मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • प्रदेश १
  • देशभर १९ गाउँपालिकाले ल्याएनन् बजेट

देशभर १९ गाउँपालिकाले ल्याएनन् बजेट

  • शनिबार, असार ११, २०७९
देशभर १९ गाउँपालिकाले ल्याएनन् बजेट

देशभरका ४३५ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । देशभर ४६० गाउँपालिका रहेकोमा ९५ प्रतिशतले तोकिएकै समयमा बजेट ल्याएका हुन् ।

गाउँपालिका राष्ट्रिय महानसंघ नेपालका अनुसार १९ वटा गाउँपालिकाले बजेट पेस गरेका छैनन् भने ६ वटा गाउँपालिका सम्पर्कमै छैनन् ।

बजेट पेस नगर्नेमा मधेश प्रदेशका १२, लुम्बिनिका ३, बागमतीका २ र कर्णाली र सुदूरपश्चिमका २/२ वटा गाउँपालिका रहेका छन् । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका २/२ वटा गाउँपालिका भने सम्पर्कमै नआएको महासंघले जनाएको छ ।

असारको १० गतेभित्र बजेट पेस गरिसक्नु पर्ने संवैधानिक र संघीय कानुनमा व्यवस्था छ । बजेट नल्याएका गाउँपालिकाले पनि केही दिनमै सभा गरी बजेट ल्याउने महासंघले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार