शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • प्रचण्ड-नेपाल समूहले संसद सचिवालयमा दियो दलको नेता परिवर्तनको जानकारी

प्रचण्ड-नेपाल समूहले संसद सचिवालयमा दियो दलको नेता परिवर्तनको जानकारी

  • आइतवार, फाल्गुन २३, २०७७
प्रचण्ड-नेपाल समूहले संसद सचिवालयमा दियो दलको नेता परिवर्तनको जानकारी

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले पार्टी संसदीय दलको नेता परिवर्तन भएको जानकारी संघीय संसद् सचिवालयमा गराएको छ। आइतबार दिउँसो संसद सचिवालयमा पुगेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका नेताले दलको नेता परिवर्तन भएको जानकारी संघीय संसदका महासचिव डा. भरतराज गौतमलाई गराएका हुन्।

महासचिवको कार्यकक्षमै पुगेर प्रचण्ड-नेपाल समूहका नेताहरुले यस्तो जानकारी गराएका हुन्। शुक्रबार बसेको प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको दाबी गरेको छ। सोही जानकारी संसद सचिवालयमा गराइएको नेताहरुले बताएका छन्।

पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठक साँझ ४ बजे बस्दैछ।  पुस ५ गते प्रधानमन्त्री केपी ओली प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको हो। एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड-नेपालले गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार