शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • चिन्ता नगरौँ- चिन्तित बनौँ

चिन्ता नगरौँ- चिन्तित बनौँ

  • शनिबार, असार २६, २०७८
चिन्ता नगरौँ- चिन्तित बनौँ

सुरेशकुमार पान्डे।
चिन्ताले मानिशलाई डिप्रेशन तर्फ डोराउँछ।प्रया जसो मान्छेले घटना घट्यो भने चिन्ता गर्छन,त्यो मान्त्रै होईन उनि चिन्ता ग्रस्त हुन्छन।त्यो किन हुन्छ भने उनिहरु पहिले देखि त्यो काममा चिन्तित थिएनन्।त्यसैको परिणाम काम गर्न जानिनन् अनि काम बिग्य्रो त्यसपछि उनि चिन्ताग्रस्त भए।यो धेरैजसो अशिक्षित र अनुभबहिन ब्याक्तिहरुमा हुनेगर्छ।हाम्रो देशमा पहिले काटेर नाप्ने चलन चल्ति भयो। हुनुपर्ने त कयौँ चोटि नापेर काट्ने हो।झापामा बिद्रोह गरे त्यो बेला पनि क्रान्तिकारी गफडिहरु अरु देशको देखासिखी गरेर आबेशमा काटमार गरेका थिए।पछि मदन भण्डारीले बहुदलिए जनवादनै नौलो जनवाद भनेर जनतामा ढाँटे।यद्मापि नेकपाको स्थापना नौलो जनवादी क्रान्तीको लागि भएको थियो।न्युनतम् कार्यक्रम नौलो जनवादि क्रान्ति अधिक तम समाजवाद र सम्मेवादको लागि नेपालको कम्युनिष्ट पार्टीको सुरुवात भएकोहो।
माओवादीहरु दश बर्ष बनबाश बसेर फर्के पछि बल्ल प्रचण्डले आफु माजिएको र खारीएको नीति बहुदलिए ब्यबस्था भनेका थिए।बन्दुक बोकेर मात्रै क्रान्ती हुन्थ्यो भने काग्रेसले सबै भन्दा पहिले वैराङ्गिया सम्मेलनमा २००७मै ससस्त्र शंघर्ष गर्ने निर्णय गरेर त्यसको तैयारीमा जुटेकाहुन।उति बेला बरु राणा साशनको बिरुद्धमा उनिहरुको यो निर्णयले मेल खान्थ्यो पनि तर भारतिय कम्युनिष्ट पार्टीका नेता चारु मजुम्दारहरुको नेपाली कम्युनिष्ट आन्दोलनमा परेको पर्भावले पनि अराजक कृयाकलापहरु देश भित्रभयो।
अरुको देखा सिकि गरेर अदुरदर्शियता पूर्ण गरेको कृयाकलापले देशको कम्युनिष्ट आन्दोलनलाई धेरै पछि ढेकल्यो।त्यो मात्रै होईन कम्युनिष्ट आन्दोलनलाई धरापमै पय्रो।
ठुला राजनीतिक पार्टीका नेताहरुको केटौले पन भनौँ वा पदलोलुपताको कारण देशले ठुलो नोक्सान झेल्दै आएकोछ।ईतिहाश साँचीछ केसरजङ रायमाझि,बाबुराम भट्टराई लगाएकता कयौँ पढे लेखेका बुद्धिजीवी भनौदाहरुले कम्युनिष्ट आन्दोलन सँग ठुलो गद्धारी गरेकाछन।त्यो मात्रै होईन तत्कालिन झापालीहरुका कयौँ नेता र स्वायम दशबर्ष जनयुद्धको बहानामा लुटमार गरेका एमाओवादीहरुका कयौँ नेताहरुको अबस्था पनि त्यस्तैछ।झापाली मध्यका ओली ले पसुपतिनाथमा गएर हिन्दु धर्मको वकालत गर्दै लाखबत्ति बाल्ने कुरा गर्नु र प्रचण्डले भैँशिको पुजा गर्नुमा खासै फरकछैन।उनिहरुले ईसाई धर्मको पनि प्रचार गर्ने गरेकाछन।
उनिहरु हिँजो र आजका पनि नेपालमा सबै भन्दा ठुलोदलका नेता कहलाउँछन।उनिहरुले हिँजो गरेको काम असफल भयो किनकी उनिहरुले त्यो कामलाई गर्न आत्तिए अनि आबेशमा आएर गरेको काम सफल नभएपछि कम्युनिष्ट आन्दोलन बाटनै पतित भए।जनतामा कसरी जाने?अब नयाँ सिराबाट जनतामा जाँदा आफुले भैशी पुज्नु पर्ने कारण बताउँनु पय्रो,हिँजो बन्दुक बोकेको कारण बताउँनु पय्रो।देशका सत्र हजार होनहार जनताहरु लाई मराउँनुको कारण भन्नु पय्रो तर आध्यात्मिक भएपछि आफु भित्र अलौकिक शक्ति प्रवेश भएछ भनेर भएपनि जोगिन सक्किन्छ।
