बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • पुर्वमा माओवादि केन्द्रका नेता कार्यक्रताको समिक्षात्मक भेला कोल्टीमा सम्पन्न

पुर्वमा माओवादि केन्द्रका नेता कार्यक्रताको समिक्षात्मक भेला कोल्टीमा सम्पन्न

पार्टीकाे विधि र नितिमा नचलेको आरोप

  • बिहिबार, भदौ ४, २०७७
पुर्वमा माओवादि केन्द्रका नेता कार्यक्रताको समिक्षात्मक भेला कोल्टीमा सम्पन्न

अनिल शाही/ बाजुरा,४ भदौ

बुढीनन्दा नगरपालिकाको कोल्टीमा बुधवार पुर्व माओवादी केन्द्रका कार्यक्रताको समिक्षा तथा अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । कोल्टीको पुरानो आर्मी ब्याारेकको हलमा सञ्चालन गरीएको सो कार्यक्रममा पार्टीका विविध गतिविधिका विषयमा छलफल गरी कार्यक्रम सम्पन्न भएको बताईएको छ ।

स्वास्थ्य सुरक्षाका समाग्रि अनिवार्य प्रयोग र सामाजिक दुरी कायम गरी सञ्चालन गरीएको कार्यक्रममा वाढि पहिरोमा परी ज्यान गुमानुभएका झिमा ल्वार प्रति कार्यक्रममा हार्दिक श्रद्धासुमन प्रकट गरेको जनाईएको छ । हिजो रातिको अविरल वर्षा संगै आएको वाढि पहिरोमा परी ज्यान गुमानुभएको ल्वारको सम्झनामा हार्दिक श्रद्धान्जली प्रकट गर्दै उहाँको सोकाकुल परीवार जनप्रति धैर्य धारण गर्ने शक्ति प्रदान होस भन्दै हार्दिक समवेदना प्रकट गरेको हो । निर्वाचन क्षेत्र नं कका चारवटै स्थानिय पालिकाकाबाट उपस्थित नेता तथा कार्यक्रताको भेलाले नेपाल कम्युनिष्ट पार्टी एकताको विधि र नितिमा नचलेको आरोप लगाएको छ ।

पुर्व एमाले र पुर्व माओवादी केन्द्रको एकिकरण भएर वनेको नेपाल कम्युनिष्ट पार्टी नेकपामा विभेदपुणर् ब्यवहार भएको उनिहरुले आरोप लगाएका हुन । पुर्वमाओवादि केन्द्रका नेताहरुको छुट्टै भेलाले पार्टी एकताको मर्म विपरीत स्थानिय तहका नेता तथा जनप्रतिनिधि नचलेका र विधि र नितिमा चल्नुपर्ने सुझाव सल्लाह दिनुका साथै पार्टी एकता कसरी मजवुद बनाउने भन्ने कुरामा केन्द्रित भइ छलफल भएको वैठकमा उपस्थित एक नेताले जानकारी दिनुभएको छ । अधिकासं स्थानिय तहका जनप्रतिनिधि बाट पुर्वमाओवादि केन्द्रका कार्यक्रता माथि गरीएकोे विभेदपुणर् ब्यवहारको अन्त्य हुनुपर्ने र पार्टी विभेदकारी ढगंले चल्न खोजेको खण्डमा त्यसको परीणाम राम्रो नहुने पुर्वमाओवादीका नेताले बताएका छन ।

बुधवार सम्पन्न कार्यक्रमले चारवटै स्थानिय पालिकाकामा कोभिड १९को नाममा भएको खर्च र विभिन्न विकाश निर्माणमा भएको अनियमितताको छानविन गरी दोशि माथि कडा कारवार्हिका लागि सम्वन्धित सरकारी निकायको ध्यानकर्षण गराउने निणर्य भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटी सचिवालय सदश्य तथा बुढीनन्दा नगरपालिकाका ईन्चार्ज भरत विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा पुर्व आपुर्ति राज्य मन्त्रि कणर्बहादुर विक प्रमुख अतिथि रहनुभएको थियो ।

पुर्व माओवादि केन्द्र जिल्ला कमिटी उपाध्यक्ष महेश शाही विशिष्ट अथिति रहनुभएको कार्यक्रममा पुर्वमाओवादी केन्द्र जिल्ला कमिटी कोषाध्यक्ष विनिता विक, जिल्ला कमिटी सचिवालय सदश्य दिपेन्द्र वुढा, अर्थराज वुढा, राजेन्द्र वुढा, जयबहादुर विक, रामकला ल्वार, रंगलाल वोगट्टी, हेमराज शाही र ऐनबहादुर शार्की लगायतका १ सय वढिको सहभागिता रहेको बुढीनन्दा नगर संगठन कमिटीका सचिव हिक्मत वडले जानकारी दिनुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार