बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • निरुता खत्रीको ‘उडिगै डालिका मैना’ सार्वजनिक (भिडियोसहित)

निरुता खत्रीको ‘उडिगै डालिका मैना’ सार्वजनिक (भिडियोसहित)

  • मङ्लबार, अशोज २५, २०७९
निरुता खत्रीको ‘उडिगै डालिका मैना’ सार्वजनिक (भिडियोसहित)

गायिका तथा माेडेल निरुता खत्रीको स्वरमा रहेको ‘उडिगै डालिका मैना’बोलको नयाँ देउडा गीत सार्वजनिक भएको छ ।

‘उडिगै डालिका मैना’ देउडा गीत निरुता खत्री युट्युब च्यानलबाट गएकाे शुक्रबार सार्वजनिक भएको हो । वियोगान्त कथामा आधारित उक्त गीतमा खत्रीको एकल गायन रहेको छ ।

कमल विरही थापाको शब्द तथा लय रहेको गीतमा म्यूजिक एरेन्ज तेजेन्द्र गुरुङले गरेका छन् । गीतको अभिनयमा पनि खत्री नै देखिएकी छन् ।

मर्मस्पर्शी गीत गायनमा परिचय बनाएकी खत्रीले सार्वजनिक भएको गीतमा निकै मिहिनेत गरेको प्रतिक्रिया दिएकी छन् ।

चर्चामा

सम्बन्धित समाचार