शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • क.निर्मल लामालाई लाल शलाम!

क.निर्मल लामालाई लाल शलाम!

  • मङ्लबार, बैशाख २८, २०७८
क.निर्मल लामालाई लाल शलाम!

सुरेशकुमार पान्डे– पञ्चायति काल थियो! म त्यो बेला प्रवाशमा भर्खर एउटा सामाजिक संगठमा लागेको थिएँ।नेपाल बाट भारत तर्फ लाग्दा कोईला बासको बाटो जान्थ्यौँ मेरो हातमा “झिम्रुक नदी र चिवेचराको कथा”भन्ने एउटा सानो पुस्तिका थियो त्यसको लेखक मोहन बिक्रम हुँन।”मलाई लामा जी अर्जुन खोलामा भेट हुँनुभयो मेरो हात बाट पुस्तिका लिएर एकछिन पढ्नुभयो र मलाई एकान्तमा सम्छाउँनु भयो।साथै यो किताब लेखेको मानिशलाई लाल शलाम पनि भने।मलाई यसबार यो भन्दा पहिले यो पुस्तिका कुन उदेश्यले लेखिएको बारे थाहा थिएन।उन्ले भनेको लालशलाम मलाई अलिवेर पचेन अनि सोधिहाले लालशलाम किन भन्नुभयो त भनेर त्यसपछि उन्ले मलाई यसबारे बताएका थिए।
हामिले पार्टीको बारेमा चिनेको झापालीहरु (माले)बाहेकका त नाम पनि सुनेका थिएनौँ।
अनि काँग्रेस बाहेक पञ्चायति ब्यबस्थानैहो जसले प्रजान्त्रको नाममा राजाहरुको गुणगाण गाउँथे।
मलाई राज नीतिकको ज्ञानका कखरा त्यो बेलाका तन्नेरी निर्मल लामाले त्यही दिन गराउँनु भयो।त्यो बेला त्यो पुस्तिका लाई मेरो झोलामा राख्दै मेरो नाम र म बसेको ठाउँ नोट गरे आफ्नो एउटा कापिमा त्यो किताबलाई झोलामा राख्न लगाएँ र मलाई केहि कुराहरु सम्मझाए,तर उनले आफ्नो बारेमा केहिपनि भनेनन् मात्र हजूलाई भेट गर्न आउँछु म त्यँही ठाउँमा, मात्र भने र बिदा भयौँ।त्यही लामा जी सँगको मेरो पहिलो भेट थियो।पछि बिभिन्न कार्यक्रमको द्वौरानमा भेट घाट हुन्थ्यो।पछि २०४६सालको जनाआन्दोलन ताक काठमाण्डौको एउटा कार्यक्रममा पनि भेटहुँने मौका मिल्यो।पछि २०४७साल पछि अखिल भारत नेपाली एकता समाजको दिल्लिमा एउटा शँयुक्त बिरोध प्रदर्शनमा भेट भयका थ्यौँ।त्यो बेला उन्ले सम्बिधान सुधार आयोगमा गएर जनतालाई केहि शुभिदा दिन सकिन्छ कि भनेको त दिन सक्किने रैनछ त्यो मबाट भयको भुलहो भनेर सार्वजनिक रुपमा भाषणगरे।त्यो बेला हामिले लामा जिलाई आलोचना गरेका थियौँ त्यसबारे उन्ले आत्मलोचना सार्वजनिक गरेका थिए।
मानिशबाट कामगर्ने क्रममा गलतिहरु हुन्छन तर त्यो गलतिबाट लामा जिले शिक्षा लिँदै अगाडि बढ्नु हुँनथ्य्यो।निर्मल लामाको आज परेको समृति दिवसमा मैले उँहाको योगदान बारे भन्नु पर्दा निस्वार्थ त्याग मुर्तिको रुपमा रहेका निर्मल लामा लाई मेरो ब्याक्तिगत मुल्यांकनमा कम्युनिष्ट पार्टीको महान र चोखो नेताको रुपमा बुझेको अहिले सम्मको ब्याक्तित्व मध्यका लामानै हुँन।ज्युँदा मानिशका पुर्णतःरुपमा मुल्यांकन गर्न सकिदैन तर मरिसकेपछि सम्पूर्ण उनिभित्र रहेका गुण र बैगुणलाई केलाएर निफनेर सबल र निर्बल छुट्टाउँन सकिन्छ।लामा एउटा ईमान्दार कम्युनिष्ट नेता हुँन भन्ने निस्कर्शमा म पुगेकोछुँ।उन्को त्याग र उन्ले गरेको योगदानबाट हामिले धेरै शिक्षालिन सक्छौँ।कम्युनिष्ट आन्दोलनलाई जिवित राख्नुछ भने काम्रेड निर्मललामा जस्ता त्याग मूर्तीहरु बाट शिक्षा लिनै पर्छ।आज नेपालको कम्युनिष्ट आन्दोलनमा यस्ता ब्याक्ति अपबादको रुपमा हुँन सक्छन।
