शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • के अप्नाउँने के निफन्ने!

के अप्नाउँने के निफन्ने!

  • बिहिबार, कार्तिक २५, २०७८
के अप्नाउँने के निफन्ने!

सुरेशकुमार पान्डे — मानिस संसारकै सबैभन्दा सचेत प्रराणि मध्यको भनिन्छ।आध्यात्मवादीहरूले त बिचारनै श्रेष्ठ मान्दछन।
तर भौतिक बादि भनेको बस्तुवादी भयकोले मानिसको दिमाखको बिकास बस्तुले गरेकोमा बिस्वास गर्दछन।
अहिलेको युग चरम पुँजिवादको हो यँहा विज्ञानले ठुलो उथल पुथल गराएकोछ।तर पनि मानिसको बिचारमा भने खासै परिवर्तन भयकोछैन।
एउटा बिज्ञानिकले परमाणु बम आणबिक हथियार रकेट लेञ्चर दुनिया भरिका बिनासकारी हथियार निर्माण गरेर दुनियालाई नष्ट गर्दैछ।
अर्को तर्फआकास पत्तालमा केछ केछैन त्यो सबै पत्ता लगाउँदैछ।उहिले सबैकाम मानिसको बलले गरिन्थ्यो भने अहिले त्यो सबैजसो अधिकार आधुनिक औजारले लिएकोछ।गँहु छर्ने देखिलिएर रोटी पाकाउँने समँमका मिसिन आएकाछन।अलि हुनेखाने बर्ग सुखभोगि बन्दै गएकोछ भने मज्दुर बर्ग काम खोज्न सडकमा आएकोछ।गरिबले पहिले जरूरत बन्दा बढि काम गरथ्यौ भने अहिले उस्ले काम पाएकोछैन।किन कि मज्दुरीगर्ने ठाउँ मिसिनले खोसि सकेकोछ।तर बिचार धारा भने जस्ताको तस्तैछ।
तर एउटा विज्ञानिकले आफ्नो प्रयोगसालामा जानुभन्दा पहिले कथित इस्वरको पुजागरेर त्यो प्रयोगशालामा जान्छ।उस्तै एउटा डाक्टर सर्जिकल गर्नु भन्दा पहिले भगुवानको पुजाआर्चना गर्छ।एउटा भुच्चडले बद्शालामा जानु अंघि भगवानको पुजागर्छ।कसैले शक्ति प्राप्त गर्न मानव समेतको बलिचडाएको समाचारहरूमा आउँने गर्छन।हाम्रै समाजमा कसैलाई बिसञ्चो भयोभने निको गराउँन चल्ला कवुलेको देखिन्छ।बर्षेनि हजारौं पाठाहरूको बलि दिने गरिन्छ।देवाली गरेर आ-आफ्नो कुलको पुजाको नाममा बलि चढाउँदै आएको हामिले देखिरहेका छौँ।
आखिर हाम्रो बिचारले कस्को प्रतिनिधित्व गर्छ?एउटा कम्युनिष्टका नेताले पनि त्यहि बाटो हिंडि रहन खोज्छ जो बुजुर्वाहरू हिंडिरहेकाछन।के हाम्रो शंघर्ष सत्ताको लागि मात्रैहो?वा समाजको आमूल परिवर्तन गर्नुपर्नेहो?
हामि चेतनसिल प्राणि भयपछि राम्रो नराम्रो बिचारको छिनोफानो गरेर नराम्रो बिचारलाई फ्यांक्ने राम्रो बिचारलाई राख्नुपर्ने हुन्छ।साहिद त्यसैलाई परिस्थिति अनुसारको ठोंस निर्णय भनिन्छ।मानिसले पानीलाई फिल्टर गर्ने शयन्त्र बनायो जस्तै खराब पानीलाई पनि फिल्टर गरेर सुद्ध बनाउँछ।फलामलाई गलाएर जस्तो पनि औजार बनाउँछ।उत्खनन् गरेर जमिन मूनिबाट बहुमुल्य बश्तुहरू निकालल्छ।मानिसले धेरैकुरा सिक्यो सबैलाई बनाउँन र बिगार्न सक्छ।तर आफुलाई सुधार्न धेरै गारो कुरा भयकोछ।
अंझ कम्युनिष्टहरू जो आफै जनमजात विज्ञानहो त्यसमा पनि मानिसले आ-आफ्ना स्वार्थका बिचारलाई पुरागर्न कम्युनिष्टको सिधान्तलाईनै बदल्दिन थालेकाछन।समय समयमा हेर्नुस कमुनिष्टको आचरण कस्तो हुनुपर्छ भन्दा समाजलाई स्वाउँदो बनाउँनु पर्छ भन्छन।कसैले पनि आफुमा रहेको कम्जोर पक्षलाई हटाउँनुको साटो त्यो ठिक भयको भन्दै त्यसैमा अडेका हुन्छन।
कसैले आफुलाई अन्धबिस्वासमा राखेका हुन्छन,कोई अन्ध भक्त हुन्छन।त्यो कोहि डरले कसैलाई कर पनि हुन्छ।तर पनि हामि मध्यका जुनसुकै ब्याक्तिले पनि आफ्नो कम्जोर पक्षलाई लुकाउँन अरू गलति गर्दै अगाडि बढ्दा उनिरूलाई त्यहि कम्जोरीलाई लुकाउँन जीवन मरणको प्रश्न बनेको हुन्छ।
अहिलेको परिस्थितिको सहि मूल्यांकन गरेर ठोंश निर्णय गर्न र त्यो भयको निर्णलाई कार्यन्वयन गर्न ठुलो संकट पर्दछ।निर्णय गर्न जति सजिलो काम गर्नु उत्तिकै गारो हुन्छ।
एउटाले आर्कालाई तँ मैलो भन्न जति सजिलो हन्छ आफुले राम्रो काम गर्न त्यो भन्दा कतिहो कति मुश्किल हुन्छ।कम्युनिष्ट पार्टीका सदस्य र कार्यक्रताहरूमा त कताहो कता बढि सचेत संगठित र अनुसासित हुनुपर्नेहो।तर कम्युनिष्ट पार्टीका नेताहरू पनि बुजुर्वा मार्गमा हिंड्ने हो भने कम्युनिष्ट किन चाहिन्छ?जुन सुको पार्टीमा आबद्ध भय भैहाल्छनी।कम्तिमा सर्वहाराको दृस्टिकोणमा नकारत्मक असर त पर्दैन।कम्युनिष्ट आन्दलन बद्नाम त हुँदैनथ्यो।अहिले कम्युनिष्ट पार्टीमाथि ठुलो निशाना लगाएकाछन।किन भने एकमात्र पार्टी कम्युनिष्टनै देश र जनताको हितमा काम गर्नेगर्दछ।अहिले देशभित्र सम्बिधानलाई लिएर पनि बिवाद देखिन्छ।कसैले सम्बिधानले सबै बर्गलाई समेटन सकिन भनेर त्यसको पुरै उपक्षा पनि गर्छन वास्तबिक रूपमा भन्ने हो भने सम्बिधानमा जो ठिकछ त्यसलाई राखेर अरू बिस्तारै निफन्नु पर्ने हो।जस्तो हामिले संघियताको लगातार बिरोध गर्दै आएकाछौँ।किन भने हाम्रो देशमा आयश्रोत छैन अनि खर्च बढेकोछ।अनि बिदेशीहरूको चपेटमा पर्न सक्ने खतरा पनिछ।तर गणतन्त्रको र धर्म निरपक्षियताको हामिले समर्थन मात्रै होईन संस्थागत गर्नमा जोड दिएका पनिछौँ।
कम्युनिष्टहरूको उदेश्य आमूल परिवर्तन हो।नौलो जनवाद, समाजवाद र साम्मेवाद हो तर त्यँहा सम्म पुग्नको लागि बहुदलिए ब्यबस्थालाई पनि उपयोग गरिन्छ।पुँजिवाद भित्रको बहुदललाई किन उपयोग गरिन्छ भने जन आन्दोलनलाई बल मिल्छ भनेर।तर कति पय चुनावमा जितेपछि आफ्नो क्यारियर बनाउँने तिर लाग्छन।त्यसकारणले आम मान्छेले उस्को मात्रै बिरोध गर्दैन सिंगो कम्युनिष्ट पार्टीको बिरोध गर्छ।हामिले क्रान्तिकारी कुरा गर्दा देशलाई भुतुक्कै बिर्शिन्छौँ त्यसैको परिणाम अहिले राजमोले कांग्रेसलाई समर्थन दिंदा राजमो दक्षिण पन्थि दिसा समात्यो भन्न थाल्छन।त्यो राजनीतिक अदुरदर्शियताको उपज हो।हिंजो राजाले देशभक्ति बिचार बोल्दा मसालले समर्थन गय्रो त्यो बेला मसाल राजावादी भयो।यस्ता यस्ता गलत सोंच गरेर हामिले राजनीति नै गर्न सक्दैनौँ।हामिले चुनाव बहिस्कार गर्दा क्रान्ति गर्न जानेहरूको र हामिले चुनावमा जाँदा बहिस्कार गर्नेहरूको पनि त कमिछैन।राजनीतिक रूपमा हामिले सहिदिशा छोप्नुपर्छ।निफन्दा भुश सँग केहि दानाहरू पनि उछुट्टिएका हुन्छन,त्यो छुट्टै कुराहो।
हामिले लड्ने ठाउँ हुन्छ छलफल गर्ने ठाउँ हुन्छ।जँहा जति बेलापनि आफुलाई चित्त नबुझेको कुरा बोल्ने छुट कार्यक्रतालाई हुँनै हुँदैन।तर ठाउँमा ब्यापक छलफल गर्न सक्नु पर्छ ठुलो नेताले भन्यो भन्दैमा आँखा चिम्लेर टाउको हल्लाउँनुलाई पनि हामिले सहि ठान्दैनौँ।जनवादी केन्द्रियताको आधारमा शंघर्ष र कार्य गर्न सक्नु पर्छ।

चर्चामा

सम्बन्धित समाचार