शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा भारत बाट आएका क्वारेनटाइनमा नराखेर सिधै घर, बेखबर प्रशासन

बाजुरामा भारत बाट आएका क्वारेनटाइनमा नराखेर सिधै घर, बेखबर प्रशासन

  • बिहिबार, भदौ ४, २०७७
बाजुरामा भारत बाट आएका क्वारेनटाइनमा नराखेर सिधै घर, बेखबर प्रशासन

 बाजुरा — भारत बाट आाएका चेकजाँच बिनानै गाँउ डुलिरहेका बाजुरामा भारत बाट आएकालाई क्वारेनटाइनमा नराखेर घर पठाउने गरेको पाईएको छ । बुढिगंगा नगरपालिकामा भारत बाट आएकालाई घर पठाएको छ । घरमा पनि होमक्वारेनटाइनमा नबसेर गाँउ डुलिरहेका वडा १० तिमाडाकि स्वयसेविका कल्पना कुवरले वताएकि छन् ।

१ साता पहिला तिमाडा गाँउका गगन धामिका २ छोरा श्रीमति, पुर्ण धामि, शिब सार्की, राजेन्द्र सार्की र सौरे धामि भारत बाट तिमाडा गाँउमा आएको भएपनि क्वारेनटाइनमा नबसेको कल्पनाले वताएकि छन् । भारत बाट आएका घरमा होम क्वारेनटाइन नबसेर गाँउ डुलिरहेको स्थानियले वताएका छन् । गाँउपनि डुलिरहेका छन्, कुनै चेकजाँच समेत नभएको स्थानियले वताएका छन् । गगन धामिले भने हामि वडा कार्यलयमा गएका हौ, वडा अध्यक्षले घर पठाएपछि घरमा आएको वताए ।

वडा नम्बर १० का वडा अध्यक्ष धर्मराज जैशीले भने भारत बाट आफ्नो वडामा १७ जना आएका कसैलाई पनि क्वारेनटाइनमा नराखेर घर पठाएको वताएका छन् । घरमा होम क्वारेनटाइनमा राख्ने गरी पठाएका हौ, तर कोही क्वारेनटाइनमा नबसेर गाँउ डुलिरहेको वडा अध्यक्ष जैशीले वताएका छन् । नगरपालिकाले घर पठाउने क्वारेनटाइनमा नराख्ने भनेपछि घर पठाएको वडाअध्यक्षले वताए । बुढिगंगा नगरपालिका दुईसाता यता भारत बाट आएका सबैलाई घरमा पठाएको छ ।

भारत बाट आएकालाई क्वारेनटाइनमा नराखेर सिधै घर पठाएपछि स्थानिय त्रसित भएका छन् । वडा नम्बर ९ जुवापानीका स्थानिय डम्मर सिहंले भने न क्वारेनटाइनमा राखेको छ, न कुनै कोरोना जाँच गरेको छ, खुलम खुल्ला गाँउ डुलिरहेको उनले वताए । बुढिगंगा नगरपालिका नगर प्रमुख दिपक बिक्रम शाहले भने माथि बाट बिद्यालयलाई क्वारेनटाइन नबनाउने निर्देशन आएकाले घरमै होम क्वारेनटाइनमा बस्ने गरी पठाएको वताएका छन् । स्वास्थ्यको निगरानीमा होम क्वारेनटाइनमा बस्ने गरी वडालाई जिम्मा दिएको शाहले वताएका छन् ।

बिद्यालय भन्दा अरु ठाँउमा क्वारेनटाइन बनाउने ठाँउ नभएकाले पनि होम क्वारेनटाइनमा बस्ने गरी पठाउनु पर्ने बाध्यता भएको नगरपालिकाले वताएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रले भने भारत बाट आएकालाई अनिवार्य क्वारेनटाइनमा राखिनु पर्ने वताएका छन् । सम्बन्धित स्थानिय तहले अनिवार्य क्वारेनटाइनमा राख्नु पर्ने हो, गैह्रेले वताएका छन् । आफुले पनि जानकारी पाँउने बितिकै प्रहरीलाई खबर गरिसकेको वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार