शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • भर्जुअल मार्फत तीज विशेष कार्यक्रम आयोजना

भर्जुअल मार्फत तीज विशेष कार्यक्रम आयोजना

  • बिहिबार, भदौ ४, २०७७
भर्जुअल मार्फत तीज विशेष कार्यक्रम आयोजना

मकवानपुरको हेटौंडा उपमहानरपालिकाले यस वर्षको तीज विशेष कार्यक्रम भर्जुअल मार्फत रेडियो बुलेटिनसग मिलेर गर्ने भएको छ।साथै कोरोना भाइरस कोभिड १९ ले आक्रान्त पारेको यो समयमा जुम एप मार्फत कार्यक्रम गर्न थालिएको हो।कार्यक्रममा हेटौडा अस्पतालका मेसु डा प्रविण श्रेष्ठ र हेटौडा अस्पतालका डा सन्ध्या अधिकारीले कोभिड १९ का बारेमा सचेतनामुलक कार्यपत्र पेश गर्ने रेडियो बुलेटिनका प्रबन्ध निर्देशक अनिल कुमार खातिले बताउनु भयो।

साथै सोही कार्यक्रमका बारेमा हेटौडा उपमहानरपालिकाका उपप्रमुख मिनाकुमारी लामाले एक सन्देश जारी गर्दै हिन्दु महिलाले मनाउने तीज पर्वको शुभकामना दिनु भएको छ।उहाले सन्देशमा कोरोना भाइरस संक्रमण बढीरहेको कारण हरितालिका तीज अहिलेको परिवेशमा जमघट गरेर मनाउन नसकिएको बताउनु भयो।उहाले सन्देशमा हेटौंडा उपमहानरपालिकाले सम्पूर्ण नगरवासी महिला दिदीबहिनीहरुसँग मिलेर भर्जुअल रुपमा भए पनि शुभकामना आदनप्रदान गर्ने र कोभिड १९ को जोखिम एवम् आहारविहार सम्बन्धि जनचेतना फैलाउने उदेश्यले तीज विशेष कार्यक्रमको आयोजना गर्ने उलेख गर्नु भएको छ।

भर्जुअल तीज विशेष कार्यक्रम यही भाद्र ५ गते बिहान १० M ३० बाट शुरु हुनेछ।कार्यक्रममा सहभागी हुनका लागि जुम आइडी 2355383113  रहेको छ भने पासवर्डको नंबर U94rOj रहेको छ।

कार्यक्रम रेडियो बुलेटिन ८९=७ मेघाहर्जबाट पनि प्रत्यक्ष प्रशारण हुने रेडियो बुलेटिनका प्रबन्ध निर्देशक अनिल कुमार खातिले बताउनु भयो।

चर्चामा

सम्बन्धित समाचार