बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • बुढीगंगा नगरपालिकाले दिएन गएको आर्थिक बर्षको सामाजिक सुरक्षा भत्ता

बुढीगंगा नगरपालिकाले दिएन गएको आर्थिक बर्षको सामाजिक सुरक्षा भत्ता

  • बुधबार, भदौ ३, २०७७
बुढीगंगा नगरपालिकाले दिएन गएको आर्थिक बर्षको सामाजिक सुरक्षा भत्ता

पदम बहादुर सिहं —  बाजुराको बुढीगंगा नगरपालिकाले आर्थिक बर्ष ०७६/०७७ को तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता अहिलेसम्म नदिएको पाइएको छ ।
नगरपालिकाका वडा नम्बर १ देखी ५ सम्म बितरण गरिएको भए पनि ६ देखी १० वडासम्मको सामाजिक सुरक्षा भत्ता बितरण नगरिएको बुढीगंगा नगरपालिका ८ का वडा अध्यक्ष टेकबहादुर रावलले बताएका छन् । रावलले थपे सामाजिक सुरक्षा भत्ता नपाएको कुरा साचो हो, नगरपालिकामा कर्मचारिलाई सोध्दा रकम अपुग भएको प्रतिक्रया दिएका छन् । बुझदै जादा लेखाले समयमा रकम माग नगरेको बुझिएको बडा अध्यक्ष रावलले बताए ।
बुढीगंगा नगरपालिकाका मेयर दीपक बिक्रम शाह भन्छन्, आफूलाई सामाजिक सुरक्षा भत्ता पहिलै अपुग भएको जानकारी थियो । अपुग रकम मागको लागि लेखालाई खबर गरेको र कोलेनीकामा रकम ढीलो गरि असार अन्तिम ३१ गते आएको र प्रक्रिया नमिलेर फिर्ता गएको सूचना आफूलाई जानकारी भएकोर बाँकी प्रक्रिया लेखालाई थाहा हुने बताए ।
लेखा अधिकृत्त तिलक थापाले पन्जीकरण बिभागको सामाजिक सुरक्षा महाशाखालाई पटक पटक रकम अपुगको बारेमा टेलिफोन र पत्राचार गरेको तर अर्थमन्त्रालयले रकम ढीलो गरि असार ३१ गते राति पठाएको र दोस्रो दिन रकम फिर्ता गएकोले सामाजिक सुरक्षा पत्ता नपाएको बताए । एक नम्बरबाट बितरण गर्दै आएको समाजिक सुरक्षा भत्ता पाच नम्बरसम्म मात्र पुगेको र बाकी वडाहरुमा अपुग भएको लेखा अधिकृत्त थापाले बताए । बाकी वडाहरुको लागि १८ नम्बर फारम भरेर असोज पहिलो हप्तासम्म रकम निकासा भएर बितरण हुने उनले बताए ।
नगरपालिकाका लेखापाल पूर्ण जैशीले अपुग रकम ढिलो गरि माग गरेकोले समस्या भएको बताए । बर्षमा दुई पटक रकम अध्याबधि गर्नु पर्ने हुन्छ पहिलो श्राबण महिनामा र दोस्रो माघ महिनामा जेठमा आएर रकम माग गरेको र असार अन्तिम दिन आएकोले प्रक्रियागत रुममा समस्या भएको जैशीले बताए । वडा नम्बर ६ देखी १० नम्बर वडाको करिव १ करोड १८ लाख भन्दा बढी रकम अपुग भएको बताएको छ ।
नेपाल सरकारले जेष्ठ नागरिकलाई ४ हजार, बालबालिकाको पोषण भत्ता बाफत ४ सय, असायलाई २ हजार, पूर्ण अपाङ्गलाई २ हजार, आँसिक अपाङ्गलाई १ हजार, २ सय र एकल महिलालाई २ हजार मासिक दिदै आएको छ । बुढिगंगा नगरपालिका ८ का खम्म रावलले भने सामाजिक सुरक्षा भत्ताले जिविकोपार्जन गर्न सहज हुने गरेको थियो, भत्ता नपाउदा समस्या भएको वताएका छन् ।
बुढीगंगा नगरपालिकाका निमित्त कार्यालय प्रमुख कल्पना ठकुल्लाले आफू निमित्त भएको कमै समय भएकोले यो बारेमा पुर्ण रुपमा जानकारी लिन नसकेको वताएकि छन । सामाजिक सुरक्षा भत्ता अपुग भएको र नपाएको कुरा जानकारी भएको तर के कति कारणले नपाएको जानकारी लेखाशाखालाइ जानकारी रहेको वताएकि छन् । बुढिगंगा नगरपालिकाले यो आर्थिक बर्षको नगरसभा गर्न सकेको छैन् ।

चर्चामा

सम्बन्धित समाचार