शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सडक डिभिजन अछामले दियाे पाँच निर्माण व्यवसायीलाई समयमा काम सम्पन्न गर्न निर्देशन

सडक डिभिजन अछामले दियाे पाँच निर्माण व्यवसायीलाई समयमा काम सम्पन्न गर्न निर्देशन

  • शनिबार, असार ११, २०७९
सडक डिभिजन अछामले दियाे पाँच निर्माण व्यवसायीलाई समयमा काम सम्पन्न गर्न निर्देशन

बाजुरा — सडक डिभिजन कार्यालय साँफेबगर अछामले सात वटा सडकको  समयमा काम  सम्पन्न गर्न निर्माण व्यवसायीहरुलाई निर्देशन दिएको छ।

निर्माणाधीन सडक योजनाहरुको काम सम्झौता बमोजिम अघि बढाउन पटकपटक लिखित र मौखिक ताकेता गर्दा समेत हालसम्मको प्रगति सन्तोषजनक नभएको कार्यालयको ठहर छ। समयमा निर्माण कार्य पुरा गर्न कार्यालयले चेतावनीसहित निर्देशन दिएको हो। यस्तै समयमा निर्माण सम्पन्न गरी खरिद सम्झौता बमोजिम अन्तिम बिल भुक्तानीका लागि बिल पेस गर्ने समेत कार्यलयले आग्रह गरेको छ।

साथै समयमा निर्माण कार्य सम्पन्न नगरे खरिद सम्झौता अनुसार ठेक्का तोडिने प्रक्रियामा जाने पनि उक्त कार्यालयले जनाएको छ। निर्माणाधीन सडक आयोजना समयमा निर्माण सम्पन्न गर्न ताकेता गरिएका निर्माण व्यवसायीहरुमा सेबिका कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि, बीआरएस कन्स्ट्रक्सन एन्ड सप्लाएर्स, अमर-उदय सागर जेभी, सात भाई निर्माण सेवा एन्ड सप्लाएर्स प्रालि र एकेज कन्स्ट्रक्सन लगायत छन्।

चर्चामा

सम्बन्धित समाचार