आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • मोडेल स्लाइडर
  • भारतीय हिरोइनले आमामाथि शोषणको आरोप लगाउँदै भनिन्- धन्यवाद मेरी आमा

भारतीय हिरोइनले आमामाथि शोषणको आरोप लगाउँदै भनिन्- धन्यवाद मेरी आमा

  • बुधबार, बैशाख ४, २०७६
भारतीय हिरोइनले आमामाथि शोषणको आरोप लगाउँदै भनिन्- धन्यवाद मेरी आमा

भारतकी एक अभिनेत्रीले आफ्नी आमामाथि शोषणको आरोप लगाएकी छन्। मल्यालम सिनेमाकी चर्चित अभिनेत्री संगीता क्रिसले आफ्नी आमामाथि चरम शोषणको आरोप लगाएकी हुन्।

हालै उनकी आमाले आफ्नो सम्पति हत्याउन छोरीले आफूलाई घरबाट निकालेको आरोप लगाएपछि ट्विटरमा लामो पोस्ट लेख्दे संगीताले आमाको शोषणको खुलासा गरेकी हुन्।

‘प्यारी मम,

यो संसारमा ल्याएकोमा धन्यवाद। १३ वर्षको उमेरमा नै स्खुलबाट निकालेर पैसा कमाउन काममा लगाएको धन्यवाद। खाली चेकहरूमा हस्ताक्षर गर्न लगाएको धन्यवाद। जीवनमा कहिल्यै काम नगरेका तिम्रा जड्याहाँ र दुर्बेशनी छोराहरूको ऐशआरामका लागि मलाई शोषण गरेकोमा पनि धन्यवाद। तपाईंका निर्णयहरूमा हस्तक्षेप नगरोस भन्नाका खातिर घरको एक कुनामा मलाई थन्काएकोमा धन्यवाद। मैले उपाय ननिकाल्दासम्म मलाई बिहे गर्न नदिएकोमा पनि धन्यवाद। लगातार मेरो पति र मेरो परिवारको शान्ति भंग गरेकोमा पनि धन्यवाद। आमा कस्ती हुनुहुँदैन भनेर मलाई सिकाएकोमा धन्यवाद। र अन्तमा पछिल्लो समय मलाई लगाएको आरोपको लागि पनि धन्यवाद किनकी जान अन्जानमा तपाईका यी क्रियाकलापले तपाईंकी लाटी सुधी बच्चालाई लडाकु र परिपक्व बनाएको छ। यसका लागि सँधै तपाईंलाई म माया गरिरहनेछु’, ट्वीटरमा उनले लेखेकी छन्।

उनको सो ट्वीटमा उनका पति क्रिसले पनि समर्थन जनाउँदै उनको पीडा राम्ररी बुझेको लेखेका छन्।

सिनेमामा उनलाई रसिका नामबाट चिनिन्छ। उनले ‘गंगोत्री’ नामक सिनेमाबाट डेब्यू गरेकी थिइन। फिल्मफेयर अवार्ड विजेता रसिकाले सन् २००९ मा फिल्म निर्माता क्रिससँग विवाह गरेकी थिइन्। उनकी एक छोरी रहेकी छन्।

सेताेपाटि बाट शाभार

चर्चामा

सम्बन्धित समाचार