लामाको जीवनीको बारेमा भन्नु पर्दा उनी दार्जिलिंग को खर्शयाङमा पिता हर्कबहादुर लामा र माता म्हेन्दु लामाको कोखबाट माईलो शन्तानको रुपमा जन्मिएका हुँन।उनिहरु आठ भाई बैना थिए।उन्को बाउले चियाबगानमा कामगर्थे।निर्मल लामा नाम उन्ले आफै राखेका हुँन न्वरानको नाम तेजबहादुर हो,भने सरकारी कामकाजमा उन्ले सोनाम बाङ्दी लेखाउँथे।उन्लाई बोलाउँदा मस्तराम पनि भन्नेगर्थे।
नेपालमा २००७सालको आन्दोलन ताक उनि ईण्डियाको मलायामा बृटीस सरकारको नोकरी गर्न नमानेर नेपाली प्रजान्त्रिक आन्दोलनमा लागेका हुँन।वास्तबमा उनि नेपाली क्राग्रेशका केन्द्रिय कार्यालय सचिब समेत भयर काम गरेका थिए।उन्ले काग्रेश छाडेपछि पुस्पलालको सुझवमा वामपन्थि काँग्रेशमा सामिल भय तर २००९सालमा त्यो पनि छाडे।२०१४मा एस एल सी र पछि त्रिचन्द कालेजबाट आईए,गरे।२०१०पछि उन्को झुकाव कम्युनिष्ट आन्दोलन तिर थियो।उन्ले जेलमा १६दिन सम्म अनसन बसे उनको मागथियो जेलबाट ईक्जाम दिन पाउँनु पर्छ भन्ने।त्यसबारे सरकारलाई बाध्यबनाए र सबै बिध्यार्थिहरुले इक्जाम दिन पाएका थिए भन्निन्छ।उनि दलित जातिलाई समानता दिलाउँने पक्षमा सदै शंघर्ष गरे।दलितको बस्तिमा बस्ने उनिहरुलाई जातिय मुक्तिको बारेमा क्लासदिने र संगठित गर्ने काम गर्ने गर्थे।
२०२८सालमा उन्ले पारिजातकी बहिनी सुकन्या वाईबा सँग बिबहा गरेका हुँन।उनिहरुका एउटा छोरा निमा एञ्जो र एउटी छोरी बिशाखा छन।२०२९सालमा मोहन जी सँग मिलेर केन्द्रिय न्युक्लिसको गठन गरे।२०३१मा नेकपा चौथो महाधिबेशन भयो जसले पिबिएम छान्यो।२०३५मा महासचिब भए।२०३९मा नेकपा (चौथो)छुट्टियो का.लामा त्यसका महासचिब भए।२०४७मा उनिहरुले एकता केन्द्र बनाए पछि२०५१ त्यसमा फुट भयपनि उनि एकता केन्द्रमै रहे।
उनि निस्वार्थ र शंघर्ष सिल थिए -२०२८सालमा जब जेलमुक्त भय त्यो बेला सरकारले उन्लाई ट्याक्सी र ट्रक दिने निर्णय गय्रो तर उन्ले त्यो प्रस्ताबलाई ठाडै अस्विकार गरे।पछि राजनीतिक पिडितहरु लाई ५०हजार रुपिया र तिन बिघा जमिन मधेशमा दिने योजना भयो।तर त्यो पनि उन्ले अस्विकार गरे।उन्लाई मन्त्रीको पद दिने निर्णय पनि अस्विकार गरे।तत्कालिन कृष्णप्रसाद भट्टराईले लामालाई भने सहयोग लिनुश लामा जी हजूरको नाम पनि राजनीतिक पिडितको रुपमा लेख्छौँ भन्दा लामाले भने किसुन जी सहयोग नलिनेहरुको पनि एउटा छुट्टै लिष्ट बनाउँनुहोश।”भन्दै सहयोग लिनबाट अस्विकार गरे।निर्मललामा त्यागि थिए,निस्वार्थ थिए।जुझारु थिए र जनतामा आस्तवान थिए।उनि जनताबाट लुकेनन्,जब उनको भोजनको नलिमा क्यान्सर भयको पत्ता लागेपछि पनि उन्ले सरकारले बिदेशमा उपचार गराउँने समेत ईन्कार गरेर भने मलाई मेरा देशका जनताले एक रुपियाँ दिएर उपचार गराउँनसक्छन भने मलाई खुसिलाग्नेछ म यहिदेशमा उपचार गराउँछु भन्दै सरकारि शुबिधा लिन अस्विकार गरे।पछि पद्यारत्तन तुलाधरको निर्मललामा उपचारको सहयोगको टिम बनाएर उपचार गराउँने क्रमामा २०५७को ८गते उन्ले भावपुर्ण अभिन्दन गरे कम्जोर भैसकेको सरिरमा पनि उस्तै क्रान्तिकारी जोस थियो। २०५७कोबैसाखको२७गते बिहान६:१०बजे उन्को भौतिक सरिरले हामिसबैलाई छाडेर गयो।आखिर उनि भारतको दार्जलिंग मा जन्मिएर नेपालको कम्युनिष्ट आन्दोलनका सच्चा सिपाहीको रुपमा मृत्युबर्ण गरे।आज उनै महान हश्तिलाई लाल शलाम गर्दा मलाई गौरव महेशुर्ष भयकोछ।

चर्चामा

सम्बन्धित समाचार