कैलालीमा झण्डै पौनै तीन लाख सहित सात जुवाडे पक्राउ
कैलालीमा झण्डै पौनै तीन लाख सहित सात जुवाडे पक्राउ परेका छन्। जिल्लाको लम्की चुहानगरपालिका वडा नम्बर ६ चोरीपुरको खोलाको किनारबाट उनीहरुलाई दुई लाख ५९ हजार सात सय नगद सहित प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा लम्कीचुहा नगरपालिका वडा नम्बर ४ का ४३ वर्षीय दिपक भण्डारी, सोही ठाउँका २८ वर्षीय प्रकाश शाही, ३४ वर्षय कृष्ण विष्ट, […]