शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • एकद्वार प्रणाली वाट मात्रै राहत बितरण गरौं

एकद्वार प्रणाली वाट मात्रै राहत बितरण गरौं

  • बिहिबार, भदौ ४, २०७७
एकद्वार प्रणाली वाट मात्रै राहत बितरण गरौं

बाजुरामा यतिवेला बाढीपहिरोले गर्दा सम्भवत जिल्ला भरिनै भएकाे क्षतिलाई हेर्दा अहिले सम्मकै ठुलाे क्षति भएको अबस्था छ । याे संकटकाे घडिमा तीन तहका सरकारले समन्वयात्मक ढंगले काम गरि नागरिकलाई यो संकटको समयमा सरकार साथमा भएको महशुस हुने गरि काम गर्न अावश्यक छ । त्यसैले याे वेलामा कसले के काम गर्ने हाे त्यसकाे पनि स्पष्ट खाका तयार गरौं र काममा जुटौं साथै एउटा त्रिपाल र एक कट्टा चामलकाे साथमा सेल्फि खिच्न हतार नगरौं । जिल्ला दैबी प्रकाेप उद्वार समितिकाे निर्णय अनुसार एकद्वार प्रणाली वाट मात्रै राहत बितरण गरौं भन्दै मेराे बिचारमा तिनै तहका सरकार र नागरिकवाट यसाे गरे कसाे हाेला ।
१. स्थानिय सरकार- उद्वार, तत्कालिन राहत वितरण (गाँस,बाँस,कपास), घाईतेकाे प्राथमिक उपचार, क्षतिकाे तथ्यांक संकलन, एकद्वार प्रणालीवाट क्षति अनुरूपकाे राहत बितरण, स्काईभेटर प्रयाेगका बिषयमा समीक्षा तथा उपयुक्त मापदण्डकाे निर्माण
२. प्रदेश सरकार- क्षति अनुसारकाे (जन,पशुपन्छी, घर, जमिन, बालिनालि) दिर्घकालिन राहत वितरण, घाईतेकाे थप उपचार, अर्काे व्यवस्था नहुन्जेल घरबास नभएकाहरूकाे उचित व्यवस्थापन, सिंचाइ तथा खानेपानी मर्मत, स-साना ग्रामिण सडकहरूकाे मर्मत तथा संचालन, अौषधि व्यवस्थापन
३. संघिय सरकार- सदरमुकाम जाेड्ने सडककाे पुनर्निर्माण , झाेलुङ्गेपुल तथा पक्की पुलकाे निर्माण, वस्ति स्थानान्तरण वा बस्ति व्यवस्थापन , जिल्ला प्रशासन कार्यालय मार्फत समन्वय, खाद्य तथा व्यापार कम्पनी मार्फत तत्काल खाद्यान्न ढुवानी तथा व्यवस्थापन, गम्भीर प्रकृतिका विरामी लाई सडककाे अवस्था सुधार नहुँदा सम्म हवाई उद्वार
४. नागरिक: समस्या र अार्थिक अवस्था अनुसार राहत ग्रहणमा ईमान्दारीता देखाउँ, सम्वन्धित निकायलाई क्षतिकाे सहि बिबरण उपलव्ध गराउँ, अत्यावश्यक सामग्रीकाे जाेहाे गरौं, सके सम्म सुरक्षित स्थानमा बसाेवास गरौै, मौसम पुर्वानुमानलाई ख्याल गरि थप हुन सक्ने क्षति प्रति सजग र सचेत रहौं, स-साना गर्न सकिने काम अाफै गरौं, सरकारकाे भर नपराैं ।

चर्चामा

सम्बन्धित समाचार