शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • आखिर दर्शन भनेको केहो?

आखिर दर्शन भनेको केहो?

  • आइतवार, कार्तिक ७, २०७८
आखिर दर्शन भनेको केहो?

सुरेशकुमार पान्डे — यो चराचर जगतमा दर्शनका साखाहरु धेरै प्रकारका हुन्छन।तर अहिले हाम्रो समाजमा देखा परेका मध्य मुख्य दुई प्रकारका दर्शन छन।पहिलो आध्यात्मवाद दोस्रो भौतिक वादी दर्शन।वास्तबिक रुपमा यो मानव समाजको उत्तपति हुनुभन्दा पहिले दर्शनको उत्तपति भैसकेकोथियो।
चिसो तातो,दिन-रात आगो पानी र बतास जो जीव जन्तुलाई नभैनहुने बस्तुहरु प्रकातिकले पहिले नै प्रदान गर्यो त्यसपछि बल्ल जीव जन्तुहरुको क्रमसै उदेय भयो।
हामिले देख्छौँ बढि रिपा भएको ठाउँमा जुका लाग्छ,त्यहि प्रकारका जीव जन्तु फल फुलहरु हुन्छन।डाँडामा सल्लो र सालहरु त्यस्तै प्रकारका जीव जन्तुहरु भेटिन्छन।आफुलाई मिल्दो जुल्दो दाप क्रण आवापानी भयको ठाउँमा उस्तै खाले पसु पन्क्षिहरु रुख बिरुवाहरु उम्रिएका हुन्छन।
मार्क्सवादी दर्शनले भौतिक वादको प्रतिनिधित्व गर्छ।त्यो कहिलैई जड्सुत्रवादी सिधान्त हुन सक्तैन तर थप बिकाश हुन्छ।का.एंगेल्स भन्नु हुन्छ”हाम्रो दर्शन कुनै जडशूत्रवादी होईन,जस्ले कार्यको पद-पर्दर्शक गर्दछ।मार्क्सवबादको मूल सैद्धान्तिक आधार भनेको द्वान्धवादहो।जो ऐतिहाशिक बिकासको श्रोत हो”द्वौन्दत्मक भौतिकवाद डार्विनको निशेधको निसेध सिद्धान्दमा आधारितछ।यो चराचर जगतलाई बुझ्न सबैभन्धा पहिले भौतिकवादलाई बुझ्नु पर्दछ।जस्तो कि माटो ढुङ्गा यो धर्तिमा पहिले देखि थियो जस्ले गर्दा माटोका कयौं प्रकारहरु मानिसको दिमाखले बनाउँन तिखार्न सक्यो।माटोमा खेति मात्र गरेन अपितु माटोको घैंटा र ईन्टा हरु निर्मित गय्रो।माटाका भांडाहरु पनि निर्माण गय्रो।
पहिले मानिसरुले माटोका घरहरु पनि बनाए यो बिकास निरन्तर अगाडि बढ्यो।अहिले मानिसले सिमिट र इंटाको घर बनाउँन थाल्यो।मानिशले भौतिक वादी औजार प्रयोग गरेर नयाँ नया खोज गय्रो समाजमा मोटर कार गुढ्नको लागि उड्नको लागि हवाई जहाज यि सबै जस्तो बस्तुहरु मानिसले भौतिक विज्ञान बाट प्राप्त गर्न सक्यो।आध्यात्मवादले त केवल काल्पनिक मूर्ति पुजा गरेकोछ।जो बुजुर्वाहरुले पुजा गर्छन त्यो मूर्ति पनि भौतिक तत्वबाट मानिसले नै बनाएकोहो।आध्यात्मवादको दर्शनले मानव समाजलाई कल्पना तिर डोराएकोछ मानिसलाई मिठा मिठा चमत्कारका शास्त्र सुनाएर खोजबिनगर्न होईन बरु प्रारार्थना (प्रमेश्वरवरको आरधप्रारारना )गर्न सिकाएकोछ।जस्ले गर्दा मानिसलाई बिकासको गति दिन असफल भयर कलपनामा सोर्ग-नर्क आदीको कथामा लिन बनाई दिएकोछ।त्यो मात्रैहोईन गेरु बस्त्र दिएर मानिसहरु लाई माग्न सिकाएकोछ।
कल्पना गरौं सबैले यहि बाटो अपनाएको भय यो चराचर जगतको मानव समाजको बिकास हुन्थ्यो त?सबैको जवाफ यहिनै हुन्छ हुदैनथ्यो।यस्का मतलव आध्यात्मकवादी चिन्तन गलतछ जो मानव समाजको बिकासमा ठाडै बाधा उत्नपन्न गरेकोछ।
भौतिकवाद र आध्यात्मक वाद एक आर्काको परसपर बिरोधीहरु हुँन।विज्ञानले ज्ञान सिकाउँछ र मानवसमाजलाई अगाडि बढाउँछ।हिंजो बारी जोत्नको लागि बनाएको हलो फालो अनो अनि हरिस र जुवा,नारा लगायतका समान प्रयोग गरेर खेति गर्नु पनि सांईसनै थियो।ठुलो ढुङ्गालाई पल्टाउँन मानिसको तागतले सकेन अनि उस्ले बलियो लामू काठ वा साप्लो प्रयोग गरेर आफ्नो ताकतलाई दोब्र बनायो अनि त्यो ढुङ्गालाई पल्टायो।त्यो पनि साँईन्सनै हो।मानिसले जो टेक्नोलोजीको प्रयोग गर्छ त्यो विज्ञानको देनहो।आध्यात्मवादले भनेको जस्तै प्रमेश्वरको पुजाबाट त्यो ढुङ्गा पल्टाउँन सकिदैन थ्यो।
त्यसैले यो मानव समाजमा भयको मुख्य दर्शनलाई अध्यायन गरेपछि यो बुझ्न गरो हुँदैन आखिर यो चराचर जगताम सर्वशक्तिमान भनेको भौतिकवादी दर्शन हो।
दर्शनका बिभिन्न साखाहरुछन जस्लाई बेग्ला बेग्लै मानिसरुले खोज गरेर हाम्रो माझमा ल्याई दिएकाछन।किसानले कपासको उत्पादन गय्रो अनि साईन्सले त्यसलाई बस्त्रमा निर्मित गय्रो।जो हामिले लगाएकाछौँ ओडेका छौ र बिच्छाएकाछौँ।प्राकृतिक बाट जढिबुटी पत्तालगाएर औषधि बनाएकाछौँ।मानिसहरुले निर्माण गर्नु भनेको त्यहि विज्ञानिक सांचालेहो।
अहिले कलम गरेर फटाफट फल फलाउँने चलन छ त्यो पनि एउटा साईसनै हो।
जीवन र जगतको पत्ता लगाएर त्यसको बारेमा अध्यायन गर्न सिकाएन मात्र भौतिकवादले धेरैधेरै खोज गर्न प्रेरित गय्रो।
अहिलेका मानिसहरु सुख भोगि भयो तर मानिसको कडापरिश्रमलेनै मानिसलाई प्राकृतिक प्रकोपहरु सँग लड्न र त्यसबाट जोगाउँन मद्त मिल्छ।
मानौ संसारमा नेपालीहरु लाई विर बलवान भनिन्छ त्यो त्यत्तिकै होईन!वास्तबिकरुपमा नेपालीहरु वीर बहादुर र बलवान निडरछन।
उनिहरु गर्वदेखिनै उकालो ओरालो गरेर चिसो हावापानी पिए।अनि रुखो सुखो खाए र पचाए।यो एक प्रकारको प्रतिक्षाण सिविर नै हो।पहाडमा हिंड्ने कयौँ दिन सम्म हिंड्ने रुख चड्ने पहाड मा उकालो र ओरालो गर्ने यि सबै गर्दा सानै देखि बालख बलियो र निडर बनिसकेको हुन्छ।त्यसकारणले उ सानातिन समस्याहरुलाई सझिलै झेल्न सक्छ।
हामी बिस्तारै त्यो बाटो बाट पछि पर्दै गयकाछौँ।सुखभोगि भयकाछौँ।अहिले हिंजो हिंडेको बाटोमा आज हिंड्न गारो हुन्छ।हाम्रा बाउ बाजेले गरेको खेति किसानीलाई हाम्रो ब्यबहारले बञ्चर बनाई दिएकोछ।
अहिले हाम्रो त्यहि कल्पनामा हराउँने अबस्थाको सिर्जना हुँदै आएकोछ।
हामिले आफुलाई भौतिकवादी बाटोमा डोरायौं भने त्यसले हामिलाई काम गर्न प्रेरेरित गर्नेछ।एउटा बिध्यार्थिले पढेपछि पास हुन्छ बिस्तारै डिग्रि हाशिल गर्छ तर त्यो जति सुकै पढेको भएपनि भौतिकवाद जव सम्म बन्न सक्दैन तब सम्म त्यसले खेति गर्न सक्दैन।किन कि बुजुर्वा अध्यायन भनेको पेसाको लागि हो।प्राकृतिक समाजको बिकास र द्वौन्द्धत्मक भौतिकवादको लागि होईन।यदि त्यसो हुनेथ्यो भने पढेलेखेका हरु खान र लगाउँनमा मात्र अरुको गुलामि गर्ने बाटो रोज्दैनथे।कुनै पनि काम गर्दा अकल्पनिय देवीदेवताको पुजा गर्दैनथे।एउटा डाक्टरले अप्रेसन गर्ने भन्दा पहिले देवीको पुजागर्छ।त्यो ब्यबहारले गर्दा उस्ले पढेको बुजुर्वा शिक्षाको परिणामहो।किसानका छोराले धेरै पढेपछि त पुर्वजले दिएको पाटोलाई नया नयाँ खोजगरेर उत्पादन गर्थे र जस्ले आफ्नो समाजिक वा राष्ट्रीयताको उन्नति हुनसक्थ्यो।
साथिहरु लाई लाग्ला ययस्तो पनि दर्शन हुन्छ! तर वास्तिबिक रुपमा गरिब किसान ज्यामिहरुको मुल दर्शन यहिनैहो।
सन१८४८मा काम्रेड मार्कसले देखाउँनु भयको बर्ग शंघर्ष पनि यहि सामाजिक क्रान्ति मा आधारितछ।समाजलाई शोशकले किन र कसरी शोशण गर्छ?त्यसको समाधान केहो भन्नेबारे आधारभूत ज्ञानलाई नै गरिब श्रमजीवी बर्गको दर्शन भनिन्छ।
दुनियाँमा जन्मिएका जति मर्छन र उन्को रिक्तस्थान जन्मिएकाले पुर्तिगर्छन।यहि द्वौन्दत्मक भौतिकवादी दर्शनहो।निसेधको निसेध नियम भित्र पर्दछ।डाल्विनले भन्छन एउटा जन्मिन्छ आर्को मर्छ।तर बिकास गुणात्मक हुन्छ।”एउटा मकैको दानलाई रोपेपछि त्यसले बिरुवामा परिणित गर्न त्यो दानो मर्छ,तर त्यो बिरुवा बोटबनेपछि उस्ले घोघां हाल्छ अनि त्यो घोघ़ाले बोटलाई मार्दिन्छ।अब हेर्नुस हजूरले रोपेको एउटा मकैको एकमाना दानाहुन्छन।तपाईले मिहेनत गर्नु भयो र एउटा गेडा बाट एकमाना उत्तपादन भयो।यहि ऐतिहाशिक भौतिकवादको द्वौन्धत्मक बिकासहो।
यदि गेरु बस्त्र लगाएर मात्र आरधना गरेको भए त्यो सम्भब थियो त?यसैलाई श्रमजीवीको भौताकवादी दर्शन भनिन्छ।जस्ले देखेको चीजलाई वास्तबिकता ठान्छ।दर्शन भन्नुनै दृष्टीकोणहो।यो संसारलाई हेर्ने र बुझ्ने दर्शनहो।

चर्चामा

सम्बन्धित समाचार