• होमपेज
  • क्रिकेट
  • अन्तिम खेलमा नेपालको शानदार प्रदर्शन, वेष्टइण्डिज ए माथि नेपाल ६ विकेटले विजयी

अन्तिम खेलमा नेपालको शानदार प्रदर्शन, वेष्टइण्डिज ए माथि नेपाल ६ विकेटले विजयी

  • शनिबार, बैशाख २२, २०८१
अन्तिम खेलमा नेपालको शानदार प्रदर्शन, वेष्टइण्डिज ए माथि नेपाल ६ विकेटले विजयी

नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३-२ ले जित्न सफल भयो । १७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे । अन्तिम १२ बलमा जित्नलाई २२ रन चाहिँदा ओबेद म्याककोयलाई कुशल मल्लले तीन चौका, एक छक्का र एक लेग वाइको रुपमा चौका प्रहार गर्दै जित दिलाए ।

नेपालका ओपनर आसिफ शेखले ३५ बलमा २ चौका र ४ छक्कासहित ५१ रन बनाउँदै आउट भए । तेस्रो नम्बरमा आएका अनिल शाहले ४५ बलमा ४ चौका र ४ छक्कासहित ५८ रन बनाए । ओपनर कुशल भुर्तेललाई १३ रनमा नेपालले गुमाएको थियो । दोस्रो विकेटका लागि अनिल र आसिफले ९६ रनको साझेदारी गर्दै जितको आधार बलियो बनाएका थिए । दीपेन्द्रसिंह ऐरी ५ रनमा आउट भए । ओबेद म्याककोयले ३ र म्याथ्यु फर्डले १ विकेट लिए ।

चर्चामा

सम्बन्धित समाचार