बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालीकामा कागति अभियान शुरु

बुढीगंगा नगरपालीकामा कागति अभियान शुरु

४० हजार कागतीका विरुवा रोपिने

  • बुधबार, फाल्गुन २१, २०७६
बुढीगंगा नगरपालीकामा कागति अभियान शुरु
फाइत तस्वीर

बाजुरा २१ फागुन– जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले एक पछि अर्को अभियान संचालन गर्दै आएको छ । देश सघिंयतामा गईसकेपछि ज्ञान केन्द्रले बिभिन्न स्थानीय तहमा बिभिन्न अभियान संचालन गर्दै आएको हो । जिल्लामा उत्पादन भएका बस्तुको बजारीकरण र कुन ठाउँमा के उत्पादन हुन्छ त्यही ठाउँमा फल्ने बालीहरुको प्रबद्धन गर्दै आएको छ । कृषि ज्ञान केन्द्र बाजुराले यस अघि स्याउ,आलु सिमी लगायतका बालीको बजारी करण तथा साफे मार्तडी सडकको छेउछाउमा उखु खेती लगाउने अभियान सम्पन्न पछि बुढिगंगा नगरपालिकामा कागती रोप्ने अभियान संचालन गरिएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिनप्रसाद जैशीले जानकारी दिएका छन् ।
जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले एक पछी अर्को बाजुराका किसानले कृषि ज्ञान केन्द्रको अभियानलाई साथ दिएर यसमा ईमान्दार र लगनशिल भएर लाग्ने हो भने विगत देखि गरिवि र अभावको जिल्ला भनेर चिन्ने गरिएको एकखालको परिचयलाई अवसर र सम्भावनाको जिल्लामा रुपान्तरण गर्न धेरै समय नलाग्ने कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द्र सिजापतीले बताए । बाजुरा जिल्लाका प्रायजसो सवै स्थानिय तहमा कागती फल्ने गर्दछ ता पनि वाजुरामा हाल सम्म यसको व्यवसायीक खेती हुन सकेको छैन यसै कुरालाई मध्येनजर गरी पहिलो चरणमा बुढीगंगा नगरपालीकालाई कागतीको नगरपालीका वनाउने उदेश्यले वडा नं १ देखि १० सम्म सवै वडामा व्यवसायीकरुपमा कागति खेतीको अभियान विस्तार गर्न ४० हजार कागतीको वोट रोपेर कागति अभियान शुरु गरिएको प्रमुख सिजापतीले बताएका छन् ।
कृषि ज्ञान केन्द्र बाजुराको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत वुढीगंगा नगरपालीकामा फलफूलको व्लक स्थापना गरी उक्त फलफूल व्लक अन्तरगत करिव २ हजार ५सय रोपनी जमिनमा व्यवसायीकरुपमा कागती खेती गर्न ४० हजार कागतीको वोट रोप्ने गरी योजना वनाएर धर्म वहादुर भण्डारीको संयोजकत्वमा ९ सदस्यीय व्लक संचालक समिति गठन गरी वुढीगंगा नगरपालीका, कृषि शाखा र ज्ञान केन्द्रको सहयोग र समन्वयमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको ज्ञान केन्द्रका सुचना अधिकारी मिनप्रसाद जोशीले बताए ।
कागति अभियानमा कागती रोप्ने कृषकको पहिचान गरी कागती रोप्नका लागि उपयुक्त जग्गाको छनौट गरिसकेपछि कार्यक्रमवाट कृषकलाई ५० प्रतिशत अनुदानमा गुणस्तरीय कागतिको वोट उपलव्ध गराउने, कृषकलाई कागति खेती सम्वन्धि तालिम संचालन गर्ने, ५० प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण वितरण, व्यवसायीक रुपमा वगैचा वनाएर खेती गर्ने कृषकलाई सिंचाईका लागि आवश्यक सहयोग गर्नुका साथै रोग तथा किराको व्यवस्थापनका लागि पनि प्राविधिक सहयोग गरिने भएको सुचना अधिकारी जैशीको भनाइ रहेको छ ।
वुढीगंगा नगरपालीका राजनितीक तथा शैक्षिक हिसावले जिल्लाकै उर्वर भूमि मानिएता पनि कृषि क्षेत्रमा प्रयाप्त सम्भावना हुँदा हुँदै पनी कृषि उत्पादनका दृष्टिकोणले खाद्यान्न वाहेक अन्य वालीको व्यवसायीक खेती शुरु हुन नसकेको सन्दर्भमा कागति खेतीका लागि प्राविधिक हिसावले उपयुक्त भएको कारण कृषि ज्ञान केन्द्र वाजुराले महत्वका साथ कागतिको नगरपालीका भनेर चिनाउने गरी यो कागती खेतीको अभियानलाई अघि वढाउन लागेको ज्ञान केन्द्रले जनाएको छ ।
सामान्यतया कागति रोपेको ४ देखि ५ वर्षमा फल्न शुरु गर्दछ । एउटा वयस्क कागतिको वोटमा सरदर एक हजार दाना सम्म फल्ने गर्दछ यसरी हिसाव गर्दा उक्त ४० हजार कागतिका वोटवाट करिव ४ करोड कागतिका दाना उत्पादन हुने र प्रति दाना ५ रुपैयाका दरले हिसाव गर्दा वार्षिक २० करोडको कागति उत्पादन हुने कृषि प्राबिधीकले बताउका छन् । हाल नेपालमा कागतिको कुल मागको ९० प्रतिशत भारत वाट आयात हुने गरेको छ जसलाई पैसामा हिसाव गर्दा वार्षिक करिव ४ अर्व वरावरको कागति आयात हुने गरेको तथ्याङ्क पाईन्छ । त्यसैले पहाडी क्षेत्रमा उत्पादन हुने कागति रसिलो वास्नादार हुनुका साथै उच्च गुणस्तरको मानिने भएकोले पनि कागतिको सम्भावना कति छ भन्ने कुरा प्रष्ट हुन्छ ।
कागतीको व्यवसायीक खेतीको लागी १ हजार मिटर देखि १ हजार ६ सय मिटर उचाई सम्मको मध्य पहाडी क्षेत्रको हावापानी तुषारो नपर्ने, जाडो महिनामा तापक्रम सुन्य डिग्री भन्दा तल नजाने, वार्षिक ८ सय देखि १ हजार २ सय मिलि मिटर सम्म पानी पर्ने, हुस्सु नलाग्ने, दैनिक ८ देखी १० घण्टा घाम लाग्ने र १० देखि ३५ डि.से बिचको तापक्रम भएको स्थानहरू ब्यवसायीक कागती खेतीको लागी अति उपयुक्त मान्न सकिन्छ । त्यसैगरी माटोको हकमा हलुका खालको दोमट वलौटे माटो पानी नजम्ने र माटोको पिएच ५.५ देखि ६.५ सम्म भएको २ मिटर गहिराई सम्म पनि ठूल ठूलो ढुङ्गा नभएको माटोमा ब्यवसायीक कागती खेतीको लागी अति उपयुक्त हुन्छ ।
कागतिको नगरपालीका वनाउने यस अभियानमा साथ दिन वुढीगंगा नगरपालीकाका सम्पुर्ण कृषक दाजुभाई तथा दिदीवहिनिहरुमा हार्दिक अनुरोध गर्दछौं भने अव जिन्दावाद् र मुर्दावाद्को राजनीतिभन्दा पनी उत्पादनमुखी राजनीतिका माध्यमवाट कृषिको रुपान्तरण आवश्यक भएको सन्दर्भमा सम्पुर्ण जनप्रतिनिधि, राजनितिक दल, वुद्धिजीवि शिक्षक कर्मचारी कृषक समुह तथा सहकारीहरुलाई आ आफ्नो तर्फवाट यस महत्वकाँक्षी योजनालाई सफल पार्नका लागि महत्वपुर्ण भूमिका निर्वाह गर्न अनुरोध गर्दछौं । विकासको सपना कसै न कसैले देख्नै पर्छ र सो अनुसार योजना वनाएर कार्यान्वयनका लागि पनि कसै न कसैले अगुवाई गर्नै पर्दछ सोही अनुरुप कृषि ज्ञान केन्द्र वाजुराले वुढीगंगा नगरपालीकालाई कागतीको नगरपालीका भनेर चिनाउने गरी एउटा ठुलो सपना देखेको छ सो सपनाका आधारमा कार्यक्रम तर्जुमा गरी कार्यान्वयनको वाटोमा अगाडी वढेको छ यसको सफलतला र असफलता वुढीगंगावासीको सक्रियतामा निर्भर रहनुका साथै जनप्रतिनिधि र कृषकको ईच्छाशक्तिमा पनि भर पर्नेछ ।

चर्चामा

सम्बन्धित समाचार