• होमपेज
  • समाचार
  • प्रतिनिधि सभा सदस्यमा सुहाङको शपथ आज

प्रतिनिधि सभा सदस्यमा सुहाङको शपथ आज

  • बुधबार, बैशाख २६, २०८१
प्रतिनिधि सभा सदस्यमा सुहाङको शपथ आज

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिने छन् ।

गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार