बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • आठौं सम्मेलनले दिएको जिम्मा!

आठौं सम्मेलनले दिएको जिम्मा!

  • बिहिबार, फाल्गुन १९, २०७८
आठौं सम्मेलनले दिएको जिम्मा!

सुरेशकुमार पान्डे — भारतस्तित नेपालीहरूको शाझा सँगठनको रूपमा परिचित मूलप्रवाह अखिल भार नेपाली एकता समाजले आफ्नो आठौं सम्मेलन भारतको राजधानी क्षेत्र फरिदाबादमा सम्पन्न गरेकोछ।
सम्मेलन सब्य र भब्यरूपमा सुसम्पन्न गरेर भारतभरी बाट आएका श्रमजीवी नेपालीहरू आ-आफ्नो स्थानका लागी रवाना हुनुभयो।
अखिल भारत नेपाली एकता समाजको ७नोभेम्बर सन१९७९मा बनारसमा गठन भयो त्यो गठनकालपछि बिभिन्न उताराचडाव पछि लगातार एक देखि अहिले आठौं सम्मेलन सफल गरेकोछ।अहिले मूलप्रवहा मा संस्थापक मध्यका कुनै साथि रहनु भएकोछैन कतिपय संस्थाप त हाम्रो बिचमा जिवित पनि हुँनुहुदैन केही साथिहरू जीवीत भएपनि हामि बाट टाडा हुनुहुन्छ तरपनि उँहाहरू हाम्रा लागि सम्मानिएनै हुनुहुन्छ।
सम्मेलनले भारतस्थित नेपालीहरूको लागि हक हित र रक्षा शुरक्षा लगायत आफु बसेको ठाउँबाट मतदान र प्रतिनिधित्वको माग गर्दै आएकोछ।हामिले एमसीसीको खारेजीको माग प्रमुख रूपमा उठाएका थियौं तर त्यो सम्मेलनकै दौरानमा एमसीसी टेबुल र पारित भैसकेकोछ।””गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं,भारतस्थित प्रवासी नेपालीहरूको मताधिकार एंव समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गरौं”भन्ने मूलनाराका साथ सम्मेलन समपन्न भैसकेकोछ।
अहिले देशको अबस्था नुसारको संगठनले आफ्नो कार्ययोजना तजुर्मा गरेर काम गर्दै जाने निर्णय भयकोछ हाम्रो यो संगठनक बाट शिक्षालिएर गएकाहरू अहिले पनि देशभित्र असंख्यछन।
संगठनले संगठित गरेर तैयार पारेका कयौं नेताहरू अवसरबादी र क्यारिरिष्ट पनि भए।भारतमा नेपाली श्रमजीवी बर्गबाट तैयार पारिएका कयौं कार्यक्रताहरू क्रान्तिकारी पनि भएकाछन।कयौं अन्य देशमा ग एर पुनःसंगठित भएकाछन त्यसैले गर्दा अहिले अन्तरराष्ट्रिय नेपाली एकता समाज पनि हाम्रो बिचमा कृयासिलछ।
मूलप्रवाह अखिल भारत नेपाली एकता समाज एउटा सामाजिक संगठन हो तर पनि सामाजिक कामको साथमा संगठनले राष्ट्रियता जनतन्त्र र जनजीवीकाको पक्षमा आफ्नो स्थापना काल देखि संघर्श गर्दै आएकोछ र संसारभरीमा मुक्तिकामी जनताहरू सँग एक्याबद्धता गर्दै आएकोछ।
यद्मापी संगठनलाई वेला वेलामा संगठनकै भित्रबाट संगठनमै हुर्किएका कयौं अवसरबादीहरूले गुट बनाएर वा दुश्मनहरू सँग मिलेर वा कुनै प्रलोभनमा आएर तहस नहस गर्ने प्रयात्न गर्दै पनि आएकाछन।अवसरबादीहरूलाई चिन्न अलि कठिन हुँदोरहेछ यो संगठनमा कामगर्दै जांदाको एउटा अनुभवपनिहो। उनिहरूलाई झ्यास्सै चिन्न नसक्दा सगठनले समय समयमा नोक्सान ब्यहोर्नु परेको कुरा कसैबाट लुकेकोछैन।कुन ब्याक्ती कुनवेला बिचलित हुन्छ भनेर ठ्याक्कै भन्न नहकेता पनि उनिहरूको वेलाबखतको ब्यबहारले सङ्केत भने गरेकै हुँन्छ।
आफ्नो स्थापनाकाल देखि संगठनले यस्ता समस्याहरूको सामना गर्दै आएकोछ।सन१९७९र ८२को सम्मेलन सम्मको प्रेडमा पनि संगठन मा कयौं अवसरबादीहरू देखा परेकाथिए।
पहिलो सम्मेलनपछि संगठनको बिकासमा ब्यापकता आयो।तर द्रोस्रो अखिल भारत सम्मेलनको संघारमा संगठन लगभग दुई फ्याक भयो तर हामितिर संगठनको बहुमत रहेकोले संगठनको मूलधारलाई जोगाउँन हामी सफल भयौं।त्यो वेला सम्म हामीले संगठनलाई बिशुद्ध सामाजिक संगठन ठानेका थियौं त्यो वेला सिपि गजूरेल(विजय शर्म)को फुटप्रस्त नीति राजनीति सँग प्रेरेरित देखिएपछि हामिलाई बल्ल हाम्रो संगठनलाई राजनीति सँग जोडेर हेर्न थालियो।
त्यो सम्मेलपछि तेस्रो सम्मेलन सम्म संगठन बलियो बन्दैगयो तर कानपुरको तेस्रो सम्मेलन पछि कतिपय अवसरबादीहरूले संगठन छाडेर भागे।त्यसपछि चौथो सम्मेलन बाट निर्वाचित अध्यक्ष लिलानाथ कुसुम समेत केहि समय सम्म निस्कृय्र रहनुभयो।यद्मापि उँहा पछि फर्केर संगठनको काम ईमानदारी पुर्वक गर्नुभयो आज उँहा पनि हाम्रो बिचमा हुनुहुन्न।उंहाले संगठनलाई दिएको योगदानभने अमिटछ।
त्यो सम्मेलन पछि हाम्रो संगठनलाई सखाफ पार्ने अभियाननै चल्यो त्यो वेला नेपालमा चलेको माओबादीहरूको कथित जनयुद्धले गर्दा त्यसको भ्रम कतिपय कार्यक्रताहरूलाई नपरेको त होईन तर हाम्रो संगठनको लोह अनुसाशनले गर्दा संगठनका नेताहरूको कार्यक्रताको शुझबुझले संगठनको नाममा थोरै शब्द “मूलप्रवाह”थपेर संगठनलाई प्रने भ्रमबाट मुक्त गरिएको थियो।त्यो वेला माओवादीहरूले अखिलभारत नेपाली एकता समाज नाम राखेर जनतालाई भर्म पार्न सफलपनि भएकाथिए र भारतिय प्रसाशनले हाम्रो पत्रिका नेपाली समाचार माथि रोक लगाएको थियो। त्यसपछि हामिले “मूलप्रवाह” मासिक बुलेटीन दर्ता गराएर प्रकासनको काम अंघी बढाएका थियौं।
तर भित्रभित्रै पांचौ म्मेलन बाट जिम्मालिएका कयौं नेताहरूको भित्रि शड्यन्त्रले गर्दा छैठौं सम्मेलनको संघारमा पुग्दा नपुग्दै उनिहरूको ब्यबहार गुटमा परिणित भयो जस्को परिणाम छैठौं सम्मेलन पछि कयौं नेताहरूले संगठनलाई कब्जा जमाउँने प्रयात्न समेत गरे।उनिहरूले हैद्रावादको शिकन्द्राबादमा भयको पांचौ सम्मेलन बाट निकालीएको मासिक बूलेटिन”मूलप्रवाह”समेतलाई आफुले कब्जागरे र उनिहरूले संगठनलाई पुरै सखाफ पार्ने काम गरेकाथिए।साथिहरूको सुझबुझले गर्दा संगठनको कार्यलयहरू जोगिएका हुन।
त्यसपछि संगठनलाई ब्यबस्थित गर्नेकाम का.मित्रलाल शर्माले गर्नुभयो।हुनता यो संगठनलाई सहयोग लाखौं जनता र हजारौं हजार इमानदार कार्यक्रताले आर्थिक नैतिक र भौतिक सहयोग गरेर जोगाउँदै आएकोछ तरपनि यदि नेतृत्वमा गलत मान्छे पुग्छ भने संगठनलाई ठुलो नोक्सान पुग्छ।यदि मित्रलाल ज्युले संगठनलाई नसम्भालेको भए संगठनको अबस्था अर्कै हुनेथियो भन्नेकुरा कसैले पनि लुकाएर लुक्दैन।
फरिदाबादमा भएको छैठौं सम्मेलनले हामिलाई ठुलो शिक्षा पनि दियो हुन त सबै सम्मेलनहरूको ऐतिहाशिक महत्व हुनेगर्छ।संगठनमा इमानदार कार्यक्रता र शुभ चिन्तक सचेत रहँदा सम्म संगठनलाई कसैलेपनि सखाफ पार्ने दुशसहाश नगरे हुन्छ।
अहिले पनि लखनौको सातौं सम्मेलनको पछि कतिपय साथिहरूले संगठनलाई टुक्रापारेर छुट्टै समनबय समीति निर्माण गर्नुभयकोछ।यस्तो भिषण परिस्थितिमा पनि मूलप्रवाहको संगठन अहिले आठौं सम्मेलन भब्य र सब्य रूपमा समपन्न भयो।
समेलनमा थुप्रै कार्यक्रताहरूको जोसिलोपनले संगठनमा उर्जा थपेकोछ।भारतका कुनाकुनाबाट बरिदाबादमा पुगेका हजारौंको संख्याले फेरी मूलप्रवाहको स्पृट छोपेको महेशुर्ष गराएकोछ।
निश्चित रूपमा संगठनको यो सम्मेलनलाई सफलपार्न थुप्रै कार्यक्रता नेता र आर्थिक सहयोग गरेर सम्मेलनलाई सहयोग गर्ने आदर्णिय जनताहरूको ठुलो र महत्वपूर्ण योगदान रहेकोछ।अब भारतको संगठनलाई बलियो बनाउँने बिकाश गर्ने र संगठनलाई सुदृढ पार्ने अनी भारतभरीका जनताहरूको शुरक्षागर्ने जिम्मा संगठनको नया बोर्डीलाई प्राप्त भएकोछ।
संगठनको बिकाश मात्र आदेशले हु्दैन संगठनको बिकाश जनताको बिचमा उनिहरू संग हातेमालो गरेर मात्र हुनसक्छ दुःख सुखमा भागलिएर मात्र संगठनको बिकाश हुनेछ।अर्को महत्वपुरण बिषय भनेको संगठनको बिचमा जन्मिरहने रोग अवसरबादलाई वेलैमा चिन्ने र निकोपार्ने नगरे संगठनलाई जिवित राख्न सकिदैन।संगठनलाई सैधान्तिक रूपमा बलियो बनाउँन समय समयमा संगठनमा आत्मोचना र आलोचनाको जो पद्धतिहो त्यसलाई आगाल्नुपर्दछ।संगठनभित्र लगातार जन्मिरहने अबसरबादलाई वेलैमा चिनेर उपचार नगर्नेहो भने फेरिपनि बिगत दौरिन सक्ने सम्भावना हुँन्छ।
संगठनले पेसेवर कार्यक्रता र नेताहरूको लागि तमाम सहयोग दिनुको साथै उनिहरूबाट हुने कम्जोर पक्षको पनि ध्यायन दिनुपर्छ।
नेताले शिधान्तलाई हेलचाक्री गर्छभने समझिनुस त्यो भित्र अव अवसरबादी बिचार जन्मिन थालेकोछ त्यो अबस्थामा हामिले त्यसको उपचार गर्नुपर्छ।संगठनका सदस्य समेतलाई संगठनको बिधान लागुहुन्छ र संगठनको नियमभित्र रहेर बेलाबखतमा सोरसल्हा दिने अधिकार हुन्छ।राजधानी जस्तो ठाउँमा रहेका नेताहरू अत्यान्तै सचग सचेत जुझारू त हुनैपर्छ तर उनिहरूको बिचारमा पनि संगठनको मायाँ आफ्नो भन्दा बढी हुनुपर्छ।सर्वहारा बिचारधारा बाट लैस भयका त्यागी नेताहरूमात्र बिचलित हुन सक्दैनन् संगठनको नीतिलाई पुनर्जिवित गर्ने बौधिक ब्याक्तित्व हुनुपर्छ संगठनको आधारभूत नीतिलाई परिमार्जित गर्नेखालका अवसरबादीहरूको हातमा कमान पुग्यो भने संगठनलाई ठुलो नोक्सान पुग्न सक्छ।
संगठनले लामू समय सम्म काम गरेका इमानदार सक्रिय नेता कार्यक्रताहरूको पनि सम्मान गर्नुपर्छ साथै बाल बालिकाहरूलाई नयां नयाँ खेल कूद वा रोचक कार्यक्रमको माध्यायमबाट आकार्सित गर्न सक्नुपर्छ।संगठनले नयाँ योजनाहरूलाई समय र टरिस्थिती सँग मेलखाने खालका अगाडी सार्न सक्नुपर्छ।अहिलेको यो आठौं अखिलभारत सम्मेलन बाट निर्वाचित हुनुभयका सबै मित्रहरूले संगठनलाई आफ्नो आमाजस्तो सम्झेर संगठनको रक्षागर्ने ,बिकास गर्नेकाम लाई सक्रियरूपमा हातेमालो गरेर अगाडी बढ्नुहोला भन्ने आसा भारतभरिका नेपालीले गरेकाछन।

चर्चामा

सम्बन्धित समाचार