शनिबार, मंसिर २२, २०८१
  • होमपेज
  • समाज
  • कर्णाली करिडोर निर्माण पछि बस्ति सरदै सड्कको छेउमा

कर्णाली करिडोर निर्माण पछि बस्ति सरदै सड्कको छेउमा

  • सोमवार, साउन २, २०७९
कर्णाली करिडोर निर्माण पछि बस्ति सरदै सड्कको छेउमा

बाजुरा–कर्णाली करिडोर सञ्चालनमा आएपछि बाजुरा हुम्ला क्षेत्रका बासिन्दा सड्क छेउमा बसाई सर्न थालेका छन् । बाजुराको उत्तरी क्षेत्र र हुम्लाको तल्लो भेगका बासिन्दा सड्क छेउमा बसाई सर्न थालेका छन् । कर्णालीको किनार किनारै निर्माण भएको सड्कको बिभिन्न ठाँउमा माथि बाट तल सर्ने क्रम दिनप्रतिन बढदै गएका छन् ।
एकातिर सड्क सँगै बजार बने अर्कोतिर विकास तल भएपछि माथि बाट तल सरेको जगन्नाथ गाँउपालिका ५ बस्ने मनजलि बिष्टले वताएका छन् । जगन्नाथ गाँउपालिकाको पिलिचौरमा मात्र १ सय ५० भन्दा परिवार बसाई सरेर आएका छन् । पिलिचौरमा केहीले ब्यबसाह गरेका छन्, भने केहीले घर निर्माण गरेर बसाई शुरु गरेको जगन्नाथ गाँउपालिका अध्यक्ष कालि बहादुर शाहिले वताएका छन् । पिलिचौरमा बुढिन्नदा नगरपालिका, हिमाली, स्वामिकार्तिक र जगन्नाथ गाँउपालिका बासिन्दा बसाई सरेर आएका छन् ।
हिमाली गाँउपालिका ५ बाधुका मन सार्कीले भने गाँउमा खडेरीले उब्जनी हुदैन्, जहाँ भएर किनेर खानु पर्ने हुन्छ, त्यहि भन्दा त सड्क छेउमै आएर बसोवास शुरु गरेको वताए । उनि तिन घण्टा टाढा रहेको धुलाचौरमा बसाई सरेका छन् । उनि मात्र नभइ गाँउ अन्य पनि सड्कको छेउमा बसाई सरेका छन् । जगन्नाथ गाँउपालिकाको पिलिचौर, जुड्डि हिमाली गाँउपालिकाको बाधु, धुलाचौर, लेब्डी, कवाडी लगायतका स्थानमा माथि बाट बसाई सरेर बासिन्दा तल झरेका छन् ।
हिमाली गाँउपालिका ५ रुगिन बाट कवाडीमा बसाई सरेर आएका मनबिर बुडथापाले भने बसाई सर्नुको एउटै कारण सड्क यातायतको पहुँच पुग्नु रहेको उनले वताए । गाँउमा पनि किनेर खानुपर्छ त्यो भन्दा त तल आउनु नै बताए । अर्को गाँउमा पानिको समस्या रहेको छ, यहाँ त कर्णाली नदिको पानि भएपनि खान पाईने गरेको वताए ।
नेपाली सेनाले जिम्मा लिएको कर्णाली करीडोर कालिकोटको लालु देखी हुम्लाको सरिसल्ला सम्म १ सय ४५ किलोमिटर निर्माण गरेर यातायात सञ्चालन भइसकेको छ । कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाकि हुम्ला जिल्लामा रहेको छ । सेनाले यो सड्कको जिम्मा २०७१ चैत बाट शुरु गरेको थियो । लामो समयसम्म निर्माण कार्यमा प्रगति नभएपछि भौगोलिक विकटता लगायत प्रतिकूलता औंल्याउँदै सरकारले २०७१ मा कर्णाली करिडोरलाई विशेष परिस्थितिको सडक परिभाषित गर्दै निर्माणको जिम्मा सेनालाई दिएको थियो । विपन्नताले चौतर्फी निराशामा पारेको बाजुराको पूर्वोत्तरसहित कर्णाली क्षेत्रका बासिन्दालाई पछिल्लो समय यही सडकको निर्माणको गतिले आशा जगाएको छ । ‘यही सडकले हाम्रो जीवन फेर्ने आस छ,’ बाजुरा र हुम्लाको सिमानामा पर्ने कवाडीका मिलन बुढाले भने, ‘दैनिक उपभोग्य सामग्रीका लागि महिनौं हिँडेर भारी बोक्नुपर्ने बाध्यताबाट छुटकारा मिल्यो, अबको पुस्ताले सुख पाउनेछ ।’
यो सडक कर्णालीसँग जोडिएका बाजुराका अति विकट हिमाली, जगन्नाथ र स्वामिकार्तिक खापर गाँउपालिका हुदै सिमकोट पुग्नेछ । यो सड्क कालिकोट बाजुरा हुदै हुम्ला गएपनि कर्णाली नदि पारि रहेका मुगुको अधिकांश बासिन्दालाई ठुलो सहयोग पुग्ने मुगुको खत्याड गाँउपालिका स्थानिय गौरिकान्त न्याउपानेले वताए ।
यस सडकलाई बाँके र रुपैडिहा नाकाबाट आरम्भ भई हुम्लाको सिमकोट हुँदै चीनको तिब्बत सिमाना सम्म र्पुयाउने लक्ष्य छ । यो सडक मार्ग बाजुरा र कर्णाली क्षेत्रका बासिन्दाको जीवन उकास्ने मेरुदण्ड बन्ने विश्वास छ । ‘यस क्षेत्रको गरिबी र विपन्नतालाई छुटकारा दिने मुख्य सेतु यही सडक हुनेछ,’ बाजुरा प्रदेशसभा ‘क’ का सांसद बलदेव रेग्मीले भने । यस सडकबाट पूरै बाजुरा सडक सञ्जालमा गाँसिने छ । रारा जाने पर्यटकलाई यो मार्गले यात्रा सजिलो बनाइदिनेछ ।

चर्चामा

सम्बन्धित समाचार