बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • लघु कथा : अटो ड्राइभर

लघु कथा : अटो ड्राइभर

  • मङ्लबार, फाल्गुन १४, २०७५
लघु कथा : अटो ड्राइभर
– सुरेन्द्र शाही “गुलाव कान्छो”
बसपार्क नजिकैको होटेलमा थियो मेरो टिम। म बिहानै उठे ड्राइभ र अरु दुईजना भाईपनी उठाए । हामी सबै फ्रेस भयौ। केहीबेरको छलफल पश्चात् बिहान गड्डाचौकी भन्सारमा काम गर्ने अनि खाना खाएर दिउँसो दोधारा चाँदनीमा कामसङ्गै घुम्नजाने सल्लाह भयो। चियाखाएर सबै जना अटोमा चढ्यौ। अटोमा निकै चिसो भयो सिधै मुटुलाई स्पर्श गरीरहेको थियो हातपनी बरफजस्तै भैसके चिसो सिरेटोले।
मसिंर महिनाको चिसो त्यो पनि एका विहानै। समय अनुकुल छ रोडमा टाङ्घोडा कुदिरहेका छन्। टक टक आवाज आइरहेको छ नेपाली कालोपत्रे रोडमा घोडाको हिडाइले। गड्डाचौकि भन्सार को एकतिर लस्करै राखिएका छन इ-रिक्सा,टेम्पो र अटोहरु झट्ट हेर्दा रेलजस्तो देखिन्छ त्यो लस्कर। ट्राफिकले पनि आफ्नो कामलाई कर्तव्यनिष्ठ भै निर्वाह गरीरहेका छन। उता गेटमा पुलिसलेपनी भारत जाने र नेपाल भित्रीने गाडी र मोटरसाइकललाई चेकजाँच गर्दै छन। मेरो टीमपनी कामको सिलसिलामा त्यहाँ पुगेको हो। अटोकै लस्करको पछाडी हाम्रो अटो रोक्न भने गुरुलाई। गुरुलेपनी केही नबोलेरै मेरो ठाडो आदेसलाई स्वीकार्दै बढो अनुसासित भएर अटो रोके। सबैलाई अटोमै बस्न आदेस दिएर नजिकैको पुरानो ठेलागाडी भएतिर गए।
अंकल खाजा के बन्छ? चिया पाक्छकी?
एकैपटक दुई प्रश्न गरे।
बन्न त बन्छ तर चिया ऊ त्यो होटेलमा बन्छ सर।
(मलाई हातको इसराले होटेल देखाउदै बोले अंकल।)
ए! ठिकैछ उतै भन्नुपर्ला चिया। बरु, यहाँनेर एक घण्टाको लागी यो गाडी राख्न मिल्छकी अंकल ?
मिल्छ किन नमिल्नु अलि उतातिर राख्नुहोस यतातिर बाटो राखेर।
हस हुन्छ अंकल!
हामी चारै जनामिलेर क्यानोपी सेटगरी भुइँमा निलोरङ्गको कार्पेट ओछ्यएर गाडीलाई क्यानोपी भित्र राख्यौ। क्यानोपीको दायाँ छेउमा टेबुल, टेबुलमाथी साउण्डबक्स राख्यौ नबजाएर।
तराइ क्षेत्रमालाग्ने बक्लो हुस्सुलाई सुर्य बिस्तारै छिचोल्दै आफ्ना बिहानिका कलिला किरण धर्तीमाछर्दै छ। चिया पियएर आ-आफ्नो काममा लाग्यौ।गुरु गाडीमा, तेज र कपिल फर्म्याट भर्न हिडे म उनकै पछी- पछि फोटो खिच्दै ह्वाटसयापमा डाउनलोड गर्दै र छलफलमा ।
सर नमस्ते!
मेरो अगाडी मेरै उमेरको एक जना युवक हातमा चावी खेलाउदै बोले मुस्कानमा।
मैलेपनि नम्रताकासाथ मुस्कानसङ्गै नमस्ते फर्काए।
के छ सर हालखबर ? चिनेजस्तै गरि निर्धक्कसाथ बोले ती युवक।
ठिकै छ।तर, बिहानको चिसोले हालत खराब छ।
हाँसोको बोलीमा म बोले ज्याकेटको खल्तीमा हातहाल्दै।
उम्म सर ! यस्तै हो तराईमा। हिउँद साह्रै चिसो,वर्खा घामले भत्तभती उमाल्ने। हातले हाउभाउ गर्दै बोले युवक।
हो कति गाह्रो…! म।
……………..!
युवक केही बोलेनन् केहीबेर मौन रहे।
यताको सिस्टम मलाई मन पर्यो अटोको लाइन र लाइनैपिच्छे पालो।यसो भयो भने सबैले पैसा कमाउने र गुरु-गुरुहरुमा झै-झगडापनि नहुने है ? खुशीको भाव दर्शाउदै म बोलेँ।
हो सर! नत्र त बोल्ने जतिछन उनैगुरुको मात्र कमाई हुन्थ्यो। नबोल्ने त चिल्लाराम। यो नियमले त राम्रो भएकोछ लफडापनी नहुने,पैसापनी कमाई हुने।
युवक बोले।
हजुरको कुन गाडीहो गुरु? म।
ऊ त्यो रातो रङ्गको भन्दा अगाडिको हरियो TVS गाडी।
मलाई औंलाले आफ्नो अटो देखाउदै बोले युवक।
ए..! गाडी त नयाँ रैछ नी है? म।
हो सर,छ,सात महिना भो लगेको। युवक ।
खासमा भन्ने हो भने तपाई अटो चलाउनुहुन्छ जस्तो त लाग्दैन मलाई…।
कौहुलता मा त्यो युवकलाई हेर्दै बोले म।
हो सर ! बुवाले चलाउनु हुन्थ्यो अचेल मै चलाउछु।
मलिन स्वरमा एक्कसी अनुहार नै परीवर्तन गरेर बोले युवक।
किन ? म।
हाम्रो देशको चलन नै यही हो कि खै लाखौं खर्चेर पढिन्छ,जाबो चारपाँच हजारको जागीरपनि मिल्दैन। आमाबुबाले कति दु:ख गरेर मलाई हुर्काउनु भयो,बढाउनु भयो, पढाउनु भयो अन्तिममा यी यही हो सर हालत, अटो ड्राइभर ।अब यो भएपछि कसैले जागीर खोस्लाकी भन्ने डरपनी कम तलब आउन महिना कुर्नुपर्नेपनि हुदैन । स्वैच्छिकमा म लाग्यो गर्‍यो मन छैन बस्यो…..
बोल्दाबोल्दै एक्कासी मौन भए ती युवक।
हुन त हो । के गर्ने हाम्रो देश गरीब र खोक्रो भैसक्यो नेतामात्रै धनी…
साला भ्रष्टनेताहरु न गर्न दिन्छन् न गरीखान्छन् मात्र हामी सोझा-साझा जनता लुटेर ऐस र आराममा छन गधाहरु।
मेरो कुरो काट्दै निकै झोकमा बोले युवक।
हो। खासमा तपाई कति पढ्नुबाको?
राजनीतिको कुरोलाई मोड्नखोज्दै अर्कै प्रश्न गरेँ।
ब्याचुलर सकेर बसेको दुई वर्ष भयो। मलाई हाम्रो देशको राजनीति देखेर भित्रीमनै देखि घृणाजागेर आउँछ। आफ्नै दाजुभाई,बाआमासङ्ग र आफ्नै प्रीय कार्यकर्तासङ्ग घुसखाने मेरो देशका चोर,गुन्डा,फटाहा नेताको खोक्रो राजनीति थुइक्क ! सतीले सरापेको मेरो देश, गुन्डागर्दीको आडले र बलत्कारीहरुले चलाएको मेरो देशको सरकार, अनि अन्धो कानुन जसले पावर र पैसावालाको चाकडी गरि सोझा र साझा जनतालाई पिरलिरहने, दु:खदिइ रहने, सताइरहने र अझै आफुलाई पुगेन भनेर चर्को कर असुली गरीबहरुले टाउकोदुख्दा सिटामोल नपाउदा वास्तानगर्ने र आफुलाई पाँचतारे होटेलमा खाएको परीकार नपचेर पखालाचल्दा त्यही जनाताबाट असुलेको करलाई झ्याप मारेर विदेशी अस्पताल धाउने हाम्रा मनगण्ते नेताहरु छि !
मैले जागीरकोलागी धेरै धाँए कतैपाटी मिलेन कतै मैले दिनसक्ने पैसाको कमी भयो, कतै मेनपावर पुगेन त कतै आफ्नै भन्नेहरुले नै धोका दिए। नेताभानाउदाहरुलेपनी भोट जनताबाट लिए, प्रचारप्रसारपनि जनतालाई नै गराए जब उनी कुर्चिमा पुगे जागीरमा आफ्नै सालासाली,भाईबहिनीहरु लाई र आफ्नै नातागोतालाई लगाए…..। अब आउने चुनावमा कोहि मेरो घरमा अनेक बाहानाबाजी गरेर भोट माग्नमात्र आवसन भुत्ते बन्चरोले टाउको फोडिन्छ। धारनभएको खुकुरीले त्यसको घाँटी रेटिन्छ अब……
तपाईको कुरो मैले बुझिसके। म पनि सोहीमापर्ने एक पात्र हुँ । छोडीदिसबै कुरा ! बरु तपाईको काम मलाई चित्त बुज्यो। कमसेकम अरुको अन्डरमा चल्नुपरेको त छैन नी होइन र ?
त्यो युवकको कुरो काट्दै बोले म अलि हौसला प्रदान गर्दै जोशिलो र आँटीलो भएर।
त्यो त हो सर !
मुस्कानमा बोले युवक।
हुन्छ यतै छम भेट्दै गरमला है, म काममा जान्छु ल।
हस स
हस! सर!
हात मिलाउदै बोले युवक।
 

चर्चामा

सम्बन्धित समाचार