शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • क्रान्ति गर्ने मनछ भने फुट्नु हुँदैन।

क्रान्ति गर्ने मनछ भने फुट्नु हुँदैन।

  • शनिबार, पुस १७, २०७८
क्रान्ति गर्ने मनछ भने फुट्नु हुँदैन।

सुरेशकुमार पान्डे — अहिले कतिपय साथिहरूले छिट्टै क्रान्ति गर्नुपर्छ नेकपा मसालले क्रान्तिकारी आन्दोलन अगाडि सार्न सकिन यो शुधारवादी भयो दक्षिण पन्थि भयो भन्दै अलग एउटा गुट बनाउँनु भयो।समानातरको संगठन निर्माण गर्ने अनि संगठनलाई फोर्ने र पार्टीलाई वार्गेनिङ गर्नेलाई के भन्नुपर्छ?पार्टी सँग आफ्नो मत भिन्दै हुनसक्छ मत भिन्दै छभन्दैमा अराजक प्रकारको गतिसिधि त गर्नु भैन।
हामि सबैले निदार खुम्चाएर सोंचौ के हामि फुटेर क्रान्ति हुनसक्छ?यो प्रश्नको उत्तर साथिहरूले आफु भित्रै खोज्नुपर्छ।साथि एउटा जीवीत संगठनमा थुप्रै प्रकारका बिचार आउँछन आउँनु पनि स्वभाविकहो।तर आफ्नो बिचार बहुमतले पारित गरेन भन्दैमा पार्टी संगठनलाई छाडेर जाने बाहिर आलोचना गर्ने अराजक कृयाकलाप हरू गर्ने गरेर के हामिले त्यो गनतब्य फेला पारौंला त जस्को लागि हामिले लामू समय सम्म दिन रात नभनि शंघर्ष गर्यौँ।
छातिमा हात राखेर सोंचौँ हाम्रो मकस्द केहो?यदि क्रान्तिकारी बिचार थोरै भयापनि हृदयमा र मनस्पटलमा छ भने हामिहरूले संगठनलाई टुक्राउँनु हुँदै हुँदैन।पार्टी भित्र आफ्नो राय बिचारलाई छलफल गर्न लगाउँ छलफल गरौँ पार्टीले कार्वाही गरेको बारेमा पनि ईमानदारी सँग सोंचौ मुल्यांकन गरौँ र आफै आत्मालोचना गरौँ के हामिलाई पार्टीले कार्वाही गर्नु गलतहो?हामिले पार्टीको प्रोप्रटी लाई कब्जा गर्न खोज्यौँ अनि पार्टीलाई भाईर बाट अनाप सनाप भन्यौ।
हामिले कस्तो पाल्टि खोजेकाछौँ?क्रान्तिकिरी कि अराजग प्रकारको ?यदि हामिले क्रान्तिकिरी पार्टी बनाउँनेहो भने त हामि क्रान्तिकिरी बाटो छोप्नै पर्छ।पार्टीले बाटो गलतनै छोपेको छ भने पनि बहुमतको निर्णयलाई मानेर भित्र आफ्नो बिचार राखौँ जथाभाबि बाहिर बोलेर क्रान्तिकारी हुनेभय त सबै अराजकलाई क्रान्तिकारी भन्नु पय्रो।
क्रान्तिकारी पार्टी निर्माण गर्ने हो भने गलती गरेकालाई कार्वाही पनि गर्नैपर्छ।कम्युनिष्ट पार्टी चाहिएको हो भने बहुमतको निर्णयलाई कार्यन्वयन गर्नैपर्छ।बहुमतको निर्णयलाई कार्य न्वयन नगर्नेहो भने कार्वाही हुन्छ।
कतिपय साथिहरूले भन्नु हुन्छ पार्टीले एक बर्ष भित्रमा बिशेष महाधिबेशन गर्नैपर्छ यदि पार्टीले बिशेष महाधि बेशन गर्दैन भने हामिले गर्छौ।त्यस्तो वार्गेनिङ गरेर कस्लाई धम्काउँनु हुन्छ कम्युनिष्टलाई ?हामि कँहा सम्म तल झरेकाछौं भन्ने कुरा साथिहरूको यो वार्गेनिङ सैलिले प्रष्टै पार्छ।केको लागि गर्ने बिशेष महाधिबेशन?आठौं महाधिबेशनको निर्णयलाई कार्यरूप दिने मन भय आत्माआलोचित भयर फर्किनुपर्छ।पार्टी के एकजना एम बि सिहँको मात्रैहो पार्टी भित्र हजारौ़ँ हजार कार्यक्रता शुभ चिन्तक सदस्यहरूछौँ।हामिले भन्छौँ साथिहरू कुण्ठालाई हामिले फौर सम्झिन्छौँ र फौरलाई राखिरहन हामिलाई कर पनि छैन।साथिहरू अब आएपछि आत्मलोचना गरेर फिर्ता आउँने र पार्टीले दिएको ठाउँमा बस्न सकिन्छ भने आउँनुस नत्र आजै महाधिवेशन गरेर जानुस कस्ले रोकेकोछ? हामिलाई आफ्नो बर्ष दिनको त्यो अल्टिमेटन वार्गेनिङ गर्नु पर्दैपर्दैन।
हामिले पहिले सोंचि रहेका थियौं केहि साथिहरू भ्रमबस जानुभयकोछ उँहाहरूलाई आफ्नो बिचार राख्ने ठाउँ दिनुपर्छ।साथिहरूको लामूसमय सम्म पार्टी संगठनलाई दिएको योगदानलाई बिर्शिनु हुँदैन।तर साथिहरूले पटक पटक आफ्ना लेखहरूमा हाम्रो बिन्रमताको नजायज फाईदा उठाएर एक बर्षको चेतवानी दिनु हुन्छ।मित्र पार्टीले आर्को महाअधिबेशन निश्चित समयमा गर्नेछ।त्यो बेला सम्मको लागि हामिले कुण्ठालाई पालेर राख्न सकिदैन बरू साथिहरू आत्मालोचना गरेर फर्किने हो भने ठाउँ छ अन्याथा यो पार्टी हजारौ हजार कार्यक्रताको रगत र पसिनामा निर्माण भएकोहो।दुईचार बर्ष झोला त अल्छिलेपनि बोक्छ।पार्टीका सक्रिय कामरेडहरूले त आजिवन आफ्नो पार्टीको लागि निस्वार्थ कामगर्दै आएकोहुन्छ।उस्ले पार्टिलाई यस्ता अराजक प्रकारका अल्टिमेटन दिंदैन।बरू आफुबाट के गलति भएको रैछ भनेर आत्मा शमिक्षा गर्छ।
कम्युनिष्ट पार्टी भनेको मालेमाको बिचारलाई पदप्रदर्क सिधान्त मानेर मात्र हुन्छ।बर्ग शंघर्षमा आस्था राख्ने हरूले अनुसाशन र गोपनेतामा आफुलाई राख्न सक्नुपर्छ।सकिदैन भने जाँहा जे गर्ने मन लाग्छ अथवा
आफ्नो मनमा जे जे लाग्यो त्यहि गर्ने हो भने त चुप्प लागेर बुजुर्वा पार्टी तिर सुंईकुच्चा लगाए त भैहाल्यो नि होईनर?किन कम्युनिष्ट भन्नु पय्रो आफुलाई।अंस्ति पनि त केहि मित्र क्रान्तिगर्न ए आमोवादीमा फड्को मार्नु भयकोछ।त्यँहि फड्को मारेर भैहाल्छ नि किन मसाल मसाल भनेर आफ्नो चाँदो ठोक्नुपय्रो?मसालको र मसालको नेतृत्वको यति जलन हुन्छ भने बलियो मसाल भन्दापनि राम्रो क्रान्तिकारी पार्टीको निर्माण गरेर देखाए त भैहाल्छ।अखबारमा लेख लेखेर क्रान्तिकारी भै हाल्ने भय बजारभरी क्रान्तिकारी किताब प्रसस्तै भेटिन्छन ति क्रान्तिकारी हुनेथिए।बाबुराम भट्टाराई, केसर जङ्ग राएमाझि का पनि थुप्रै लेखहरू बुक स्टोरहरूमा अंझैपनि पाईन्छन।उनिहरू जता गयपनि उनिहरूले जेजे गरेपनि किताबले त राम्रै कथा भनेकोछ।कयौंले पुँजि जस्तो जटिलकाम पनि नेपालीमा अनुबाद गरेकाछन,कसैले कम्युनिष्टको घोषणापत्र र बिधान पनि अनुवादन गरेकाछन।
ति मध्य कयौंले मालेमा परि त्याग पनि गरिसकेकाछन कोई राजावादी पनि भए पत्रिकामा लेख छपाएर मात्रै होईन नेतृत्वलाई गालिगरेर सरापेर मात्रै हुँदैन ब्यबहारमा उतार्न सक्नुपर्छ।यदि ब्यबहारमा उतार्न सकिदैन भने चुपलागेर बसौं।बिना कामैको वार्गेनिङ दिएर कुनै कम्युनिष्ट पार्टीका कखरा जानेका पनि डराउँदैनन्।
यति लामू समय सम्म कम्युनिष्टको क्लास चलाउँदै हिंडेका गफडिहरूले सिकेको यहि हो त?
हामिले धेरै कुरा होईन एउटै कुरालाई अमल गर्नुपर्छ त्यो हो हाम्रो बिचमा हुने एकताले हाम्रो शक्तिलाई बढाउँछ।फुटेर जानुको अर्थ जति राम्रो बिचार भयपनि त्यसले हामिलाई कम्जोर बनाउँछ भन्ने साथिहरूले बुझ्नु पर्छ।
त्यसैले क्रान्ति गर्ने मनछ भने फुट्नु हुँदैन र यसरी वार्गेनिङ कुनै क्रान्तिकारी ब्याक्तिले गर्ने गर्दैन।एउटाको आफ्नो बिचार पार्टीले मान्नैपर्छ भन्ने कम्युनिष्टको नैतिकतानै होईन।कम्युनिष्टनै भएको भए त भित्रबसेर मैत्रिपुर्ण शंघर्षमा भागलिंदै बहुमतको निर्णयलाई कार्यन्वयन गर्नुपर्द थ्यो।साथिहरू सँग अनुरोध केछ भने आफुलाई बिचार ठिक लाग्छ उँहाहरूलाई जहिलेपनि स्वागत छ बिचार ठिक लाग्दैन भने उँहाले आफ्नो बाटो रोज्न कसैले रोकेकोछैन।तर सोझा साझा जनता लाई भ्रम दिने र पार्टीलाई टुक्रा पार्ने प्रयात्न गरेर उनिहरूलाई पनि कुनै फाईदा छैन त्यो आत्माघाति पाईलो हो।हाम्रो जुटले नै बर्गशंघर्ष लाई फाईदा हुनेछ भन्ने हामिलाई लाग्छ।

चर्चामा

सम्बन्धित समाचार