बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • लावारीश-लघुकथा!

लावारीश-लघुकथा!

  • सोमवार, साउन २६, २०७७
लावारीश-लघुकथा!

सुरेशकुमार पान्डे। आज काम बाट फर्किँदा मुनकको प्रहरी कार्यलायमा एउटा स्यानो दश/बाह्र बर्षको बच्चा देख्यौँ।पुलिसहरुले गस्त लगाउँदा ला-वारीस अबस्थामा फेला पारेर ल्याएका रैछन!बेटर पार्टिका एकजना ठेकेदारले बताए।के नेपाली रैछन उनी?मणिले आश्चार्या चकित हुँदै सोधे।हजूर उनि नेपाल त हुँन तर आफ्नो घर गाउँ केहि थाहा छैन चार पाँच बर्ष बाट आफ्नति सँग हराएका रैछन!ठेकेदारले बिस्तार पुर्वक भने।उन्ले बिवहा मा बेटर पार्टी को काम गर्ने ठेक्का लिन्थे तर सामाजिक कार्याक्रता पनि हुँन।यो धेरै पहिले सन १९९१ तिरको कुरा हो।सामाज सेवक भयकै नाताले पनि यस्ता केसहरु लाई सोधपुछ गर्ने गर्थे।
सबैले सल्ला गरेर एकजना साथिलाई त्यो पुलिसको चौकिमा उक्त केटाको बारेमा पत्ता गर्न पठाए।उन्ले सबै बिबर्ण ल्याए केहि दिन पछि उस्लाई यँहा बाट अन्तै पठाई दिने भन्ने कुरापनि चलेको जानकारी गराए।
सामाजिक कार्याक्रता हरुको तुरुन्तै मिटिङ्म बस्छ र त्यो बाबुलाई समाजले आफ्नो समरक्षाणमा लिने र उस्को आफन्तिको खोज तलास गर्ने निर्णय अनुसार केहि साथिहरुलाई पठाएर लिखित रुपमा त्यो बच्चालाई आफ्नो शंरक्षाणामा लिन्छन। उन्को फोटा खिचेर नेपाल र भारतका सबै जिल्लाहरुमा पठाउँने अखबारमा निकाल्ने काम गर्छन हिन्दी नेपाली पत्रिकाहरुमा तरपनि कतै पत्ता भने लाग्दैन।
उस्को बानि ब्यहोरा अत्यान्तै बिग्रेको हुँन्छ,छिल्लेको अशिक्षित अबस्थामा भनौ एउटा अनाथ बच्चा भौँतारिँदै ठोक्कर खाँदा खाँदै उ पनि उस्तै बनेको हुँन्छ।उस्ले गालि बिना कुरै नगर्ने अनि जँहा गएपनि नराम्रा हर्कत गर्ने गय्रो।
समय बित्दै गयो ठेकाना उस्ले भन्दैन।बाबु तिम्रो नाम केहो?मणिले बडो स्नेह पुर्वक सोध्छ! महिन्द्र नगर झिलमिला भन्छन नि हो तेँही हो!उसले भन्छ।अनि तिम्रो बुबाको नाम भन त?चन्द्र बहादुर भन्छन मेरो बाबालाई!उस्ले यो बाहेक केहि जान्दैन। बेला बेलामा सोध्दा खेरीको अड्रेश बनाएर त्यो ठेकानामा मणिहरुले एउटा पत्र बाउको नाममा लेखि रजिस्टर पठाए।केटाको हुलिया तस्विर समेत रखेर पठाई दिए।उति बेला आजको जस्तो मोवैलको वा फोनको सुबिधा थिएन जोजति फोनको थियो त्योपनि अलि हुँनेखानेको घरमा मात्र सिमित थियो।
मणिहरु लाई उमिद त्यो बेला कत्ति थिएन पत्र हात लाग्छ भन्ने किनकि ठेकाना पनि पुरा थिएन,तर त्यो पत्र स्वायम केटका बाबाकै हतमा परेछ।केहि मैन त्यो बाबुलाई समाजिक रेखदेखमा राखेर सिकाउँने सम्झाउँने र उस्का अभिभावकलाई खोज्ने काम गरे।
पत्र पाएको अर्कैदिन त्यो मदनका बाबा नेपाल बाट भारतका लागि रवाना हुँनुभएछ।उनि मणिहरुले पठाएको पत्रमा प्रेषकको ठेकानामा पन्द्र दिनका दिन आई पुगे।
उन्ले छोरा लाई देखेपछि भाबुक हुँन्छन अँगालोमा बेर्छन रुन्छन आफ्नो औलादको कस्लाई मायाँ लाग्दैनर।त्यो बाबु को नाम मदन बहादुर थापानै रैछ।यो घटना १४-१२-१९९१,को त्यो दिन आई पुगेपछि उन्को हवाला गरिएका थिए।सरहरु हजूरहरु नभयको भय हामिले ता छोराको आसानै छाडेका थियौँ।उन्ले दुबै हात जोडेर भाबुक हुँदै भन्छन!आ्खामा आँसु थियो र खुसिको त्यो पल उन्ले स्वर्गको अनुभुति गर्दै थिए।मणि लगाएत सबै सामाजिक कार्याक्रता को उपस्थितिमा उन्लाई बिदाई गर्दै सोध्छन!किराया भाडा छ कि छैन भन्दै।हजूर मलाई अरु सर्मिन्दा नगर्नुहोश हजूरहरुको यो उपकार मैले कहिलैई बिर्शिने छैन भन्दै अन्तिम बिदाई लिन्छन।त्यो बाबु सँग सामाजिक साथिहरुको यति लगाव वा आत्मिएता भैसकेको थियो कि उस्लाई बिदा गर्दा धेरैका आँखा रसाएका थिए त्यो बेला। आखिर एकता समाज न भएको भए के त्यो बाबालाई उन्को छोरा हात लाग्थ्यो?यहि प्रश्नले आजपनि मणिको मन मष्तिकमा घरगरेकोछ।सन १९७९देखि नियमित यस्तै अलपत्र परेका बेसहारा,लावारीसहरुको वारीस बनेर जिवन बिताएका धेरै समाजसेबक भारतमा हुँनुहुन्छ,आजपनि।
तर बिडम्बना भनौ अहिले सम्म उनिहरु कसैले सम्प्रक गरेनन्।गर्न चाहेनन्,वा उनिहरुको कुनै समस्या भयो यसै भन्न गारोछ।जे हौश हमाज र सामाजिक कार्याक्रता हरुले आफ्नो जिम्मेवारी बहन गर्दै आएकाछन आजपनि।१०-०८-२०२०,

चर्चामा

सम्बन्धित समाचार