शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • भ्रष्टचार कहांबाट सञ्चालितछ?

भ्रष्टचार कहांबाट सञ्चालितछ?

  • शनिबार, बैशाख १०, २०७९
भ्रष्टचार कहांबाट सञ्चालितछ?

सुरेशकुमार पान्डे — हामी सबैको चाहाना शुन्दर समाज भ्रष्टचार मुक्त प्रशासन शान्ति सु ब्यबस्था अमन चयन हो!
त्यो सबैलाई थाहाछ तर त्यस्तो समाज कसरी बन्छ त्यसबारे हामि मध्यका धेरैलाई थाहाछैन होला।
आउँनुस आज त्यसैको बारेमा छलफल गरौं!
अहिले चुनाव आएको वेला मिडियाहरूमा नेतालाई भोट माग्दा लखटेको देखाउँछौ कसैले मिहेनत गरेर अपेरा निर्माण गरे कसैले हेरे तालि बजाए हांसो ठट्टा सम्झिएर बिर्षिए।त्यो भन्दा पनि अहिले बुझ्नै पर्नेकुरा केहो भने के नेता एक्लै भ्रष्टचारी हो?त्यसमा हाम्रो कत्ति लगानीछैन?त्यसबारे निदार खुम्चाएर अलिवेर छातिमा हात राखेर सोंचौं त?आखीर भ्रष्टचारको जरो कहांछ?हुंन त देशभित्र अरू ठुलाठुला तस्कर कालोबजारी पनि छंदैछ तर पनि देशको हितमा हामिले ससाना भ्रष्टचारलाई पनि अनदेखि गर्नुहुंदैन।
अहिले स्थानिय चुनाव आएको वेलामा बुझ्नै पर्ने कुराहरू
जनप्रतिनिधि भनेको के हो?जनताले चुनेर पठाएको जन प्रतिनिधिहो।जनताले प्रतिनिधि छान्दा कस्तो छान्दछन निस्वार्थ देश जनताको हितमा काम गर्न सक्छ भनेर वा गाउँको ठालुले भन्यो भनेर,वा मेरा आफन्ति रिसाउँछन भनेर वा मलाई केही रिन सापट दिएकोछ भनेर,वा दुइ चार दिन मदिरा र मासु भात ख्वायो भनेर वा आफ्नो कुनै स्वार्थमा मतदान गर्छौं भने त्यो जनप्रतिनिधि कस्तो होला?त्यो पक्कै पनि भ्रष्ट हुन्छ अनि भ्रष्टचारको मूल जरो कहां रहिछ त?हामि भित्रनै रहिछ भन्ने हामिले थाहा पायौं।
हामिले आफ्नो क्षाणिक लोभमा बिकेर मतदान गर्छौं भने हामी बोल्न सक्दैनौ त्यसको फाइदा उठाएर यिनै जननेता भनिनेहरूले हाम्रो देश र देशको समपत्ति गहुँमा लागेको घुन जस्तै बिस्तारै भित्रभित्रै खाएर सक्नेछन।यसको साथै
हामीले प्लाटिंको खेलो गरेकाछौं भने पनि हामि भ्रष्टचारीनैहौं,ठेकेदारी गरेकाछौं त्यो पनि एकप्रकारको भ्रष्टचारीहो,कुनैकामको लागी दलालि गर्छौं त्यो पनि भ्रष्टचारीहो।भनाईको मतलब आफुले परिश्रम नगरेर कमाएको धन भ्रष्टचार मुक्त हुन सक्दैन्।
तपांई कपडा लगायतको कुनै ब्यपारी हो हजूरले निर्धारित मूल्य भन्दा बढि रकम लिनुभयो भने त्यो पनि भ्रष्टचारनैहो।
