शनिबार, बैशाख २२, २०८१

कथा!आमाको आँशु!

  • शुक्रबार, असार ५, २०७७
कथा!आमाको आँशु!

 सुरेशकुमार पान्डे। झमक्कै साँझ परेपनि भुन्टेकी आमा बारीमा खन खोरश गर्दै थिईन।भुन्टे भने नजिकै एउटा घन लिएर बल्ल बल्ल उचालदै ठुलो ढुङ्गालाई हान्थ्यो।तर त्यो ढुङ्गालाई भने उस्को प्रहारले कत्ति असर पर्दैन थ्यो।थाकेर घर जाम है आँमा?भुँट्टेले आमातिर हेर्दै भन्छ।एक छिन पखन बाबु!आमाले भुँन्टे तिर नहेरी भन्छिन।उन्लाई छेउँ कुना खनेर सक्नु थियो आज गरेपनि आफै भोली गरेपनि आफै,हलीले दिउसो जोत्दा छाडेका राँटाहरु खन खोरश गरेर बिउ रोपे मानु मुट्ठि भयपनि फल्ला भन्ने उन्लाई चिन्ता थियो।

एक छिन पछि अँध्यारो भएपछि भुन्टेका आमा र छोरा घर भित्र पस्छन।भुन्टेलाई भोकले सताएको थियो उस्ले अगेनामा आगो बाल्न थाल्छ।आमालाई भने लाला बाला भोकाए भन्ने चिन्ताले उनि गाई बश्तुलाई घाँस पात हाल्न जान्छिन। बाबु भोकायो भन्दै आमाले हतपत्त खाना त्यैयार पार्छिन आफ्नो भोक निद को उन्लाई पत्तै हुँन्न।खाना खाएपछि भुन्टेको हातमा परेका राता रात फोका देखेर उनि भावुक हुँन्छिन।उन्को आँखा बाट आँसुको ढिका खस्छन,आमालाई आफ्नो थकाई र आफ्ना हातै भरी परेका ठेलाले होईन भुन्टेको हातमा परेका फोकाले मुटु पिरो परेकोछ।उस्लाई हतपत तेल ल्याएर हातमा लगाई दिन्छिन।तेल लगाउँदा दुखेर भुन्टे आच्चु गर्दा आमालाई झनै बिजाउँछ।तर आमाँको आखाँ बाट बगेको आँशुले भुँन्टेको मनभित्र चिसो परेको थियो।

आँमा न रुनुश है!म ठुलो भयँ भनि हजूरलाई सुखः दिन्छु,म बिदेश गयर पैसा कमाउँछु”भन्दै ति कमला हातहरुले आमाँको आशु पुच्दा रुकमणि झन रुन थाल्छिन।उनको मन भित्रैबाट आँसुको मूल फुटेको झैँ हुँन्छ।उनि निशब्द छिन यती स्यानो बाबुको कुरा सुन्दा आखिर जन्मै देखि बिदेश मै रोजगारीका लागि जानु पर्छ भन्ने कसरी सिक्छन बच्चाहरु?रुकमणि मनमनै यहि सोचेकी छे।आखिर सोँच्न पनि किन नसोँचुस उस्को लोग्ने पनि ता लाहुरे हो। भुन्टे जन्मिएपछि उ घरै आएको छैन।रुकमणिले एक्लै हुर्काउँने कोसिश गर्दैछन।रुपलाल छे बर्ष देखि घर फर्केको छैन,भुन्टेले आफ्नो बाउलाई देखेको छैन अहिले उ पनि छ बर्षको भयो।

