शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • जनता र देशले के पायो के गुमायो?

जनता र देशले के पायो के गुमायो?

  • सोमवार, बैशाख १२, २०७९
जनता र देशले के पायो के गुमायो?

सुरेशकुमार पान्डे — बहुदली प्रजातन्त्र को आज १६बर्ष पुरा भयो।करीब आठ नौ बर्ष हामिलाई सम्बिधान बनाउँन लाग्यो।२०६२/६३को १९दिने जन आन्दोलन फ्यांकेको राज तन्त्र पछिका करिब१६बर्षको लेखो जोखो गर्दा हामिले के पायौं के गुमायौं यसबारे बिस्रितरूपमा छलफलको खांचोछ।यसबारेमा बिभिन्न बुद्धीजीवीहरूले बिस्तारपुर्वक प्रकास प्रानुहुनेनैछ मैले शंक्षिप्त रूपमा भन्नु प्रदा हामिले पाएको भन्दा गुमाएको बढी देखिन्छ।
हुँन त जनताले बोल्न पाएकोछ नेताहरूले सत्ता शक्ति र पैसाको बलमा जेपनि गर्न सकेकेकाछन।एकले आर्कालाई गालि गर्ने हिलो छ्याप्ने आदी जस्को शक्ति उसैको भक्ती हुंदै आएकोछ।हिंजो देश बिदेशमा चन्दा काटेर जिविका धानेका हात्तिछापहरू आज चिल्ला कारमा गुडेकाछन देश बिदेश उडेकाछन उनिहरूको लागि त सांच्चैभन्दा समाजवाद आएकैछ।
तर मुख्य बिषय देश र जनताको हकमा भन्नुपर्दा अलि गम्भिरर भएर जन आन्दोलन पछिको छ बर्षमा देशले एउटा अपुरो अधुरो सम्बिधान निर्माण गर्न सफल भयो।त्यो सम्बिधान अपुरो अधुरो किन भयो त्यसबारे सटिक छलफलको बिषय त छंदैछ तर उपलब्दीलाई भन्नु प्रदा देशले अहिले सम्मको राम्रो सम्बिधान निर्माण गर्न सफल पनि भयो ति मध्य मुख्य रूपमा गणतान्त्रिक ब्यस्था धर्म निरपक्षियता हुन।गणतान्त्रीक ब्यबस्था नेपालीहरूको लागी सयौं बर्षको मागहो भने धर्म निर्पक्षिता सर्वधर्मिक सर्भाषिकहरूलाई दिएको सम्मान हो।हाम्रो देश बहु भाषिक र बुहुजातियछ त्यसकारणले सबै जातको धर्मलाई गरिएको सम्मान ऐतिहाशिकरूपमै शही हो।
तर सम्बिधानले ल्यायको यो अधिकारलाई छिमेकी बाट निरासजनक देखापर्यो।छिमेकीले मधेसी जनतालाई उक्साएर बिफल गर्ने प्रयात्न हुंदै आएकोछ र कथित हिन्दु धर्मको प्रचार गरेर देशलाई पुनः प्रतिगमन तर्फ डोराउँने प्रयात्न पनि हुँदै आएकोछ।
सम्बिधानको सबैभन्दा कम्जोर पक्ष भनेको देशमा ल्याइएको संगियताहो यो देशको लागि घातक त छंदैछ देशका जनताको लागी पनि यो पृथकवादी आन्दोलनलाई मलजल दिएर टेवा पुराउँने आधार पनि भएकोछ।संघियतालाई हामिले आफैमा खरब भनेका छैनौ तर नेपालको हकमा संघियता ठिकछैन भन्ने कुरा अहिले पनि पुष्टी भैसकेकोछ।देशमा आठौटा सरकार नौवटा संसद र ८८६जनाको संसद त्यही अनुपातमा मन्त्रीहरू क्रमचारी आर्थिक मारमा देश परेकोछ।सरकारले बिदेशीको इसारामा देशलाई लगातार रिणमा पारेर सखाफ पर्दै लगेकाछन।जनताको कांधमा रिणको भार आएकोछ देशको अर्थतन्त्र डाबाडोल हुंदै गएकोछ।देश बाट संघियता खारेज गर्नै पर्ने अबस्थाछ भन्नेकुरा बारमबार पुष्टी हुंदै आएकोछ।
