मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • प्रत्येकले आफ्नो काल आफै पालेका हुन्छन!

प्रत्येकले आफ्नो काल आफै पालेका हुन्छन!

  • शनिबार, असार २५, २०७९
प्रत्येकले आफ्नो काल आफै पालेका हुन्छन!

सुरेशकुमार पान्डे — हामिलाई थाहाछ जिवन भन्दा काल निश्चित हुन्छ त्यो कसैलाई भन्नु पर्दैन तर पनि मानिस जिन्दगिको पछि भाग्छन।काल निश्चित हुंदा हुँदैपनि मानिसको मनमा काल अनिश्चितछ र कालको पछि कुनैपनि भाग्दैन।
हामिले मृत्युको मूल्यांकन गर्ने तरिका पनि भिन्दा भिन्दैछन बुजुर्वाहरूले काल र जिन्दगी दुबैलाई इस्वरको खेल भनेर बुझ्छन
उनिहरूको दृष्टिमा काल आयो भने कसैलेपनि रोक्न सक्दैन तर काल न आए जेगरेपनि जोगिन्छ जस्ता बिचार अगाल्छन। भौतिकवादीहरूले निरोगी मानिस अलि बढी बांच्न सक्छ भनेर मानव समाज बाट रोगको अनत्य गर्ने ध्रुमपान नगर्ने,मदिरा र नसिलो पदार्थ प्रयोग नगर्ने भोजन पनि मिल्छ भने पोष्टीक वा पचाउँन सक्ने खालका खाने सरिरलाई रोग मुक्त गर्न समय समयमा जचाउँनुपर्छ भन्ने मान्यता राख्छन।
ठिक त्यही प्रकारले आफु बसेको ठाउँलाई सफा गर्नु पर्छ भन्दै संगठनलाई पनि निरोगी बनाउनुपर्छ भन्ने मान्यता अनुसार वेला वेलामा आत्मलोचना र आलोचना गर्नु पार्टी संगठनको हितमा हुनसक्छ भन्छन।
विस्वमा सबै भन्दा बिस्वासिलो सिद्धान्त भनेको मानव जातिको लागी कम्युनिष्ट सिद्धान्तहो जसले मानिस मानिसको बिचमा फरक देख्दैन।कुनै जातिय बिषयलाई लिएर भेदभाव गर्दैन तर मानव जातिका दुश्मन बनेका रक्त पिपासु शोशक र फटाहाको कटर दुश्मनको रूपमा पनि कम्युनिष्टहरू हुन्छन।
विस्वको कम्युनिष्ट आन्दोलनको अध्यायन गर्दा हामिले पाउंछौ कम्युनिष्ट पार्टीलाई कुनै प्रतिकृयावादीहरूले जिताउन सकेकोछैन तर स्वायम कम्युनिष्ट भित्र जनमिएका अवसरबाद नव संसोधनवादीहरूले नै कम्युनिष्टको जरा सुकाएका हुन्छन उनिहरू स्वायम कम्युनिष्टको छांयामा बसेर कम्युनिष्टका बिस्तारै जरा काट्ने गरेका हुन्छन त्यसकारणले कम्युनिष्टको कालपनि उनै कम्युनिष्टको खोल ओडेर लुक्न सफल भएका गैर कम्युनिष्टहरू हुन्छन।अहिले विस्व कम्युनिष्ट आन्दोलनलाई रक्षात्मक अबस्थामा पुराएका पनि उनैहुन।
कम्युनिष्ट पार्टिको जनम सँगसगै अवसरवादको पनि जनम भयो स्वायम कार्लमार्क्सको उपस्थितिमा पनि जर्मन वा फ्रांस आदि ठाउमा अवसरबादीहरूको बिगबिगी थियो त्यसैले जर्मनमा क्रान्ति सफल हुन सकिन र पेरिसमा मजदुर बर्गले खोसेको सत्ता पनि बाकुनिन् र प्रुधोहरूको तानातानीमा ७१दिनपति पतन भयो।
पहिलो पटक कार्ल मार्क्सको बर्ग शंघर्ष रूसमा लेनिनले ब्यबहारमा लागु गर्न सफल भएका थिए तर महान अक्टुवर क्रान्ति त्यत्तिकै आएको थिएन त्यसका लागी त्याग बलिदान र अविचलित शंघर्षले सफल भएको हो।
