बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • जानकारहरुको सल्लाह स्वीकार गर्दा प्रधानमन्त्रीको कद घट्दैन : नेता पाण्डे

जानकारहरुको सल्लाह स्वीकार गर्दा प्रधानमन्त्रीको कद घट्दैन : नेता पाण्डे

  • बिहिबार, भदौ ४, २०७७
जानकारहरुको सल्लाह स्वीकार गर्दा प्रधानमन्त्रीको कद घट्दैन : नेता पाण्डे

नेपाली काँग्रेस केन्द्रिय सदस्य तथा राष्ट्रिय सभाका पुर्व सदस्य बद्रि पाण्डेले महामारीको बेला विज्ञ र जानकारहरुको सल्लाह स्वीकार गर्दा प्रधानमन्त्रीको कद घट्दैन्, वताएका छन् । पाण्डेले सामाजिक सञ्जाल मार्फत निषेधाज्ञा वा लकडाउन बारेमा सरकारलाई सुझाब सहित प्रतिक्रिया जनाएका छन् ।
पाण्डेले सामाजिक सञ्जाल मार्फत लेखेका छन् : “विभिन्न जिल्ला र स्थानीय तहहरुमा जारी लकडाउन, निषेधाज्ञा, कर्फ्यु, सटडाउनको सिलसिला गए रातिबाट काठमाडौं उपत्यकामा निषेधाज्ञाको रुपमा प्रारम्भ भएको छ । प्रधानमन्त्री लगायत संघीय सरकारका शक्तिशालीहरु विराजमान रहने राजधानीको निषेधाज्ञाले गत चैत्रको देशव्यापी लकडाउन भन्दा नयाँ चेतना जगाउन सकोस्” ।
सत्ता र शक्तिको दम्भबाट मुक्त हुने, बाँचिन्छ, मरिन्छको संशय बढिरहेको त्रासदीपूर्ण समयमा समेत स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार जस्तो कृत्यबाट मुक्त हुने, उचित सुझाव जसले दिए पनि ग्रहण गर्न लज्जाबोध नगर्ने यो सरकार रहेको पाण्डेले जनाएका छन् । सञ्चारकर्मी, प्रतिपक्षी, आफ्नो पार्टी भित्रकै प्रतिपक्षी, विज्ञ, वुद्धिजीवि, नागरिक समाज, सर्वसाधारण जनताको सुझाव, दवाव र विरोधलाई सत्ता ढलाउने चलखेल नठानिकन रचनात्मक सुझावको रुपमा ग्रहण गर्ने लोकतान्त्रिक चरित्र प्रदर्शन गर्ने, कोरोना महामारी नियन्त्रणको अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको जोखिम मोलिरहेको जनशक्तिलाई थप सेवा, सुविधा र ढाडस दिन कञ्चुस्याई सरकारले नगर्नु पर्ने पाण्डेले सुझाब दिएका छन् ।
निषेधाज्ञा वा लकडाउन जनताको निम्ति मात्र निष्कृय अवधि हो, सरकारको निम्ति हैन । यस समयमा कोरोना परीक्षण, पहिचान, आईसोलेसन, क्वारेन्टाइन, आवश्यक स्वास्थ्य सामग्री, प्रविधि, पूर्वाधार व्यवस्थापन कार्य सरकारले युद्धस्तरमा गर्नुपर्दछ । यस प्रकारको सक्रियताले मात्र महामारी नियन्त्रणमा आउन सक्छ । जति चाँडो शहर, समाज र देश कोरोना मुक्त बन्छ त्यति चाँडो आर्थिक, व्यवसायीक, शैक्षिक, राजनीतिक र अन्य गतिविधिहरू सञ्चालन होलान् । स्वस्थ, गतिशील र जीवन्त राष्ट्रको सत्ता सञ्चालन पो राम्रो होला प्रधानमन्त्री लगायत सत्ताधारीहरूलाई समेत सर्वज्ञाता आफै भएको भ्रमबाट सम्माननीय प्रधानमन्त्रीज्यू मुक्त हुनु पनि त्यति नै जरुरी छ । महामारीको यस चरणमा सम्बन्धित क्षेत्रका विज्ञ र जानकारहरुको सल्लाह स्वीकार गर्दा प्रधानमन्त्रीको कद घट्दैन ।
विगतमा जस्तै अकर्मण्यता, अयोग्यता, असंवेदनशीलता, दम्भ, दुराचार र भ्रष्टाचारको पुनरावृत्ति भयो भने देशवासीले कहाली लाग्दो दुर्दशा भोग्नुपर्ने छ नै सत्ता सञ्चालकहरु पनि यसबाट चोखो रहने छैनन् । समयमै चेतना होस् र सत्मार्ग पक्डियोस् । काँग्रेस नेता पाण्डेले सामाजिक सञ्जाल मार्फत सरकारलाई रचनात्मक सुझाब दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार