सोमवार, मंसिर २०, २०७८
  • होमपेज
  • विचार/ब्लग
  • यही ठौर सम्वृद्धिका बुका फायर

यही ठौर सम्वृद्धिका बुका फायर

  • शुक्रबार, चैत्र २२, २०७५
यही ठौर सम्वृद्धिका बुका फायर

प्रेम वि.क
जहाँका अधिकाँश मान्छेले इज्जतिलो जीवन जीउन पाएका छन् कि छैनन् भन्ने कुराले त्यहाँको समाज परिवर्तन वा विकास भएको छ कि छैन भन्ने कुराको निर्धारण गर्छ । कोहीसँग सम्पत्ति नै छैन् । कोहीसँग यति धेरै छ कि जे गर्दा पनि सकिदैन । कसैले जीवनयापन गर्न जीउ बेच्नु पर्ने । कसैले रगत पसिनामा गाँस मुछ्नु पर्ने त कसैले बात मारी काँसको थालमा भात मार्नु पर्ने । यो अन्याय होइन ? समाजमा भएको । भन्न सकिएला कोही अति खटिएर, कोही हदै अल्छि भएर यस्तो भयो । होईन् त्यो । यो त सब राज्यको व्यवस्थामा भर पर्छ । समाजको उचित व्यवस्थापनमा भर पर्छ । नेतृत्वको सही योजनामा भर पर्छ र, हरेक जनको सृजनशिल सकारात्मक आलोचनात्मक चेतमा निर्भर हुन्छ ।
तर, यहाँ सारा दलित गरिबहरुलाई अल्छि करार गर्दैछन् । यसो गर्न मिल्छ ? यहाँको गरिबीको कारण हरेक गरिब व्यक्ति र परिवार दोषी भएर हो ? वा गढबढी व्यवस्थामा छ ? त्यो नियाल्न ईतिहास हेर्नु पर्ने हुन्छ । यहाँ हिजो आजको परिश्रमी वर्गको कोही मान्छे निकै दलनमा छ । उसले आफ्नो जिन्दगीमा पाउनुपर्ने जति सम्मान पाएको छैन ।
जन्मीदै कोही सम्पन्न भएर आउँदैन्, यो धर्तीमा । ऊ दलितको घरमा जन्मियो । उसको भाग्य नै त्यस्तो भनेर त्यत्तिकै छोड्न मिल्छ ? कोही जनजातिको घरमा जन्मियो, उसले नेपाली भाषामा राम्रोसँग पढ्न सकेन, बिभिन्न कारणले पढाईमा सुधार भएन । फेल भयो । ऊ गरिब नै रह्यो । अब उसलाई ‘तँ जनजातिको घरमा जन्मिस्’ भनेर पन्छाउन मिल्छ ? यहाँ तर्क के गरिन्छ भने म ठकुरीको घरमा जन्मीएँ । म बाहुनको घरमा जन्मिएँ, म क्षेत्रीको घरमा जन्मीएँ । त्यसैले म मै हुँ । हामी भनेका हामी हाँै ।
तिमी भनेका अगाडि पछाडि लाग्ने वाला हौ । मुलधारमा होईन् । उसो भए कोही लवारको परिवारमा जन्मियो । के यो उसको गल्ति हो ? त्यसो भए दलित समुदायमा जन्मेर गल्ति गरेको हो त्यसले ? यस्तो तर्कका उभिने कुनै खुट्टै छैन् । त्यसका लागि कहिँ कतै ठाउँ नै हुँदैन, सरासर । त्यसैले समस्या राज्यको व्यवस्थामा र हाम्रो सामाजिक संरचनामा छ । चिन्तनमा छ । त्यो समस्या कसरी छ भनेर खोजेपछि मात्रै हाम्रो तर्कले उभिने जमिन पाउँछ । खुट्टाले बैशाखी । नत्र बेकार हुन् माथिल्ला पंक्तीका तर्क ।
सन्र्दभ यहाँकै हेरौँन ।ः जुन गाऊँ समाजका मान्छे ९० प्रतिशत विदेशी आयातित अर्थात रेडिमेट कपडा लगाउँछन, जहाँका पुरुष भनौ या महिला ? बालादेखि बुढासम्मकाको निकै होड्बाजी नै चलेको छ । कसले बढीभन्दा बढी महँङ्गा र भड्कीला रेडिमेट कपडा लगाउँने ? त्यही समाजमा लाखौँको खर्च गरेर सिलाई कटाईको प्रशिक्षण चलाईदैछ ।
गाउँगाउँमा भएको अल्लो र भाँङ्ग्रोको व्यवास्था गरेर वस्ती बस्तीमा रेडिमेट रेल र जहाज चढेर आएका लुगालत्ताका पसल थाप्ने । हाम्रा सेवाग्राही तथा उभोक्ताका आनीबानीलाई विदेशी बनाउने । अर्कोतिर एकाद मान्छेलाई सिलाई कटाईको तालिम दिँदा कति युक्ती होला ? कति सिलाई व्यवसाय फस्टाउला र तिनको ? जब यिनका कैची र मेसिनले सिलाउनु पर्ने कपडा किन्न उतै इण्डीयालाई पैसा पठाउँनु पर्ने हुन्छ भने होला कसो ? धन र मन पारि राखी घरदेशको आर्थिक उन्नती हुन्छ ? हुँदैन् । यो केबल सम्वृद्धिको बुको फायर हो ।