देशमा जनतालाई उल्लु बनाउँन आफुले छिट्टै आध्यात्मवादको सहारा लिन सजिलोछ।किन भने अहिले पनि जनताहरुलाई अफिमको नसाले हल्लाई राखेकोछ।नेताहरु लाई हल्लाउँने ले जनतालाई हल्लावन भन्ने त कुरैभैन।
उनिहरु कि भनेत पागल प्रेमि जस्तै भएर आफुले गरेका गलतिलाई सहर्ष स्विकारेर शुलिमा चड्नु पय्रो।वा चत्तुर भएर जनतालाई छक्काउँन शक्षम हुनुपर्छ।त्यहि बाटोमा उनिहरुले बिस्तारै पहिलेको गलतिलाई अघोषित रुपमा घुमाउरो पाराले स्विकार्दै र नयाँ गोरेटो जनतामा जानलाई बनाउँन थालेकाछन।
पार्टी संगठनले बिगत बाट शिक्षालिएर बर्तमानमा योजना भबिष्यको लागि तैयार पार्नु पर्छ।यो काम त्यति सजिलो छैन त्यसैले चिन्तित भएर कार्यायोजना तैयार पार्नुपर्छ।साथिहरु कुनै पनि पार्टी संगठनमा राम्रा नराम्रा ब्याक्ति हुनसक्छन,कयौँ ईमानदार र कयौँ वैमान पनि हुनसक्छन।त्यो ब्याक्तिको ब्याक्तित्वहो हामिले समग्रहमा पार्टी र संगठनको लाईनलाई अध्यायन गरेर देश काल परिस्थिति सँग मेलखान्छ कि खाँदैन त्यसबारेमा छलफल गर्नुपर्छ।कसैलाई गालि गर्नु चरित्र हत्यागर्नु भन्दा आफु बसेको ठाउँलाई सफागरेर जाने बानि बसाल्नुपर्दछ।कसैलाई गलत प्रमाणित गर्नको लागि आफुले त्यो भन्दा राम्रो काम गर्न सक्नुपर्छ।कुनै पनि जीवीत पार्टी संगठनले गलतिको आलोचना लाई स्विकार्नु पर्छ,नेता कार्याक्रतालाई कार्वाही गर्ने र कार्वाहीलाई स्विकारगर्ने बानि बसाल्नु पर्छ।गलत बिचारको सम्बन्धित ठाउँमा खण्डन गरेर जानुपर्छ र दुश्मन र मित्र शक्ति सँग शंर्घष एकता र शंर्घष/एकता शंर्घष र एकताको अनुसाशन सँग मेलखाने कृयाकलाप गर्न सक्नु पर्छ।हिँजको दुश्मन सदैका लागि दुश्मन मान्ने र हिँजको मित्र सदैका लागि मित्र ठान्ने बिचार आफैमा गलतछ।हामिले अबस्था अनुसार हिजो मान्दै आएखो दुश्मन शक्ति सँग पनि कुनै खास अबस्थामा मैत्रिपुर्ण सहकार्या गर्न हिचकिचाउँनु हुँदैन।राजाले२०४५मा भारतले गरेको आर्थिक नाकावन्दिको बिरोधमा भन्दा मैत्रि शन्धि र पारगमन सन्धिलाई एउटै तुलामा जोख्ने बिचारको भण्डा फोर्ड गर्दा राजाको त्यो बिचारलाई स्वागत गरेकैहौँ।नेपाल एउटा स्वतन्त्र देशहो जँहा बाटपनि समान किनबेच गर्ने नैसङ्गिक अधिकारहो भन्दा स्विकार गर्नेकि नगर्ने?त्यो बेला राजतन्त्रको बिरुद्धामा आन्दोलन पनि चलाएकै थियौँ।राष्ट्रीयताको सवालमा राजा सँग पनि तालमेल गरेर जान सकिन्छ भने प्रतिगमनको बिरुद्धमा काँग्रेस सँग पनि तालमेल गरेर जान सकिन्छ भन्ने बिचारलाई बुझ्नुपर्छ।
हामिले आफ्नो बर्ग सँग एकता गरेर जानुपर्छ तर कुनै खास अबस्थामा हाम्रो देश र जनतालाईनै नोक्सान पुराउँन थालेपछि त्यो सदैका लागि मित्र रहँदैन र त्यो सँग शंर्घष गरेर जान सक्नुपर्छ।ईमानदार साथिहरुले संगठको मायाँ भएको भए लाखौ झुठ बोलेर संगठनको सम्पत्तिमा ब्यातिगत हक जमाउँदैनन त्यो कुरालाई पनि बुझेर जान सक्नुपर्छ।समयमै हामि चिन्तित भयौँ भने चिन्ता ग्रस्त हुँने त्यो नौवत आउँनेछैन।

चर्चामा

सम्बन्धित समाचार