बुधबार, जेष्ठ ४, २०७९
  • होमपेज
  • विचार/ब्लग
  • मार्क्सवादी दर्शनको बारेमा!

मार्क्सवादी दर्शनको बारेमा!

  • शुक्रबार, बैशाख २३, २०७९
मार्क्सवादी दर्शनको बारेमा!

सुरेशकुमार पान्डे —अहिले दुनियांभरीका क्रान्तिकारीहरू भन्दा बढी मार्क्सवादको प्रयोग गर्ने अवसरबादीहरू भेट्टिन्छन।आफुलाई मार्क्सवादी भन्नेहरूले मार्क्सवादको आधारभूत सिधान्तलाई त्यागि सकेकाछन।मार्क्सवादी दर्शनमा बर्गशंघर्षको ठुलो र ऐतिहासिक महत्वछ।बर्ग शंघर्षलाई छाडि सकेका संसोधनवादी अवसरबादीहरूले क्रान्तिकारीहरूले भन्दा बढी मार्क्सवादलाई उपयोग गरेका हुन्छन।
अहिले नेपालीमा कम्युनिष्टको लोगोलाई जनतालाई छक्काउँने र आफ्नो स्वार्थ पुरा गर्ने काममा प्रयोग गर्दै आएकाछन।
आज भन्दा दुइ सए चार बर्ष अगाडी पाँच मई १८१८मा जन्मिएका जर्मन दार्शनिकले आफ्नो साराजिवन श्रमजिवि बर्गको सोशण कसरि हुन्छ र उनिहरूको मुक्ति कसोगरी हुनसक्छ भनेर जिवन र जगतको अध्यायन गरे र ठुलो प्रयास पछि कामरेड.फ्रेडरिख एंगेल्श सहित दुवै जनाले एउक्टा घोषणा पत्र “लिग”को निमन्तरणमा उसैको लागी तैयार पारे जो १८४८को कम्युनिष्ट घोषणा पत्र तैयार भयो।
त्यो मार्क्सवादको मूल दर्शन हो।मार्क्सवाद भनेको सामाजिक विज्ञानहो।अहिले सम्म टाउकाले टेकेर उभिएको विज्ञानलाई भौतिकवादलाई मार्क्सले खुट्टाले टेकेर उभाउंन सफल भयकाहुन।
उन्ले फाएर बाख र हिगेलको दर्शन बाटपनि प्रेणा लिएकाछन उनिहरूका थिसितहरूको अध्यायन पछि पुनः यो सामाजिक र प्राकृतिक जिवन र जगतको अध्यायन गरे।त्यसपछि उनिहरूको दर्शन अधुरो र अपुरो देखापय्रो।मार्क्सवादनै एउटा पर्थम अनिस्वरबादी शुद्ध सामाजिक वैज्ञानहो त्यसकारण मार्क्सवादी दर्शन भनेको श्रमजिवि बर्गको दर्शनहो।
आखिर क्रान्तिकारीहरूले जस्तै वा त्यो भन्दापनि उफ्रि उफ्रि मार्क्सवादको प्रचार गर्नेहरू धेरैजसो अवसरबादी र संसोधनवादीहरूछन।किन कि दुनियाँ भरिमा पिन्चानब्ये प्रतिसत श्रमजिवि जनताको प्रतिनिधित्व गर्ने एकमात्र राजनीतिक शक्ति भयकोले त्यो शक्तिलाई उपयोग गरेर आ आफ्नो स्वार्थ पुरागर्ने अवसरवादहरूले मार्क्सवादी दर्शनलाई प्रयोग गरेर त्यसैमा प्रहार गरेका हुन्छन।उनिहरूले नयां नया सामाजिक बखेडाहरू झिक्छन।जस्तै एन जी ओ, एन जी ओ,कयौं प्रकारका हुन्छ एउटा पुंजिवादको दलाल जस्ले मार्क्सवादलाई बद्नाम गर्ने उदेश्यले सञ्चालन भयकाछन,कतिपय आर्थिक कारोवारमा सलंगन गराएर कम्युनिष्टका काडरहरूलाई त्यो जालमा जेलेका हुन्छन जस्ले पैसाको लालचमा अरू आफुजस्तैलाई जेल्दै लगछ।