अब त्यही रूसको कम्युनिष्ट पार्टी भित्र लुकेका ख्रुचेव जस्ता पुंजिवादीहरूले महान अक्टुवर क्रान्ति द्वारा प्राप्त भएको जनाधिकारलाई घुमाउरो पाराले ग्लास्नोत र प्रेस्त्रोइका लागु गरेर पुंजिवादमा प्रानिण गराउन सफल भएका थिए।त्यसको संदेश ब
विस्व कम्युनिष्ट आन्दोलनमा पनि नकारत्मक पर्दै गयो।हाम्रो देशको कम्युनिष्ट आन्दोलन त निम्न पुँजिवादको जगमा जन्मिएकोहो चिनको नयाँ जनवादी क्रान्ति र भारतमा चारू मजुम्दारको नेपाली कम्युनिष्ट आन्दोलनमा ब्यापक प्रभाव परेको थियो।
अहिले नेपालका पुराना कतिपय आफुलाई क्रान्तिकारी नेता भनाउदाहरूले आफैले फालेको राजतन्त्रलाई ब्युंताउन अहिले उनैले प्रयात्न गर्न थालेकाछन।
राणाहरूले देशमा १०४बर्ष लामू समय सम्म राज गरे उनि जनतामा प्रभासालि भएर वा जनताको मन जितेर होइन बरू जनतामा दमन गरेर उनिहरूलाई बोल्न नदिएर अनपढ अशिक्षित राखेर जनाधिकार क्रुप पारेर राज गरेका थिए।त्यो एक न एकदिन मृत्युको मुखमा पुग्नुनै थियो।जति जति दमन गर्दै गए त्यही अनुपातमा जनता जुट्दै गएर र बिद्रोह हुँदैगयो अन्तत्वगत्व राणा साशनको अनत्य भयो।
जनताले सदियौं देखी टाठा बाठालाई अगाडी सारे त्यसैको परिणाम राणाको अनत्य हुंदा राजा त्रिभुवन राणाको बिरूद्धमा थिए जव राणाहरूको अनत्य भयो उनले कमान छोपे अनि लगातार ३०/३२बर्ष उनिहरूको सन्तानले राज गरे।
उन्ले गरेको जनता संग धोकाले उनको खिलाफ उठ्न जनतालाई प्रेरित गय्रो त्यही जनता पञ्चायती ब्यबस्था बिरूद्धमा अगाडी सय्रो र एउटा राजाले गरेको गलतिको सजाए स्वायम एकिकरणका पिता प।थ्वी नारायण साहा समेतले झेल्नुपय्रो।जनताले सबैराजाहरूलाई एउटै घानमा हालेर मुल्यांकन गर्नथाले। पञ्चाती ब्यबस्थाको पतन हुन पुग्य़ो।अहिले बहुदलिय ब्यबस्थालाई स्वायम बहुदलबादीहरू धेरैजसो बौलाएरनै बहुदललाई मार्न थालेकाछन।
जब उनिहरू आफैले बहुदलिय ब्यबस्थामा भ्रष्टचारको चरम अबस्था भयो सडक देखी सदन सम्मका जनता अशुरक्षितछन।सदनमा सिसि केमराहरूको तोडफोडको आरोपमा अर्थमन्त्री जस्तो ब्याक्तिको हात भएको बिषय कति सम्बेदनसिल हो भन्नै सकिदैन।
देशमा आर्थिकको टाट पलट्टाई कसको कारणले हुँदैछ?चुनाव हारेका ब्याक्ती समेत मन्त्री भएकाछन जो असम्बैधानिक हो।यसरी देशमा आएको बहुदलिय ब्यबस्था आफैले पनि आफ्नो कालको सामाग्रि जुटाउँन थालेकोछ।
अहिले राष्ट्रियता गणतन्त्र दुबै खतरामा परेकोछ जनजिविकाको कुनै आधार छैन यो अबस्थामा देशले फेरी आर्को पल्ट प्रतिगमन ब्यहोर्नु पर्ने आधार सिर्जना भएको हामिले देख्दछौं।धेरैले आफ्नो कमिकम्जोरी लुकाएर आर्कालाई आरोप लगाएपनि यसैगरी आ-आफ्नै गलती बाट आफ्नो अफ्सान हुनेगर्दछ।

चर्चामा

सम्बन्धित समाचार