शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अजिंगरको काखमा बसेर आफुलाई शुरक्षित न सम्झौं

अजिंगरको काखमा बसेर आफुलाई शुरक्षित न सम्झौं

  • शनिबार, चैत्र १२, २०७८
अजिंगरको काखमा बसेर आफुलाई शुरक्षित न सम्झौं

सुरेशकुमार पान्डे — नेपालमा चीनका बिदेश मन्त्रीको भ्रमाण र नेपालका प्रधान मन्त्रीको दिल्लि भ्रमणले अहिलेको यो जटिल परिस्थितिमा महत्वपुर्ण अर्थ राख्छ।वास्तबिक रूपमा ठुला र धनी देशहरूले आफ्नो शक्ति देखाएर आफु भन्दा कम्जोर देशहरूलाई आफ्नो अधिनमा राख्ने प्रयात्न गर्दै आएकाछन।चीनले पनि साम्राज्याबादी प्रतिसप्रधालाई अंगाल्दै आएकोले त्यो विस्वको शक्तिशाली बन्ने होडमानैछ।तर हाम्रा लागि चीन र भारत स्गको मित्रताले ठुलो महत्व राख्दछ।अहिलेको अबस्थामा हाम्रो थोरै वेलेन्श बिग्रियो भने त्यो वेला हामिलाई त्यसको खामियाजा भुक्तान गर्नैपर्छ त्यो देशका लागि शुभ संकेत भने होईन।
अहिले हाम्रो देशले त्यही भुल गरेको पनिछ।अहिले असलंगन परराष्ट्र नीतिका बाबजुद एम सीसीलाई नेपालको संसदले पारित गरिसकेको अबस्थाछ आर्कोतिर रूस र युक्रेन बिच घम्मसान चलिरहेको अबस्थामा चीनका बिदेश मन्त्री भारत र नेपालको समेत भ्रमण गरेकाछन।
अहिलेको अबस्थामा हाम्रा लागि चीन सँगको मित्रताले ऐतिहाशिक महत्व राख्दछ।तर देशभित्रको सरकारकार भारतको हितमा सधै उपयोग हुंदै आएको शेर भबादुर देउपाको भ्रमण भनेको छिमेकीको दलाली गर्ने र आफ्नो सत्तालाई जोगाउँने छिमेकीको आसिर्वाद प्राप्त गर्नुनै हुनेछ।उनि देशमा यो भन्दा पहिलेपनि पांच पल्ट देशको प्रधान मन्त्री बनिसकेकाछन।उनि कति पानीमा छन भन्ने कुरा छिमेकीले बुझिसकेको पनिछ।
अहिलेको यो जटिल राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थितिमा धेरै सोंचेर बिचार गरेर मात्रै पाइला सार्नुपर्छ भन्ने कुरा चीन र भारत दुबै देश परिचितछन तर हाम्रा नेताहरू सँग कुटनैतिक फार्मुलाको सधैभरी कमि रहिरहन्छ वा छिमेकी संग सोधेर वा छिमेकीले भनेअनुसार उनिहरूले पाइला चाल्दछन।
विस्वको महाशक्तिसाली देश अमेरिकी साम्राज्यवाद र रूसी साम्राज्यवादको चपेटमा पारेर युक्रेनका निर्दोश जनताहरूमाथी अमानविय तरिकाले आकारमण हुंदै आएकोछ।साम्राज्यवादको यस्तो ब्यबहार देख्दा देख्दै पनि हाम्रो देशले सबक सिक्न सकिन।
अहिले युक्रेन हमलाको बिरोधमा नेपाल लगायतका अरू स-साना देशहरू अगाडी सर्नुपर्छ खास गरेर नेपाल जस्ता देशहरूले यो युक्रेनमाथिको हमलाको बिरोध गर्नुपर्दछ।
रूसले अंझै आणविक हथियारको स्तिमाल गर्न सक्ने चेतवानी पनि दिंदै आएकोछ।उनिहरूको यो लडाई युक्रेनलाई नाटोमा लतार्ने निहुंमा भएको समाचारहरू आएकाछन।वास्तबिक रूपमा रसियाको एउटा अंगको रूपमा रहंदै आएको युक्रेन शोभियत रूस बाट अलग भएर स्वतन्त्र राष्ट्रको रूपमा रहंदै आएकोछ।अहिले रूसले जसरी युक्रेनमाथी हमलागय्रो यो एक प्रकारको दादागिरीनै हो तर त्यो भन्दा डरलाग्दो बिषय के होभने अमेरिकाले मद्तको नाउमा युक्रेनलाई मच्चाएर झनपछि झन युद्धलाई प्रोत्वसान गर्दैछ।भाई भाईको झग्डामा अमेरिकी साम्राज्यवादले फाइदा उठाउंनेछ।नोक्सान युक्रेनको नै हुंदै आएकोछ।अमेरिकी साम्राज्यवाद आफै संसारको महाशक्ति बनिरहन यस्ता अनेकौ घट्नाहरू लाई अंजाम दिंनेछ।
युक्रेनका जनताहरूले जुन दर्दनाक अबस्थाको सामना गर्नु परिरहेकोछ त्यो साम्राज्यवादीहरूको साना देशहरूमाथी गर्ने ब्रबर दमनको पराकाष्टनै हो।
युक्रेन पुर्वी युरोप स्थित एउटा देशहो यहाँको सिमा पूर्वमा रुस र उत्तरमा वेला रूस,पौलेण्ड र स्लोवाकिया लाग्छ।पश्चिममा हंगेरी र दक्षिण पश्मिममा रोमानिया र माल्दोवा लाग्छ भने दक्षिणमा कालो सागर र अजोव सागर सँग मिल्छ।देशको राजधानी हुंदाहुंदै सबैभन्दा ठुलो सहरपनि किवहो भनेर भन्निन्छ।अहिले किव सहरमा भयको क्षेति भबिश्यमा पुर्तिहुन सक्नेछैन।
युक्रेनको आधुनिक इतिहाश ९वी सताब्दिमा त्यो वेला देखी सुरूहुन्छ जव यो किवीयन रूसको नाम बाट ठुलो र शक्तिशाली भएर चिनिन्थ्यो।तर १२वीं सताब्दिमा भयको त्यो महान उत्तरी लडाई पछि यो क्षेत्रिय शक्तिमा बिभाजित भएको थियो।१९ वी सताब्दिमा यसको ठुलो हिस्सा रूसमा र बांकिको भाग आष्ट्रो- हंगेरीयन नियन्तरणमा गयो।बिचको समयमा कयौं उथलपुथल पछि १९२२मा शोभियत संघको संस्थापक सदस्य मध्यको एउटा यो देश पनि बन्यो।सन१९४५मा युक्रेनियाई एस एस आर शयुंक्त राष्ट्र संघका सह संस्थापक सदस्य राष्ट्र बन्यो।पछि शोभियत संघको बिघटन पछि यो एउटा स्वतन्त्र राष्ट बन्यो।
क्षेत्रफल६०३६२८वर्ग किमि.लगभगछ।जन संख्या ४८४५७१०२(सन२०२१को जनगणना अनुसार)
युक्रेनलाई अहिले रूसको जसरी आकारमणको सामना गर्नुपरेकोछ यो न त पहिलोहो न यो अन्तिमहो बरू साम्राज्यबादी शक्तिशालि देशहरूले गर्दै आएको कालोक्रतुतको आर्को कडिहो।यो भन्दा पहिले अमेरिकी साम्राज्यवादले अफगानिस्तान इरान, इराक लगायतका कयौं देशहरूमा हमला गर्दै आएकोछ र यो सिलसिला जारीछ।
छिमेकीको नाताले बिस्तारै आफ्नो आघोसमा लिएर अतिक्रमण गर्दै आउंनु र रूसले अहिले युक्रेनमा एक्कासी हम्ला गर्नु वा बिगतमा भारतले पाकिस्तान माथि हम्ला गर्नु आदि ब्यबहारले के बताउंछ भने साना तिना स्वतन्त्र रूपमा रहंदै आएका देशहरूलाई कुनैन कुनै बहानामा आकारमण गर्ने र त्यो देशको सार्भौम सत्तामा कटपुत्लि सरकारको स्थापना गरेर आफ्नो स्वार्थ पुरागर्ने साम्राज्यवादको योजनानै हुंदै आएकोछ।एक पछि आर्को देशमा कुनैन कुनै बहानाले आकारमण गर्ने त्यो देशको शिक्षा वा भाषा रहन सहन र सांस्कृतिकमाथि हमला गर्ने,आर्थिक अबस्थाको टाट पल्टाउँन अनेकौं शड्यन्त्र रचने कृयाकलापले भोलीका दिनहरूमा हाम्रो देश पनि युक्रेन जस्तै हुनसक्ने आधार बन्दै गयकोछ।अहिले पनि एम सीसी पारित भयपछि झनै अशुरक्षित अबस्थामा आएकोछ।
एका तिर देशका जनताको कुरा नसुनेर बिदेशको दलाली गर्ने सरकारको हातमा सत्ता जानेगर्छ आर्को तिर देशको अर्थतन्त्रलाई पंगु बनाईन्छ र शिक्षालाई अपाङ्ग बनाइन्छ र देशलाई परनिर्भर्ताको झांतोमा पिसिन्छ।यो राष्ट्रियताको करूण अबस्थामा झनपछि झन खतरालाई बल मिल्छ वा बिदेशीहरू भित्रिने र रणक्षेत्र भन्ने आधार तैयार हुन्छ।
अहिले श्रिलङ्का, भूटान र नेपालको अबस्थालाई हेर्दा अजिंगर को काखमा बसेर आफुलाई शुरक्षित महेशुर्ष गर्नु जस्तै भयकोछ।

चर्चामा

सम्बन्धित समाचार