बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बैतडीका ८ जनामा कालज्वरको सङ्क्रमण देखियो

बैतडीका ८ जनामा कालज्वरको सङ्क्रमण देखियो

  • सोमवार, असार १३, २०७९
बैतडीका ८ जनामा कालज्वरको सङ्क्रमण देखियो

स्वास्थ्य कार्यालय बैतडीका अनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका २, दोगडाकेदार गाउँपालिका र शिवनाथ गाउँपालिकाका एक/एक जनामा कालज्वर देखिएको छ। स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले काल ज्वर देखिएकामध्ये शिवनाथका एकजनाको ३ वर्षीय बालकको केही महिना अघि मृत्यु भएको बताए।

आठ जनामा काल ज्वर पुष्टि भएपछि नेपाल सरकारको नीतिअनुसार सम्पर्कमा रहेकाहरूको परीक्षण गर्ने कार्य भइरहेको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए। आजको नेपाल समाचार पत्रमा समाचार छ ।

चर्चामा

सम्बन्धित समाचार