अरूलाई शोषण गर्ने प्रत्येक ब्याक्ति भ्रष्टचारी हुन्छ।तपांई ले जमिन किन्नु हुन्छ घटाएर पास गर्नु हुन्छ र राज्यस्व छल्नु हुन्छ त्यो पनि भ्रष्टचारीहो।हामिले यावत यस्ता गलत काम नगरौं त भ्रष्टचार देशबाट खतम हुन्छ।एउटा यिमानदार ब्यक्तिले भ्रष्टचार गर्दैन भने भ्रष्ट प्रसाशन पनि उस्को अगाडी थरथरी हुन्छ किन की प्रसाशन पनि त ब्याक्तिहरू बाटै सञ्चालीत हुन्छन।
एउटा क्रमचारीले आफ्नो तलवमा परिवार पाल्न सक्छ तर एउटा भ्रष्टचारीले आफुले दश रूपिंया कमाउँन देशको दश लाख नोक्सान गरेको हुन्छ त्यसकारण देश गरिव हुन्छ।त्यसको असर पुरा समाजलाई पर्छ प्रत्येक घरमा पर्छ।
अहिले सम्मको भ्रष्टचार देशको राज्यस्वमा बढी छल हुनाले भयकोछ।जती यि भूमाफिया प्लाटिंको खेल गर्नेहरू बाट सरकारलाई चुना लाग्छ अरू बाट कम लागेको हुन्छ।राज्यस्वमा छल गरेर अकुत समप्ति कमाउँनेहरूको जांच गरेपछि यिनिहरूलाई केरकार पारेपछि यिनि आफैले भन्छन कुन खेत कतिमा किने र कतिमा बेचे त्यसको राज्यस्व उनिहरूले आपसमा मिलेर कति खाए।
हामि तपांई ले भ्रष्टचार भन्छौँ हाम्रै बिचमा भ्रष्टचारीहरू चौडा छाति गरेर घुमेकाछन तिन्लाई हामिले चिनेकाछौं तर पनि भन्न सक्दैनौं।भ्रष्टचारीको बिरोध गर्छौं हाम्रै बिचको साथिले भ्रष्टचार गरेको हामिले चिन्न सक्दैनौं।
देशको राज्यस्वमा दिन प्रतिदिन घाटा हुंदै गयकोछ भाइर कारोबार भयकोछ प्रशाशन मौनछ त्यो किन भने सबैलाई यहि शाङ्गले भ्रष्टचारले जक्डेकोछ।एउटा किसानले एक क्वाइन्टल गोलभेंडा उत्तपादन गर्दा कति परिश्रम लाग्छ त्यो बजारमा बिक्रिगर्दा आफ्नो लागत असूल हुँदैन तरपनि उ ख़ुसिभर जान्छ।आड्तीले त्यो आलूको मूल्य बाट दशगुना जनताको जेव काट्छ त्यो पनि भ्रष्टचारहो।
सरकारले निर्धारित समर्थन मूल्य नतोक्नु पनि सरकारको कम्जोर पक्षहो त्यसबाट फाइदा लिनेहरूको जो मनोमानि हुन्छ त्यो भ्रष्टचारको जननीहो।बसले यात्रुलाई टिकट नदिने र पैसालिनेमा पनि उनिहरूको भ्रष्टचार लुकेकोछ।त्यो सरकारको कम्जोरीले गर्दा यसको मार सर्वसाधारण जनतामा परेको हुन्छ।हामीले हेलचाक्री गरेर दिएको अमूल्य मतले गर्दा भ्रटचार फुलेको फलेको हुन्छ त्यसबारे हामि सबैले गम्भिर हुनुपर्छ।
आफ्नो होइन देशकोलागी नेता छानौ इमानदार जवाफदेही भ्रष्टचार रहित आफ्नो देश बनाउँ यो तपाँई हाम्रो हातमाछ।अहिलेको यो समयमा अनपढ केही नबुझेका लगभग कोही छैनौ आ आफ्नो विवेको प्रयोग गरौं र यि भ्रष्टचारीहरूलाई किनारा लगाउँ।

चर्चामा

सम्बन्धित समाचार