आर्को सामाजिक संगठन जो गैर राजनीतिक संगठन बिसुद्ध सामाजिक संगठनहो त्यो संस्थाले मानवसमाजमा स्वांस्फुर्त रूपमा काम गर्छन त्यो मानव अधिकारवादी संग संगठन आदी आउँछन।तर अहिलेको यो पुंजिप्रधान समाजमा पुंजि उत्तपादनको होड हुने भएकोले यसमा मानिसहरूको प्रभाव कम हुंदै गएकोछ।
तर मानिसहरूको बढि लगाव प्रथम खालको आर्थिक उत्पादन गर्ने जसले एजेन्ट बनाएर कमिसनको लालचमा समाजमा दुषित फैलाउँने खालका संस्थाहरू त्यो समाजको लागि बढि खराब तत्व भयपनि नेपाली कम्युनिष्ट आन्दोलनमा लागेका ब्याक्तिहरू नेताहरू समेत त्यसको चपेटमा परेकाछन।
उनिहरू संगठनको काममा खुब सक्रिय देखिन्छन र भित्रभित्रै उनिहरूले आफ्नो आर्थिक उत्पादनको लागी ऐजेन्ट तैयार पार्दै हिंडेका हुन्छन।यिनिहरू पार्टीका लागी मात्र होइनन् पुरै समाजका लागि गद्धार हुन यिनिहरूको चरित्र उंदांगियो भने यि कम्युनिष्ट आन्दोलन बाट भाग्छन।
यिनिहरूले गर्दा आज मार्क्स वादी दर्शनमा दिनौदिन आकारमण हुंदै आएकोछ।उनिहरू मध्यका धेरैजसो गुट बनाउँने र जनताहरूलाई अतिरञ्जित तरिकाले कनविन गर्ने र आफ्नो फाइदाको लागि प्रयोग गर्ने गर्दछन।यहबारे बिस्तारै देखिंदै जान्छ त्यो वेला उनिहरू कम्युनिष्टको सम्प्रकमा पनि आउँन कतराउँनेछन।
दुनियां भरिका मुक्तिक्रमि क्रान्तिकारीहरूले मार्क्सवादको दर्शनलाई आफ्नो ब्यबहारमा ढाल्ने प्रयात्न गर्छन।उनि एउटा सामन्य परिवारमा जन्मिएर पनि विस्वको दर्शन बन्न पुगे।उन्का पिता एउटा यहुदी परिवारका वकिल थिए हिरस्केल हाइनरिख जसले पछि आफ्नो पुरानो यहुदी धर्मलाई छाडेर इसाई प्रोटेस्टैन्ड धर्म अंगिकार गरे त्यो वेला मार्क्स कुल छे बर्षका थिए।
भनिन्छ हुँनेविरूवाका चिल्ला पात हुन्छन अरे उस्तै उनि बाल्यकालमै बिलक्षाण प्रतिभा समपन्न थिए।उनि १७बर्षको छंदा एउटा निबन्ध लेखे”आफुलाई मन पर्ने जिविन बृती लिनु भन्दा पहिले एउटा तन्नेरिको बिचार”मा भनिएको थियो”जुन जिवन वृतिका लागी हामी आफुले आफुलाई अतियोग्य सम्झिन्छौँ परन्तू हामी त्यसलाई चिन्दैनौं। यो भन्दा पहिले हामि आफ्नो सामाजिक समबन्ध निर्माण गरौं।”वास्तबमा उन्लाई कलिलो उमेरमानै सामाजिक ज्ञान भएको थियो।समाज प्रति सुक्षम दृष्टिकोण उन्को बाल्यकालको उच्चगुणहो।जहले पछिका दिनहरूमा उनलाई महान दार्शनिक रूपमा स्थापित गय्रो।
हामिले भन्नेगर्छौं मान्छे प्यारो होइन उस्को काम प्यारो हुँन्छ यही वास्तबिकताहो।कामरेड मार्क्सलाई दुनियांभरीमा सम्मान गर्ने कारण त्यहीहो।उनिभित्रको गुण दर्शन निस्वार्थ शिक्षा जसले विस्वमा सर्वहारा बर्गको मुक्तिको मार्गप्रस्त गय्रो।उन्को प्राथमिक शिक्षा त्रियर नगरमै भयो।सबैका आमा बाबाको चाहांना हुन्छ आफ्नो औलादलाई आफु जस्तै वा आफु भन्दा उच्च शिक्षा दिएर अगाडी बढाउँने हुन्छ त्यही प्रकारले मार्क्सका पिताले आफुजस्तै वकिल बनाउँने इक्षा थियो।
मार्क्सले १७बर्षमा त्यो वेलापनि मैट्रिक पास गरेर बौन विस्व बिध्यालयमा कानून् अध्यान गर्न आफ्नो पिताको आज्ञानुसार गए।तर प्रत्ये बाक्तिभित्र आफ्नै प्रकारको प्रतिभा हुन्छ उन्लाई कानूनमा खासै रूचि थिएन।बाल्यकालमा सँगै खेलेकी साथी जैनी वेष्ट फालेन त्यंही अध्यायन गर्दिरहिछिन।उनि एउटा समपन्न परिवारमा जन्मिएकी केटी थिईन पछि उन्को दाजु फान वेष्ट फालेन जर्मनिको एउटा प्रतिकृयावादी सरकारमा मन्त्री पनि बनेकाथिए।
जेनिसँग मार्क्सको प्रेमसमबन्ध बढ्न थाल्यो त्यो थाहा पाएपछि मार्क्सका पिताले वार्लिन विस्वबिध्यालयमा सारे।त्यहां मार्क्सले इतिहाश र दर्शन सास्त्रको अध्यायन गर्नथाले।त्यो वेला जर्मनिमा हिगेलका बिचारहरूको ब्यापक प्रचारथियो।मार्क्स पनि हिगेलका बिचार बाट त्यो वेला प्रभाबित भए।
जैनिसँग पनि पत्रचार हुंदै गयो र प्रेमप्रसंगपनि बढ्दै गयो खासगरेर उनिहरू दुबैजनाको बिचारधारा पनि मिल्दै गयो।१८३८ई.मा मार्क्सका पिताको मृत्यु पछि मार्क्सले दर्शनसास्त्रमा डाक्टरेडको लागि सोधकार्यका सुरूगरे।उन्ले प्राचिन दार्शनिकहरूको दर्शन र बिचारहरूलाई अत्यान्तै गहिरिएर अध्यायन गरे।सन१८४१मा युनानका प्राचिन दार्शनिक’डेमोक्रयाइटस्टस् र एप्पिक्युरसको प्राकृतिक दर्शनमा रहेको अन्तरलाई सम्पष्ट गर्दै खोजपत्र तैयारपारे।त्यही निबन्धमा उन्लाई जेना विस्वबिध्यालय द्वारा डाक्टरेडको उपाधी पनि मिल्यो।आर्थिक अबस्था कम्जोर भएपछि उनि प्राध्यापक बन्न खोजे तर उन्का बिचार क्रान्तिकारी भयकाले त्यो हुन सकेन।उनि सरकारको आलोचक भए र रूढीवादी अन्धबिस्वास तथा सरकारका जनबिरोधी नीति कृयाकलापको आलोचना गर्ने उदेश्यले पत्रिकाको प्रकाशन सुरूगरे।तर पत्रिकालाई केही समयपछि प्रसाको सरकारले रोक लगायो र उन्को गतिविधीको चेवा गर्न गुप्तचर खटायो।यस्तो अबस्थामा मार्क्सले देश छोड्ने बिचार गरे।
पेरिस बाट साथिहरूले ५००/थेलरको प्रबन्ध गरे उन्ले१९जुन१८४३मा जेनि वेष्ट फालेन सँग बिहेगरेर पेरिस पुगे।
यहां बाट “जर्मन फ्रेञ्च बर्ष पत्र”मा सम्पादन गर्न थाले।त्यो पत्रिकाको पहिलो अंकमा मार्क्सका महत्वपुर्ण दुई लेखहरू प्रकासित भए।एउटा हिगेलको भाववादी दर्शनको समालोचना आर्को एहुदीहरूको प्रश्न”यिनै लेखहरूमा बर्गशंघर्ष र समाजवादको रूपरेखा कोरीएको थियो।यसैले गर्दा प्रसाको सरकारले मार्क्सलाई वारन्ट जारिगय्रो।यही पत्रिकामा एंगेल्श का पनि दुई लेखहरू छापिएका थिए।जसको अध्यान गरेपछि स्वायम मार्क्स पनि प्रभावित भए र पछि पत्रलेखेर समप्रक गरें यसरी दुबैको बिचारधारा एउटै भएपति बिस्तारै पत्रचारहरू भयो।त्यो पत्रिका परिवारभित्र बिवादका कारण बन्द भयपनि मार्क्स एंगेल्श बिचको मित्रता जिवन भरी रह्यो।
