शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा घर जग्गा कारोबारबाट फागुनमा मात्रै ४२ लाख राजस्व संकलन

बाजुरामा घर जग्गा कारोबारबाट फागुनमा मात्रै ४२ लाख राजस्व संकलन

सदरमुकाम मार्तडीकाे जग्गा काराेवारमा न्युन

  • मङ्लबार, फाल्गुन २२, २०८०
बाजुरामा घर जग्गा कारोबारबाट  फागुनमा मात्रै ४२ लाख राजस्व संकलन

लक्ष्मीराज पाध्याय– बाजुरा जिल्लामा चालु आर्थिक बर्षको माघ सम्म न्युन  रहेको घर जग्गा कारोबार फागुनमा बढेको छ । फागुन महिनाको २० गते सम्मको तथ्याकंअनुसार यो बर्षको सबै भन्दा बढि कारोबार भएको हो । बाजुरामा घर जंग्गा कारोबारबाट फागुन महिनामा मात्रै ४२ लाख राजस्व संकलन भएको मालपोत कार्यालय बाजुराका प्रमुख लक्ष्मण देव पाण्डेयले बताए । जिल्ला मालपोत कार्यालय बाजुराका अनुसार अर्थिक बर्ष सुरु भएदेखी हाल सम्म ३ सय ७ वटा किनवेच रजिस्टेशन भएको छ । गत बर्षहरुको तुलनामा यो बर्ष  बढि भएको र असारसम्म अझै बढ्न सक्ने जिल्ला मालपोत कार्यालय बाजुराका प्रमुख पाण्डेयले बताए ।
जिल्ला मालपोत कार्यालय बाजुराबाट घरजग्गा कुल रजिस्टेशन ३ सय ७ रहेको मालपोत कार्यालय बाजुराले जनाएको छ । चालु आर्थिक बर्षको माघसम्म सबैभन्दा कम भएको भए पनि फागुनको सुरुवातीदेखी घरजग्गा किनबेच काराेबारमा बृद्धि भएकाे मालपोत कार्यालय बाजुराका प्रमुख पाण्डेयले बताए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठमा सबै स्थानीय तहलाई मंसिर २३ भित्र जग्गाको वर्गीकरण गरिसक्न निर्देशन दिएको थियो । तर, स्थानीय तहले हालसम्म जग्गाको वर्गीकरण गर्न नसकेको र केही स्थानिय तहले निती कार्यान्वयनमा ल्याए संगै कारोबारमा बृद्धि भएको कार्यालय प्रमुख पाण्डेयले बताए । ९ ओटा स्थानिय तह रहेको बाजुरामा जगन्नाथ गाउँपालिकाले भने निती कार्यान्वयन ल्याइसकेकाे  र अन्य पालिकाको निती निर्माणकै क्रममा रहेका छन् ।
जिल्ला मालपोत कार्यालय बाजुराले घरजग्गा कारोबार वापत ७९ लाख ३९ हजार ९ सय १५ रुपिया बढि राजस्व संकलन गरेको छ । माघ मसान्तसम्म राजस्व संकलन र पुजीगत बजेट गरि ३७ लाख ३९ हजार ९ सय १५ रहेको थियाे ।  फागुनमा मात्रै ४२ लाख राजस्व संकलन भएको मालपोत कार्यालय बाजुराले जनाएको छ । फागुन महिनाको राजस्व संकलनको अनुपातमा यो आर्थिक बर्षको अन्त्य सम्म एक करोड भन्दा माथि राजस्व संकलन हुने अनुमान रहेको मालपोत कार्यालय बाजुरा प्रमुख पाण्डेयले बताए ।
आर्थिक बर्ष ०८०/०८१ मा मरुवाको सरुवा सम्बन्धी कारोबार ७२ वटा रहेका छन भने ८८ वटा धितो रोक्का गरिएको मालपोत कार्यालय बाजुराको तथ्याकंमा उल्लेख छ । बैक तथा बित्तिय संस्थाबाट हुने रोक्का, भोक बन्दकी, ठाडो रोक्का, तमसुक रोक्का गरि ८८ वटा कित्ता रोक्काको कारोबार भएको उल्लेख छ ।
व्यावसायिक रूपमा परियोजना बनाउनेले सडकको मापदण्डअनुसार साढे २ आनाको कित्ताकाट गर्न पाउने ब्यबस्था रहेको छ । अंशबण्डामा पनि साढे २ आनासम्मको कित्ताकाट गर्न पाउने व्यवस्था संशोधित नियमावलीले गरेको छ । तर, अन्यको हकमा द्विविधा भएकाले सर्वसाधारणले जग्गा खरिद बिक्री गर्न सम्भव नभएको मालपोत ब्यबासायीहरुले बताउने गरेका छन ।
‘पछिल्लो समय सहरको भन्दा गाउँमा घर जग्गाको कारोबार बढेको छ । सदरमुका मार्तडीको भन्दा जग्गाको किनबेच ग्रामीण क्षेत्रमा बढेको तथ्याकं रहेको छ । संघिय संरचना पश्चात सदरमुकाममा जग्गाको किनबेच तथा कारोबार ओरालो लागेको मालपोत कार्यालयको तथ्याकं छ । स्थानिय तह पश्चात स्थानिय तहका केन्द्र आसपासको जग्गा कारोबार बढ्दै गएको र सदरमुकामको कारबार घटेको मालपोत कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार