बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • यौन स्वास्थ्य
  • बुढिगंगाले बिद्यालयमा सेनेटेरी प्याड वितरण गरेन्, नगरपालिकाको लापरबाही

बुढिगंगाले बिद्यालयमा सेनेटेरी प्याड वितरण गरेन्, नगरपालिकाको लापरबाही

  • मङ्लबार, असार १४, २०७९
बुढिगंगाले बिद्यालयमा सेनेटेरी प्याड वितरण गरेन्, नगरपालिकाको लापरबाही

पदम सि‌ंह– बाजुराको बुढिगंगा नगरपालिकाले बिद्यालयमा निशुल्क वितरण गर्ने सेनेटेरी प्याड यो आर्थिक बर्षको वितरण गरेको छैन् । बुढिगंगा नगरपालिकाको चरम लापरबाहीका कारण सरकारले निशुल्क गरेको सेनेटेरी प्याड बिद्यालयमा नदिएको पाईएको हो ।
आर्थिक बर्ष २०७८–७९ का मा बुढिगंगा नगरपालिका निशुल्क सेनेटेरी प्याड वितरणका लागि २६ लाख ५० हजार रहेको थियो । उक्त रकम असार सकिन लाग्दा सम्म पनि खरिद नभएपछि फिर्ता हुने अबस्थामा पुगेको छ । नगरपालिकाले खरिद गरेर वितरण गर्ने कुनै प्रक्रिया अगाडि नबढाएपछि किशोरीहरुले बिद्यालयमा सेनेटेरी प्याड पाउन सकेनन् ।
नगरपालिकामा ३० वटा सामुदायिक बिद्यालय रहेका छन् । ८ वटा माबि र २२ वटा आधारभुक्त बिद्यालय रहेका छन्, ति बिद्यालयमा ४० हजार पिस प्याड आबश्यक रहेको नगरपालिकाले वताएको छ । कक्षा ११ मा अध्यनरत भावना थापाले भनिन्, सरकारले प्याड निशुल्क दिने भनेको थियो, तर हाम्रो बिद्यालयमा यो आर्थिक बर्षभरी प्याड नपाएको वताईन् । प्याड नहुदा बिद्यालयमा महिनावारी भएको केही दिन बिद्यालय नआउने गरेको उनले वताईन् ।
नगरपालिका कर्मचारीले व्यवास्थाका कारण सेनेटेरी प्याड नपाएको बिद्यालयले जनाएको छ । बिद्यालय निरिक्षक जयराज न्यौपानेले भने कहिले कार्यकारी नहुने, कहिले आर्थिक अधिकारी भएको ब्यक्ति नहुने, कहिले स्टोर शाखाको कर्मचारी नहुदा खरिद गर्न नसकेको वचाउ गरिरहेका छन् । नगरपालिका एक शिक्षकले भने यो उनको बाहाना हो, तर कर्मचारीले नै खरिद गर्ने प्रक्रिया नबढाउदा प्याड नपाएको वताएका छन् ।
नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रबेन्द्र उखेडाका अनुसार अब आर्थिक बर्ष अन्तमा खरिद गर्न नसक्ने वताए । सुचना निकालेर खरिद गर्नुपर्ने हुन्छ, त्यो ढिला भइसकेको उनले वताए । आफु नगरपालिकामा ढिला आएको पहिला गरिसक्नु हो, अबत खरिद गर्न नसकिने उनले वताए ।
नेपाल सरकारले आर्थिक वर्ष २०७६–७७ देखि सामुदायिक विद्यालयका छात्राहरुलाई सरकारले घोषणा गरेको थियो । सरकारको २०७६ भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले छात्रालाई निःशुल्क प्याड उपलब्ध गराउने निर्णय गरेको थियो । “सरकारले कक्षा ६ देखिका छात्राहरूलाई निःशुल्क प्याड वितरण गर्न भनेको छ । त्यहि अनुसार सरकारले पालिकामा बजेटको ब्यबस्थापन समेत गरेको छ ।
सरकारले आगामि आर्थिक बर्ष देखी सेनेटेरी प्याड आयातमा लाग्दै आएको भन्सारमा ९० प्रतिशत छूट दिने निर्णय गरेको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री जनार्दन शर्माले प्याड आयातमा लाग्दै आएको भन्सार दर घटाएको बताएका थिए । सरकारले निशुल्क भनेपनि दुर्गमका धेरै बिद्यालयमा समयमै प्याड नपाउने जनगुनासो रहि आएको छ ।

चर्चामा

सम्बन्धित समाचार