आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • विचित्र संसार
  • पुरुषको दुई पत्नि हुनैपर्ने अनौठो कानून भएको देश ‘एरिट्रिया’

पुरुषको दुई पत्नि हुनैपर्ने अनौठो कानून भएको देश ‘एरिट्रिया’

  • शुक्रबार, जेष्ठ ३, २०७६
पुरुषको दुई पत्नि हुनैपर्ने अनौठो कानून भएको देश ‘एरिट्रिया’

एजेन्सी । विश्वका धेरै मुलुकमा बहुविवाह कानूनी अपराध हो । तर, अफ्रिका महादेशमा पर्ने एरिट्रियामा पुरुषलाई दुईवटा विवाहका लागि बाध्य पारिन्छ ।अफ्रिकी मुलुक एरिट्रियामा हरेक पुरुषले दुईवटा विवाह गर्नु अनिवार्य हुन्छ । यदि कुनै पुरुषले दुईवटा श्रीमती विवाह नगरे उनीविरुद्ध कडा कारवाही पनि हुनसक्छ जसअनुसार उनीहरु जेलसमेत जानुपर्ने हुन्छ । एरिट्रियामा महिलाको तुलनामा पुरुषको संख्या निकै कम भएकाले यहाँको सरकारले यस्तो अचम्मको कानून लागू गरेको हो ।

यहाँ सन् १९९८ देखि २००० को बीचमा इथियोपियामा भएको युद्धका कारण एक लाख ५० हजार सैनिकको मृत्यु भएको थियो । साथै एरिट्रियाको सरकारले दोस्रो विवाहको सम्पूर्ण खर्च व्यवहोर्ने सहमती समेत गरेको छ ।यदि कुनै महिलाले आफ्नो श्रीमानको दोस्रो विवाहमा कुनै रोकटोक गरे उनलाई पनि जन्मकैदको सजाय दिइन्छ ।

चर्चामा

सम्बन्धित समाचार