यहाँ नेर मैले कैसैलाई सिप नै सिकाईनु हुँदैन चाहीँ भनेको होईन् । कुरा के हो भने– त्यो समुदायको वास्तविक आधारभूत आवश्यकता के हो ? कहाँ नेर कस्लाई के के को खाँचो छ ? सामान्य त्यसको जानकारी नै नराखी हावाको भरमा मेसिन र कैचीँ कसैको हातमा थमाउँदैमा केही हुँदैन् । कैची र मेसिन घरघरमा छन्, दलित भित्र पर्ने दमाई समुदायका । फेरि आजभोलि अरुकोमा पनि छन् । त्यही मेसिन र कैची हुनेहरु आज वैदेशिक रोजगारका लागि यो महिनाभित्र मात्रै २७ जना बाहिरिए । त्योपनि हाम्रै दलित समुदायबाट । कसै नेताले सोधेनन्, एक पटक पनि । किन केका लागि बाहिरिदै छौ घर छोडेर ? लालाबाला छोडेर ? बुढाबुढी छोडेर ? कहाँ जाँदैछौ, भनेनौ ।
आज तिनै मान्छेका जुन पेशाले बालबच्चाको मुखमा तातो माण जुटाउन नसक्नेका महिलाहरुलाई त्यही सिलाई कटाई तालिम दिईदैँछौ । साहेद ! वैदेशिक भूमीमा पसिनासंग साँटेर पठाएका कागची नोटहरुका माला सिलाउँनलाई होला । त्योपनि प्रमुख अतिथि भएर अतिथि भएर घाँटीमा हलाउन । ह्याट्रिक हान्न क्या सिपालु ? वरिष्ठतम् नेता तथा कार्यकर्ता । वा ! माने । अरु के नै पो छर सिलाउँने ? अल्लो भाँङ्ग्रा थियो, कपडा बनाउँने आधार । त्यो राता रात हराउँदै छ । खुईलिँदै छन् तिनका जरा ।
एक सानो उदारहण नियालौ न यहाँ नेर । जिल्लामै धेरै पहिले मार्तडीका स्थानीय नरि रावलले कपडा बुन्ने हाते मेसिन तयार गरेका थिए । तिनको सुनाई नै भएन् । मेशिन थला परेको छ, त्यो मेसिन अहिले पनि । जिल्ला अस्पताल नजिकै छ । हेर्नु होला । धुलाम्य भएको भेटिएला अब त । उनले उहीलेई स्थानीय श्रोत र साधानको प्रयोग गरि समाजको सम्वृद्धि देखेका थिए । निरुत्साहित भए । हराए ।
विडम्बना ! सस्तो लोकप्रियता को युग न भयो यो । यहाँ जे जस्को झुटा होस् कि साँचो ? हल्ली खल्ली गरे, भए पुग्यो । केही मतलब छैन् । दुनीयालाई साँची कुरा सुन्ने बुझ्ने फुर्सदै कहाँ छ र ? चार सही चार प्वाणी जस्ले माईक ठटाई गर्यो गर्यो । त्यो नै नव नायक । त्यो नै नेता । त्यो नै योजनाकार । कस्तो ! अन्तिम सत्य जस्तो । हाम्रो राजनीतिक विधि विधान पनि त्यसैमा आधारित छ । सब ठीक ठाक । कस्तो चाँजो पाँजो मिलाउन जानेका ? नव विधाताहरुले । हुन त लाटाहरुको ताली यहीँ नेर बज्छ भन्ने थाहा छ नि उहाँहरुलाई ।
सुन्दर नारा हो सम्वृद्धि । जहिले पनि जहाँ पनि जस्लाई पनि मन पर्छ । झन भाषण गर्नेलाई त कुरै छाडौँ । आफ्नो सम्वृद्धि हुन्छ कसरी भन्ने कुरा नव दलालहरुलाई राम्ररी थाहा छ । र, थाहा अर्कोपनि छ । जनतालाई वेवकुफ कसरी बनाउँने भन्ने । पत्तै पाउँदैनन् सोझा साझा मान्छे । सम्वृद्धि हो के चिज ? तर, भन्दैनन् ति माला लाउन आएका मान्छे । तन मन र जनजनलाई साँक्षी राखी समाजमा आउने फरक पन हो सम्वृद्धि भनेर ।
सोझासाझाका खेत बाँझा रखाई दिगभर्मित योजनाका बीउहरु छर्छन् । न कुल्याउँछन् । न गोडमेल गर्छन् । र, भन्छन् पक्कै उर्मीनु त पर्ने हो “सम्वृद्धि” । अन्तिममा पंक्तिकारको भनाई छ– महासय जनताको सारथी हुन आउँनु होला । सम्वृद्धिको बुको फायर उडाउन प्रमुख अतिथि भएर होईन् । राम्रो हुँदैन् । सबै जान्दछन । असिनाको मृत्यु घटना स्थलै हुन्छ । तपाईको सम्वृद्धिको भाषण त्यसै नहोस् ।

लेखक : नेपाल पत्रकार महासघं बाजुरा शाखाका सचिव हुन् ।

[email protected]

चर्चामा

सम्बन्धित समाचार