शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ६
  • कर्णाली सरकारको बजेटमा सुदूरपश्चिमका ९ योजना, १ करोड ३० लाख विनियोजन

कर्णाली सरकारको बजेटमा सुदूरपश्चिमका ९ योजना, १ करोड ३० लाख विनियोजन

  • सोमवार, असार १३, २०७९
कर्णाली सरकारको बजेटमा सुदूरपश्चिमका ९ योजना, १ करोड ३० लाख विनियोजन

कर्णाली प्रदेशको आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेटमा सुदुरपश्चिम प्रदेशका केही जिल्ला पनि समेटिएका छन्। कर्णालीको रातो किताबमा सुदूरपश्चिमका तीन जिल्ला समेटिएको पाइएको हो।
बजेट किताबमा बझाङ, दार्चुला र बैतडी समेटिएका छन्। यी जिल्लाहरुका लागि कर्णाली सरकारले तटबन्ध तथा बाँध निर्माण गर्न ९ योजना छनोट गरेर एक करोड ३० लाख बजेट विनियोजन गरेको छ। कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयले वेवसाइटमा राखेको रातो किताबमा तीन जिल्लाका योजनाहरु उल्लेख गरिएका छन्। जसमा जलस्रोत तथा उर्जा विकास मन्त्रालय अन्तर्गत नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ।​
संघीय सरकारबाट प्राप्त सशर्त अनुदान अन्तर्गतको रकम कर्णालीमा आएको त्यहाँका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बताए। ‘उता (सुदूरपश्चिम) पठाउनुपर्ने योजना यता कर्णालीमा आएको हो’, मन्त्री विष्टले भने, ‘संघले फिर्ता मागेपछि फिर्ता हामीले यहाँबाट निर्णय गरेर पठाउनुपर्ने हुन्छ। यदि फिर्ता नमागेको अवस्थामा रकमान्तर गरी कार्यान्वयन गर्छौं।’ मन्त्री विष्टका अनुसार कर्णालीको कुल बजेटसँग अहिले यो बजेटपनि जोडिएको छ।

चर्चामा

सम्बन्धित समाचार