शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • लिफ्ट मागेर बुढीतोलामा कर्मचारी लुट्ने ३ जना सार्वजनिक

लिफ्ट मागेर बुढीतोलामा कर्मचारी लुट्ने ३ जना सार्वजनिक

  • सोमवार, असार १३, २०७९
लिफ्ट मागेर बुढीतोलामा कर्मचारी लुट्ने ३ जना सार्वजनिक

धनगढीः कैलालीको बुढीतोलामा कर्मचारीमाथि कुटपिट गरेर लुटपाट गर्ने तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्लाको गोदावरी नगरपालिका-४ स्थित बुढीतोलामा कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो।

भारतको हरियाणा सोनीपथ बस्ने २१ वर्षीय भगतसिंह, सोही ठाउँ बस्ने १८ वर्षीय शाहिल बादलिसे र २० वर्षीय सन्नी जाँटलाई लुटपाट र कुटपिटको आरोपमा प्रहरीले आजै पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीका अनुसार उनीहरुलाई गोदावरी नगरपालिका १ स्थित भित्री सडकको ऐश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो।

केहीबेर अगाडि सोही स्थानको नजिकैबाट लुटिएको कार समेत फेला परेको थियो। कञ्चनपुरको दैजी घर भएका डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर भण्डारी आज महेन्द्रनगरबाट डडेल्धुरा जान हिडेका थिए। तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको थियो। घाइते भण्डारीलाई अहिले उपचारका लागि पदमा अस्पतालमा ल्याइएको छ। भण्डारीको टाउको र शरिरमा चोट लागेको छ।

चर्चामा

सम्बन्धित समाचार