देशको सम्बिधानमा उल्लेख गरिएनुसार देशलाई समावेसी र समाजवाद तिर अनमुख भनेर लेखिएको पनि ब्यबहारिकछैन किन भने हाम्रो देशमा अहिले पनि नौलो जनवादी आन्दोलनको माग जीवीतनैछ नौलो जनवादी ब्यबस्था बिन समाजवाद अन्मुख कसरी सम्भवछ?मानि देंउ पुंजीवादी क्रान्तिका लागी आर्थिक उत्पादन त आधार भुत बिषयहो।देश अहिले पनि अर्ध सामन्ती र अर्ध उपनेवेसिकछ यो अबस्थामा सम्बिधानमा त्यो सब्द बिरोधाभाषनै लाग्छ।देशलाई सात प्रदेशमा बिभाजित गरेर जुन ठाउँहरूलाई नगर पालिका उप महानगर पालिका घोषित गरिएकोछ त्यो जनता सँग गरेको उपहाशनै हो।उप महानगर पालिकामा एउटा नागरिक अस्पत्ताल समेत छैन नाम बदलेर मात्रै बिकास हुंदैन बिकासको लागी ब्यबस्थाले प्रयात्न गर्नु पर्दछ।तुहिन बाट झुण्डेर बिध्यार्थिहरू स्कुल गएको हामिले देखि रहेकाछौं एउटा पुल समेत निर्माण गर्न सक्ने क्षामता क्षैन तर देशलाई संघियतामा जबर्जस्ती लतार्दैछौँ।देशमा आधारभूत बस्तुहरू सबै बिदेशभाट आयात गर्नुपर्छ यो देशको दारूण तस्विरहो।
अहिले पनि हाम्रो सामाजिक अबस्था रूढीवादी र सामन्ति प्रकारकोछ जातिय बिभेद आजपनि जताततैछ लैंगिय उत्पिडित उस्तैछ।एउटा छाउगोठ ढाल्न नसक्नेहरू मेर उपमेर बनेर समाजलाई नैतिकताको पाठ सिकाउँछन।
यावत बिषयले सम्बिधानमा उल्लेखित समावेसी र समाजवाद अनमुख शब्दलाई उपहास गरेकोछ।
हाम्रो देशमा राणाहरूले खुब ऐयासी पुर्ण १०४बर्ष बिताए राजाले उस्तै प्रकारले तिन चार दशक बिताए।उनिहरू बाट पिडित जनताको लागी बनेको सम्बिधानले उनै पिडित पक्षलाई उपक्षा गरेकोछ तर पनि गणतान्त्रिक धर्म निरपक्षियता अगालेर देशले एउटा अधुरो भएपनि राम्रो सम्बिधानको निर्माण गर्न सफल भएकोछ।
अहिले पहिले भन्दा बिदेशीहरूको चलखेल बढिछ देशमा बिदेशी का दलालहरूको ब्यापकताछ।अमेरिकी साम्राज्यावादको देशमा मौजुदगी राष्टघाती एम सीसीको आगमनले देशको स्वतन्त्रतामाथी तरवार तेर्छाएकोछ।
अहिलेको अबस्था जनताले आफ्नो रगतको खोलो बगाएर हजारौं हजार शहिदले दिलाएको त्यो गणतन्त्रलाई प्रतिगामीहरू बाट खतरा प्रवलछ।
वास्तबिक अर्थमा प्रतिगमन देशको गणतान्त्रीक ब्यबस्था र धर्मनिरपक्षियता माथी तलवार बनेर झुण्डिएको अबस्थामा आज थुप्रै प्रजातन्त्रको वकालत गर्दै दिवशहरूमा ओपचारिकता पुरागर्लान तर अहिले पनि जनता र देशलाई प्रजातन्को अनुभुती हुन सकेकोछैन।अहिले शहिदको रगत सुकि नसक्दै सम्बिधानले दिएको जनाधिकार संस्थागत हुंन नसक्दै देशमा प्रतिगनको खतरा आएकोछ।हामिले देशमा आएको यो प्रतिगमनलाई रोक्न गणतान्त्रीक शक्तिलाई विजय गराउँन अहिलेको तत्कालिन कार्यभार हाम्रो कांधमा आएकोछ।
त्यसैले हामि वे हिजकिच गणतन्त्रबादी शक्तिहरूलाई मतदान गरेर विजय गराउँन हामि सबैले अपिल र आवहान गर्दछौंँ।

चर्चामा

सम्बन्धित समाचार