बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • यी हुन् बडिमालिका नगरपालिकाले नगर सभाबाट पारित गरेका कार्यक्रम

यी हुन् बडिमालिका नगरपालिकाले नगर सभाबाट पारित गरेका कार्यक्रम

  • शनिबार, असार ११, २०७९
यी हुन् बडिमालिका नगरपालिकाले नगर सभाबाट पारित गरेका कार्यक्रम

बाजुरा —  बडिमालिका  नगरपालिकाले नगर सभाबाट महत्वपूर्ण कार्यक्रम पारित गरेको छ । नगर प्रमुख अमर बहादुर खड्काकाे अध्यक्षतामा संचालन भएको नगरपालिकाको  नगर सभामा २०७९÷८० को  नीति तथा कार्यक्रम र बजेट प्रस्तुती गरिएको छ ।” समृद्ध नगर , खुसी नगरवासीको आधार, शिक्षा र स्वास्थ्यमा सुधार, पर्यटन प्रवर्द्धन, प्राकृतिक स्रोत तथा कृषिजन्य उत्पादनको व्यापार ” भन्ने मुल नाराका साथ निति तथा कार्यक्रम ल्याएकाे जनाएकाे छ ।
शिक्षा– २ वटा प्राविधिक शिक्षा कक्षा संचालनका लागि पहल गर्ने ।
८ वटा सामुदायिक विद्यालयमा ई फेस हाँजिरिकाेे व्यवस्था गर्ने ।
सवै सामुदायिक विद्यालयमा एउटै प्रकारकाे रंगरोगन तथा रेलिङकाे व्यवस्था गर्ने।
नगरस्वयमं शिक्षकलाई नगर अनुदान शिक्षक काेटा रूपान्तरण गरि अपुग शिक्षक दरवन्दिकाे समस्या समाधान गर्ने ।
विद्यालयमा संचालन हुने अतिरिक्त कृयाकलापसंग पम्परागत सीप डाेकाे नाम्लाे बुन्ने, कुटाेकाेदालाे गर्ने, प्रयाेगात्मक क्रियाकलाप संचालन गर्ने ।
नगरपालिका भरिका सबै सामुदायिक विद्यालयका लागि घुम्ती खेलकुद तथा साँस्कृतिक प्रशिक्षणका लागि एकजना खेलकुद तथा १ जना साँस्कृतिक स्वयमसेवक शिक्षककाे व्यवस्था गर्ने ।
विद्यालयमा प्रजनन शिक्षा तथा प्राथमिक उपचारका लागि हाल मालिका माविमा महिला स्वास्थ्यकर्मी नर्श प्रशिक्षक भर्ना गर्ने ।
उच्च शिक्षा पढ्ने छात्रवृत्ती काेषकाे व्यवस्था गर्ने ।
सामुदायिक बिध्यालयमै आफ्ना छाेराछाेरी अध्ययन गराउने, शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिलाई पुरस्कारको ब्यबस्था गर्ने
लाेकसेवा तथा शिक्षक सेवा आयाेग, आर्मी तथा प्रहरीकाे तयारीका कक्षा संचालन गर्ने ।
स्वास्थ — नगर पालिकाभित्र विपन्न नागरिका लागि अाकस्मिक जटिल विरामिलाई अस्पताल पर्याउनकाे लागि निशुल्क एम्बुलेन्स सन्चालन गर्ने
बर्षकाे एकपटक विशेषज्ञ स्वास्थ्य शिविर संचालन गर्ने ।
म मात्रै हाेईन मेरा सन्ततिलाई स्वस्थ बनाउँछु भन्ने अभियान सचालन गरि भान्छा तथा खानपिन सुधार कार्यक्रम संचालन गर्ने ।
स्वास्थ्य संस्थाकाे पहुँच भन्दा टाढा रहेका बस्ति ढम्कने, सल्लेना र रापकमा शहरी स्वास्थ्य केन्द्र थप गरि स्वास्थ्य सेवा विस्तार गर्ने ।
महिलाकाे साथमा उपमेयर कार्यक्रम मार्फत महिलामा लाग्ने जाेखिम राेग निराकरण गर्न शिविर सचालन गर्ने ।
कृषि तथा पशुपन्छी — मार्तडीमा एकिकृत कृषि उपज संकलन केन्द्र तथा काेल्ड चेम्बर स्थापना गर्ने ।
एक गाउँ एक नमुना कृषि उत्पादन कार्यक्रम सचालन गर्ने।
कृषककाे उत्पादनलाई बजारीकरणका लागि ढुवानि सहयाेग गर्न कृषि एम्बुलेन्सकाे सेवा विस्तार गर्ने ।
आयातित खादा विस्थापित गरि स्वागत तथा सम्मान कार्यक्रममा फुल तथा दुवाेकाे माला प्रयाेग गर्न जाेड दिने ।
फलफुल राेपाै कृषक पेन्सन लिउ कार्यक्रम संचालन गरि फलफुल दशक कार्यक्रम सचालन गर्ने ।
 पर्यटन — पर्यटन प्रवर्द्धन र गन्तव्य पहिचानका लागि बडीमालिका यात्रा वर्ष २०७९ मनाउने
एेतिहासिक कला संस्कृति बाजा, पर्व संस्कार भेषभुषा पहिचान हुने गरि साँस्कृतिक संह्रालय स्थापनाका लागि पहल गर्ने ।
मार्तडीमा रहेकाे रानिवनलाई हरित पार्ककाे रूपमा विकास गर्दै ध्यान एंव याेग केन्द्र स्थापना पहल गर्ने ।
बडीमालिका नगर चिडियाखानाकाे सम्भाव्यता अध्ययन गरि निर्माणका लागि संघ र प्रदेशमा सरकार सग समन्वय गरि पहल गर्न ।
पुर्वाधार तर्फ — श्रमिककाे ज्याला बैंक खाता मार्फत व्यवस्था गर्ने ।
उपभोक्ताबाट संचालन हुनेआयाेजनाकाे लागत अनुमान नेपाली भाषामा तयार गर्ने ।
अायाेजना कार्यान्वयन गर्दा ईविडिङलाई प्राथमिकता दिने ।
सामाजिक तर्फ — खेलकुद मेयर कप फुटबल र उपमेयर महिला भलिवल कार्यक्रम संचालन गर्ने ।
एक वडा एक खेलमैदान पुर्वाधार निर्माण गर्ने ।
मार्तडीमा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय खेलमैदान तथा खेलकुद कबडहल बनाउन पहल गर्ने
सामाजिक सुरक्षा तथा अन्य — नगरभित्रका ४५ वर्ष पूरा भएका एकल अविवाहित महिला तथा ५० बर्ष पूरा गरेका पुरूषहरूकाे तथ्यांक संकलन गरि अर्काे आार्थिक वर्षमा सहारा भत्ताकाे व्यवस्था गर्ने ।
जनजाति उत्थान समन्वय समिति गठन गरि जनजाति उत्थान कार्यक्रम संचालन गर्ने
हेलाे मेयर टाेलफ्रि कार्यक्रम संचालन गर्ने
नगरकाे सुरक्षा व्यवस्थापनका लागि नगरप्रहरीकाे व्यवस्था गर्ने ।
राजस्व तथा कर संकलन वृद्धि गर्न बडीमालिका नगर कर बर्ष मनाउने
प्रधानमन्त्री राेजगार कार्यक्रमलाई प्रभावकारी बनाउन बडिमालिका राेजगार कार्यक्रम मार्फत साझेदारि गर्ने ।

चर्चामा

सम्बन्धित समाचार