दर्ता, खाेज्दा भेटीदैनन् अधिकांस उद्योग

बाजुराका ४ सय बढिले लिए सिप विकास तालिम, १ सय ५० जना मात्रै ब्यवसायमा संलग्न

  • बुधबार, फाल्गुन २३, २०८०
जिल्लामा ७ सय ६६ वटा उद्योग दर्ता, खाेज्दा भेटीदैनन् अधिकांस उद्योग

टेक बहादुर बुढा– बाजुरामा तीन बर्षको अवधिमा ७ सयबढि  उद्योग दर्ता भएका छन् । उद्योग कागजमा मात्र दर्ता भएका र खाेज्दा कुनै ब्यवसाय  भेट्न मुस्किल हुने गरेकाे छ ।  फर्म दर्ता गरेर अनुदान खान बनाइएका उद्योगहरु कागजमा सिमित रहेका छन् ।  टाठा बाढाहरुले फर्म दर्ता गर्ने र अनुदान खाने उदेस्यले दर्ता भएका उद्योगहरु कहि कतै पनि स‌ंचालनमा भएका पाइदैनन् ।

जिल्लामा आउने अनुदान र ब्यवसायिक तालिम लक्षित वर्गकाे पहुँचमा नभएकाे नागरिक अगुवाहरुले बताउने गरेका छन । प्रदेश सरकारबाट हुने अनुदान नामै ताेकेर दिने गरेका कारण लक्षित बर्ग मर्कामा पर्ने गरेकाे सर्वसाधारणकाे बुझाइ रहेकाे छ । कृषि,पशु र घरेलु कार्यालयमा आउने अधिकांस कार्यक्रमहरु प्रदेश सरकारले ब्यक्ती बिषेश दिएका कारण साधारण नागरिककाे पहुचमा नभएकाे एक कार्यालयका प्रमुखले बताए ।

 आर्थिक २०७८।७९ देखि हालसम्म जिल्लामा ७ सय ६६ वटा उद्योग दर्ता भएका हुन् । उध्योग दर्ता गरे वाफत कार्यालयमा ४७ लाख राजस्व संकलन भएको घरेलु तथा साना उद्योग कार्यालय बाजुराले जनाएको छ । आर्थिक बर्ष २०७८।७९ मा मात्रै ४ सय २५ वटा उद्योग दर्ता गरिएको घरेलु तथा साना उद्योग कार्यालय बाजुराले जनाएको छ । त्यस्तै आर्थिक बर्ष २०७९।८० मा २ सय २२ र आर्थिक बर्ष २०८०।८१ को हालसम्म १ सय १९ वटा नयाँ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालय बाजुराका सूचना अधिकारी पदम बहादुर ऐरले बताएका छन् । कार्यालयमा तीन बर्षमा कृषि तथा पशुपन्छी, सिलाई कटाई, ठेक्का र होटल सम्बन्धी ७ सय ६६ उद्योग दर्ता भएका सूचना अधिकारी ऐरले बताए ।

घरेलु तथा साना उद्योग कार्यालय बाजुराका सूचना अधिकारी ऐरका अनुसार तीन बर्षमा जिल्लामा ४ सयबढिलाई सीप विकास र उद्यमशीलता विकास तालिम दिनलाई १ करोड १८ लाख रुपैयाँ खर्च छ । सो तालिमका लागि तीन बर्षमा आएको १ करोड ४१ लाख मध्ये १ करोड १८ लाख खर्च भएको सूचना अधिकारी ऐरले बताएका छन् ।

करौडौं रुपैयाँ लागनी गरेर तीन बर्षमा जिल्लामा ४ सय बढिलाई सीप विकास तालिम दिएपनि अहिलेसम्म १ सय ५० जनाले जति मात्रै व्यवसाय सञ्चालन गरिरहेका सूचना अधिकारी ऐरले बताए । पूर्ण रुपमा तालिम सिक्न नपाउँनु, तालिमपछि लगानी गर्न नसक्दा सिप सिकेका मध्ये धेरैले व्यवसाय सञ्चालन गर्न नसकेको उनको भनाई रहेको छ ।

दर्ता भएका उद्योग मध्ये सबैभन्दा बढि कृषि तथा पशुपन्छीजन्य उद्योग कार्यालयमा दर्ता भएका छन । तीन बर्षको अवधिमा दर्ता भएका उद्योगहरुबाट कार्यालयले करिब ४७ लाख राजस्व संकलन गरेको सूचना अधिकारी ऐरले बताए ।

तीन बर्षमा ४ सय जनालाई सीप विकास तालिम

गएको आर्थिक बर्ष ०७८।७९ देखि हालसम्म घरेलु तथा साना उद्योग कार्यालय बाजुराबाट ४ सय ३० जनालाई सीप विकास तालिम दिइएको छ । जिल्लाका ९ वटै स्थानिय तहले छनौट गरेर घरेलु तथा साना उद्योग कार्यालयको सहकार्यमा तीन बर्षमा ४ सय ३० जनालाई सीप विकास तालिम र उद्यमशीलता विकास तालिम दिइएको कार्यालयले जनाएको छ । जसमा सीप विकास तालिम लिएकाहरुले अनिवार्य रुपमा उद्यमशीलता विकास तालिम पनि लिनुपर्ने हुन्छ ।

आर्थिक बर्ष ०७८।७९ मा १ सय ४० जनालाई तालिम दिइएको छ भने आर्थिक बर्ष ०७९।८० मा १ सय ९४ र आर्थिक बर्ष ०८०।८१ को हालसम्म ९६ जनालाई सीप विकास र उद्यमशीलता विकास तालिम दिएको कार्यालयका सुचना अधिकारी ऐरले बताएका छन । तालिम महिला, अपांग, जनजाति,दलित तथा एकल महिलालाई लक्षित गरेर उनीहरुको क्षमता चाहना अनुसार फरक फरक तालिम दिएको सुचना अधिकारी ऐरले बताए । विशेष गरी जनजातिलाई उनको धागो बुनाई, राढीपाखी, गलैचा बुनाई, एकल महिलालाई सिलाई कटाई, आलु चिप्स, बिउटी पालर्स, बेण्डबाजा लगायतका सीपमुलक तालिम दिइएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार