शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका ६ स्थानिय तहकाे बजेट सार्वजनिक

बाजुराका ६ स्थानिय तहकाे बजेट सार्वजनिक

  • शुक्रबार, असार १०, २०७९
बाजुराका ६ स्थानिय तहकाे बजेट सार्वजनिक

धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् । केही पालिकाहरुले यसअघि नै सार्वजनिक गरिसकेका छन् । बाजुरा जिल्लाकाे त्रिबेणी नगरपालिका र हिमाली गाउँपालिकाले ९ गते नै बजेट ल्याइसकेका छन भने अन्य ६ पालिकाकाे बजेट ल्याउन आज निति तथा कार्यक्रम सुरु भएकाे छ ।

आज निति तथा कार्यक्रम ल्याउने  पालिकाहरु मध्य बडिमालिका नगरपालिका, बुढिन्नदा नगरपालिका, जगन्नाथ गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, गाैमुल गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाकाे निति तथा कार्यक्रम भइरहेकाे छ ।

जिल्लाका ९ स्थानिय तह मध्य बुढीगंगा नगरपालिकाबाहेकका सबै पालिकाहरुले निति तथा कार्यक्रम ल्याएका छन् ।  असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेका हुन् ।

बाजुराको बुढीगंगा नगरपालिकाबाहेकका सबै पालिकाहरुमा जनप्रतिनिधिहरु चुनिइसकेका छन् । ती पालिकाका जनप्रतिनिधिहरु नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने कार्यक्रममा व्यस्त छन् ।

चर्चामा

सम्बन्धित समाचार