धनगढीकाे भीषण आगलागी स्थलमा प्रदेश नम्बर २ का प्रदेश प्रमुख अहिराज, सुदूरपश्चिमका पुगेनन्
धनगढी– धनगढी उप–महानगरपालिका वडा नम्बर ४ चटकपुरस्थित आगलागी भएकोे फर्निचर उद्योग स्थलमा प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा. राजेश अहिराज पुगेका छन्। धनगढी भ्रमणमा रहेका प्रदेश प्रमुख अहिराज आलोक मल्टी कन्सर्न प्रालिद्धारा सञ्चालनमा ल्याउन थालिएको उद्योग स्थलमा निरीक्षणको लागि आइतबार बिहान पुगेका हुन्। उनले भने, “बिहान हिड्दै क्षति भएको ठाउँमा गए, कस्तो मन पोल्यो। […]