बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • रौतहटमा ६ लाख रुपैयाँसहित २ महिला पक्राउ

रौतहटमा ६ लाख रुपैयाँसहित २ महिला पक्राउ

  • बुधबार, भदौ ३, २०७७
रौतहटमा ६ लाख रुपैयाँसहित २ महिला  पक्राउ

रौतहट । रौतहटमा श्रोत नखुलेको लाखौं रुपैयासहित २ महिला पक्राउ परेका छन् । गौर नगरपालिका -३ महादेवपट्टीस्थित दशगजा क्षेत्रमा घाँस काट्न भनि आएका २ भारतीय महिला स्रोत नखुलेको ६ लाख ४० हजारसहित पक्राउ परेका हुन् । अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट असई मनोजकुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले २ भारतीय महिलाको साथबाट स्रोत नखुलेको ६ लाख ४० हजार बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए ।

रकमसहित पक्राउ पर्नेमा भारतको विहार सितामढी बैरगनिया ग्राम पंचायत वडा नं. १ सिन्दुरीया वस्ने वर्ष ४५ की शान्तिदेवी र सोही ठाउँ वस्ने वर्ष ४५ की मिनादेवी रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार