बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • बाजुराको कवाडी अस्थायी डिपोमा चामल अभाब, हिमालीमा खाद्यन्न संकट

बाजुराको कवाडी अस्थायी डिपोमा चामल अभाब, हिमालीमा खाद्यन्न संकट

  • बुधबार, असार १५, २०७९
बाजुराको कवाडी अस्थायी डिपोमा चामल अभाब, हिमालीमा खाद्यन्न संकट

बाजुरा–बाजुराको हिमाली गाउँपालिकामा खाद्यन्न संकट भएको छ । समयमै ठेकेदारले चामल ढुवानी नगर्दा खाद्य संकट भएको छ । हिमाली गाँउपालिकाको कवाडी अस्थायी डिपोमा ठेकेदारले समझौता भएको चामल ढुवानीको नगर्दा महिना दिन देखी खाद्य संकट भएको हिमाली गाँउपालिका ३ स्थानिय धनलाल रोकायाले बताएका छन् ।
अनुदानको चामल ढुवानी नभएपछि हिमाली गाँउपालिका १, २, र ३ को बिच्छँया, ४ र ५ को रुगीनमा खाद्य संकट भएको छ । त्यस्तै हुम्लाको ताजाकोट गाउँपालिकामा समेत संकट भएको छ । हिमाली गाँउपालिका १ बिच्छँयाका धर्मलाल रोकाया दुुइ लगाएर कवाडी अस्थाई डिपोमा चामल किन्न पुुगे, तर डिपोमा एक दाना पनि चामल नपाएपछि रितो हात फर्केका छन् ।
कवाडी अस्थायी डिपोका लागि यो आर्थिक बर्षमा ४५ सय कुन्टल रहेको थियो । ठेकेदारले २८ सय चामल मात्र बोकेको थियो । बाँकि चामल ठेकेदारले चामल नबोक्दा कवाडी डिपोमा एकदाना पनि चामल नरहेको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुराका निमित्त प्रमुख सन्तोष बिकले वताएका छन् । चामल नहुदा बर्षातमा झनै खाद्य संकट हुने अबस्था देखिएको छ । कोटोका चामल पुगेपनि त्यहाँ खाद्य संकट हुने गरेको थियो, कोटाकै चामल ढुवानी नहुदा संकट उत्पन्न भएको बिकले वताए ।
चामल ढुवानीका जिम्मा एल वि कन्ट्रसन अदानचुली २ हुम्लाले पाएको थियो । अहिले डिजेलको मुल्य बढेको र अर्को बर्षायाम शुरु भएकाले ढुवानी गर्न नामानेको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ । कवाडीमा ढुवानी अनुदानको मोटो चामल प्रतिकेजी ४७ मा बिक्रि हुने गरेको छ । अहिले डिपोमा चामल नहुदा बजारको महँगो चामल किनेर बाध्य भएका छन् ।
हिमाली गाउपालिका १ बिच्छँयाबाट चामल किन्न भरेर गाउँ बाट २५ जना आएको तर चामल नपाएपछि रित्तो हात घर फर्कीन लागेको स्थानिय अम्मलाल बुढथापाले वताए । हामी चामल पाइन्छ भनेर आएको हौ, तर नपाए पछि घर जानु परेको उनले वताए ।
दुुई दिन लगाएर कवाडी पुुग्यौ, चामल पाएनौ बजारको महँगो चामल किनेर लिने स्थानियले वताएका छन् । घरबाट साहुुसंग चार हजार सापटी रिण निकाले चामल किन्न आएको चन्द्रबहादुर बुढथापाले बताए । साबिकको बिच्छँया गाबिसमा मात्र ४ हजार जनसंख्या रहेको छ, सबै घरमा खाद्य संकट भएको वताए । स्थानिय उत्पादनले बर्षमा दुई महिना पनि खान नपुग्ने गरेको छ । हिमाली गाँउपालिका बाजुराको सर्वाधिक बिकट गाँउपालिका हो, यो गाँउपालिकाको टाढाको गाँउ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गरेको छ ।
प्रमुख जिल्ला अधिकार प्रकाश चन्द्र अधिकारले कवाडीमा चामल सकिएको जानकारी आएको बताएका छन् । जानकारी पछि चामल ढुवानीको लागि सम्बन्धि कार्यलयमा ताकेता गरेको बताए । बर्षात पनि कुनै बिपत्ति आउन सक्ने भएकाले डिपोमा चामल मौजातका लागि पहल भइरहेको अधिकारीले वताए ।

चर्चामा

सम्बन्धित समाचार