मार्क्सले अर्थशास्त्रको गहन अध्यायनगरे उनि मजदुरहरूको आन्दोलनमा लगातार सहभागी भए र फ्रांसेली क्रान्तिमा पर्ने भौतिकवादी बिचारधाराको अध्यायन गरे।सन१८४४मा एंगेल्श पेरिस आएर कार्ल मार्क्सलाई भेटे।
उनिहरूले त्यो द्वौरान पबित्र परिवार,आलोचनात्मक आलोचनाको आलोचना”नामक ऐतिहाशिक दस्तावेज लेखे।त्यो वेला पेरिस बाट अंघी बढ भन्ने पत्रिका प्रकासित हुन्थ्यो।
मार्क्सले आफ्ना लेखहरू त्यसैमा छपाउँन थाले।तर त्यँहाको सरकारले उन्लाई फ्रान्स छाड्ने आदेश जारिगय्रो।उनि वेल्जिएमको राजधानी ब्रुसेल्स गएको खबरले एंगेल्श अत्यान्तै चिन्तित थिए।
पछि दुबैले इंगलैण्डको भरमण गरे१८४६मा कम्युनिष्ट सम्बाद समितिको गठन गरे।सन१८४७मा प्रुधोको” दरिद्रताको दर्शन”नामक पुस्तकको आलोचना गर्दै”दर्शनको दरिद्रता”नामक पुस्तक लेखे।
१८४७ई.मा वेलायतको एउटा मजदुर संगठनले आफ्ना प्रतिनिधिपठाएर दुबैलाई बोलायो र त्यसैलाई कम्युनिष्ट लीग भन्ने नाम दिए।
यसरी उनिहरूको लामू शंघर्षको परिणाम कम्युनिष्टको घोसणापत्र तैयार गरियो।कार्ल मार्क्सले यो अभियानमा धेरै ब्याक्तिगत त्याग गरेकाछन उन्ले दुःख पिढा आर्थिक भाव र औलादहरूको उपचार गर्नै नसकेर पनि गुमाएकाछन तर पनि आफ्नो सिधान्तबाट बिचलित भयकाछैनन्।
१८८१मा पत्नी बियोगको सामना गरेका मार्क्सले सन१८८३कोमार्च १४मा यो संसारबाट उन्को भौतिक सरिरले बिदालिएको थियो।तर पनि आज दुनियांभरीमा उन्को दर्शन जिवितछ र यो अजयछ।उन्का दुइवटा छोरा बाल्यकालमै निधन भयो गिडो एक बर्षको र एडगार नौ बर्षको छंदा मरे।
तिनौटी छोरीहरू मध्य एउटी बितिन उन्ले कोटको कात्रो बनाएर आफ्नो छोरालाई बिदाई गर्नुपरेको मार्मिक शब्दहरूले कस्को हृदय नछोला।माथिको लेख बाट हामिले देख्यौँ कसले गरिब श्रमजिविको मुक्तिका लागि आफ्नो सबथोक त्यागे भने आज उनै गरिव जनताहरूले आ आफ्नो स्वार्थमा मार्क्सको त्यागको अबमुल्यान गर्दैछन।यो छोंटो लेखमा मार्क्सको जिवन गाथा समेट्न सकिदैन सटिक रूपमा भयपनि उन्को सम्मानमा केही शब्द कोरेकोछुँ।
भोली संसारका थुप्रै अवसरबादी समेतले फुलमाला र अविर लगाएर लामू भाषन दिएर २०५औं मार्क्सको जनम जैन्ति पनि मनाउँनेनैछन।तर सच्चा क्रान्तिकारीहरूले मार्क्सको जिवन दर्शन बाट शिक्षा लिएर अगाडी बढ्नेछन भन्ने हामिले कामना गर्छौ।

चर्चामा

सम्बन्धित समाचार