रुपलाल सँग रुकमणिले प्रेम बिवहा गरेकी थिईन तर अलि बर्ष सँगै बसे गरिबीले हुक्क भयपछि रुपलाल पैसा कमाउँन लाहुर गयको उतै हरायो भुन्टे सात मैनाको पेटमा थियो।रुपलाल बिदेश जाँदा तर अहिले भुन्टेपनि छ बर्षको भयो रुपलाल फर्किएन।पोर साल सम्म खुब खोज तलास गर्थिन रुकमणिले तर रुपलालले उतै बिहेगरी सकेको भनेपछि उनिपनि ढुक्कैछिन।जिउँदै रैछन भन्ने थाहा भयो उन्लाई मेरो आबस्याकता भयन भन्दै रुकमणिलेपनि अब यहि छोरालाई पालेर बस्ने निधो गरेकिछन।आज छोराको मुख बाट बिदेश जाने शब्द सुन्दा कता कता रुकमणिको छातिमा केहि बिजाई रहेको थियो।हुँन ता लोग्ने घर हुँदापनि उस्लाई सुखः थिएन गाउँमा जाने तास खेल्ने र घर आएपछि कराउँने बानि थियो रुपलालको।तर त्यसतै भयपनि घरमा हुँदा घरको शोभा त थियो लाहुर गयपछि त्यहिपनि हरायो। रुकमणिको आफ्नो भन्नुपनि यो बाबु बाहेक को थियो र।माईती को लागि रुकमणिले बिबहा गरेपछि रुकमणि मरेकै जस्तो थिई।उस्ले आफ्नो मनलाएर अन्तर जातिय बिबहा गरेको हो।तर अन्तिम मा रुपलाललेपनि छाडेपछि अब यो संसारमा उसलाई एक्लै लड्नु परेको थियो।

बैँशमा आफ्नो लोग्ने न हुँदा उस लाई कोखे नजरले हेर्नेहरुको कमिथिएन तर रुकमणि ईनिहरुलाई खरो सुनाउँ थि लाजैले भयपनि यस्ता युवाहरु नजिक आउँदैन थे। रुपलाल घरमा हुँदापनि सदै जुवाडेहरु सँग रुकमणिलाई लड्नु पर्थ्यो। तर छोरा भुन्टे लाई आफ्नो हिसाबले प्रवरीश गर्ने प्रयत्नमा रुकमणि दिन रात मिहेनत गर्थिन उस्लाई स्कुलमा भर्ति गराएकि थिईन।एकातिर रुकमणिले दिन रात एक गरेर भुन्टेलाई पढाउँने कोसिश गर्थिन आर्को तिर भुन्टे आमाको दुखःदेखेर पैसा कमाउँने सोँचमा थियो। स्कूलको छुट्टि पछि दनादन घरमा आउँथ्यो र आमाको हात बटाउँथ्यो।रुकमणिले अरुको कपडाहरु सिलाएर भयपनि भुन्टेलाई बढाईन।आमाको दुखःदेखेर उस्ले स्कूलमापनि खुबै मनलगाएर पढ्यो।उस्ले एस एल सी राम्रो नम्बरबाट फश्ट डिबिजनमा पास भयको शुन्दा रुकमणि यति खुसि भईन कि उन्को आँखा बाट फेरी आँशुको धारा बगे। आमालाई खुसि हुँनुभैन म फष्ट भए आफ्नो सार्टिपिकट देखाउँदै भुन्टेले भन्छ।आमाले उस्लाई तानेर आफ्नो छातिमा चपकाउँछिन।आँखा बाट आँसुको भल बग्छ उनि एकछिन निशब्द भईन।

आफुले ओडेको बर्किले आँसु पुच्दै छोरा म आज यति खुँशि भयँ जो अहिले सम्म यस्तो खुसि कसैले दिन सकेको थिएन। तर हजूरको आँखामा किन आँशु छ त भुन्टेले आश्चार्य हुँदै भन्छ?आँसु आसुँ मा फरक हुँन्छ छोरा यो खुसिको आँसु हो।रुकमणि ले उस्को निदार चुम्छिन।अनि आमा मलाई कसरी थाहा हुन्छ हजूर को आँखा सदै बर्षेको देख्छु।कुन खुसिको हो र कुन आँसुको थोप्लो दुखःको हो?उस्ले गम्भिर प्रश्न गर्छ।यो नाप्ने यान्त्र आफ्नो हृदमा लुकेको हुँन्छ छोरा त्यहि बुझ्न सक्ने असलि शन्तान हुँन्छन। आमाँ त साँचै भन्नेहो भने आफ्नो औलादकै लागि बाँचेका हुँन्छन”रुकमणिले थप्छिन।

हो आमा मलाई थाहाछ हजूरको आखा बाट बगेको आँसु कुन खुसिको हो कुन दुख्ःको त्यो पनि मैले मेरो मुटुमा बेग्ला बेग्लै ठाउँ बनाएर संगालेको छुँ।मलाई थाहाछ हजूर को आँसुको बारेमा भन्दै आमाको काखमा टाउको राख्छ।रुकमणिले उस्को टाउको मस मसाउँदै छोराकै भबिष्यको कल्पनामा हराउँछिन।१९-०६-२०२०,

चर्चामा

सम्बन्धित समाचार