शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बलिउड/हलिउड
  • पूर्व मिस ब्राजिलको २७ वर्षको उमेरमा निधन

पूर्व मिस ब्राजिलको २७ वर्षको उमेरमा निधन

  • बिहिबार, असार ९, २०७९
पूर्व मिस ब्राजिलको २७ वर्षको उमेरमा निधन

पूर्व मिस ब्राजिल ग्लेसी कोरेइयाको २७ वर्षको उमेरमा निधन भएको छ । टन्सिन निकाल्नका लागि गरिएको शल्यक्रियाका कारण उनलाई ब्रेन ह्यामरेज र हृदयघात भएको थियो ।

इन्डिपेन्डेन्टका प्रकाशित समाचारका अनुसार सन् २०१८ मा मिस युनाइटेड कन्टिनेन्ट ब्राजिलको उपाधिकी बिजेता कोरेइयाको सोमबार एक नीजि क्लिनिकमा निधन भएको हो । उनी पछिल्लो दुई महिनादेखि कोमामा थिइन् । टन्सिन हटाउनका लागि उनको शल्यक्रिया गरिएको थियो तर त्यसको केही दिनपछि उनको अत्यधिक रक्तश्राव भयो र अप्रिल ४ मा हृदयघातसमेत भयो ।

कोरेइयाको शव पोस्ट मार्टमका लागि पठाइएको छ । उनी एक मोडल, ब्युटिसियन र इन्फ्लुएन्सर थिइन् । इन्स्टाग्राममा उनका ५६ हजारभन्दा बढी फलोअर्स छन् ।

चर्चामा

सम्बन्धित समाचार