बिचल्लीमा दलित परिवारलाइ गाँस, बासकाे समस्या
बर्षातको समय, लगातारको झरी, अनि खुला आकाशमा रात दिन काट्नुपर्ने बाध्यतामा बस्नुपर्दा कस्तो होला? एक दिन होइन, दुई दिन होइन, महिना पनि होइन, वषौँदेखि यसैगरी रात दिन काटिरहेको छ बैतडीको एक दलित परिवार। बैतडीको पाटन नगरपालिका–४ जेउडेका रमेश लावडको परिवारलाई गाँस, बास र कपासको समस्या भएको छ। मेरुदण्डमा भएको बोन टिबीबाट ग्रसित ३० वर्षीय रमेश […]